काठमाडौं— बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वर्षे अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट तथा प्रदेश सरकारका प्राथमिकतामाथि केन्द्रित रहने बताइएको छ ।
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे । उनले जलाशययुक्त आयोजना केवल विद्युत् उत्पादनको माध्यम मात्र नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार, पर्यटन प्रवद्र्धन र ऊर्जा आपूर्
काठमाडौं— आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।आज कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।आज १२ः३० बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।यसैगरी, होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।
काठमाडौं— नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो ।आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।उनले भने, ‘केन्द्रीय समितिको बैठक आगामी अब यो असार १५ देखि २० को बीचमा अध्यक्ष र महासचिवको बीचमा सरसल्लाह गरेर तय हुनेछ ।’बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर
सर्लाही— प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई शिक्षित बनाउन र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन् ।सर्लाहीको चन्द्र नगर गाउँपालिकामा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’मा आइतबार बोल्दै उनले विशेष गरी मधेस क्षेत्रमा गहिरो रूपमा जरा गाडेर बसेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताइन् । समाज परिवर्तनका लागि छोरीलाई पढाउनै पर्नेमा जोड दिँदै उनले दाइजो र बालविवाह देशकै लागि कलंक बनेको उल्लेख गरिन् ।उपसभामुख ठाकुरले विवाहपछि परिवार टुक्रिने, सम्बन्ध बिग्रिने र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठुलो भूमिका खेलेको बत
कास्की। पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गर्नुभएको थियो । तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका थिए । यसलगायत विविध कारणले अतिक्रमण हटाउने प्रयास सफल हुन सकेको थिएन । अहिले भने पोखरा महानगरपालिकाले सङ्घीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोलाघर हटाउने कार्य आइतबारदेखि सुरु गरेको । पहिलो दिन शान्तिपूर्ण रुपमा सो कार्य सम्पन्न
दमौली। लामो समयदेखि अलपत्र भएको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधिन पुलको कार्यले गति लिएकोे छ । व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेतीनदीमाथिको पुलको निर्माण कार्य अलपत्र भएको थियो । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ । केही समय उक्त पुलको काम अलपत्र बने पनि हाल निर्माण व्यवसायीलाई निर्देशन दिएर पुलको काम सम्पन्न गर्न सचेत गराइएको उहाँले बताउनुभयो । विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास भएको थियो । पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थि
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।आज दिउँसो कोशी,
सिरहा। सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो ।यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको प्रहरीले जनाएको छ ।पीडित मण्डलले आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराउनुभएको थियो । सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी अनुमति लिई इलाका प्रहरी कार्यालय चोहर्वाको टोली
काठमाडौँ। गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् ।काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।उहाँका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.