समाचार

    Showing 3,091-3,100 of 19,097 items.
  • प्रदेश अस्पताल दमौलीमा बिरामीको चाप बढ्यो

    तनहुँ— चाडपर्व नजिकिँदै जाँदा तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा बिरामीको चाप एक्कासी बढेको छ। अस्पताल प्रशासनका अनुसार दैनिक साढे ३ सयको हाराहारीमा सेवा लिँदै आएका बिरामीको संख्या हाल ५०० नाघेको छ।मौसमी रुघाखोकी, भाइरल ज्वरो, टाइफाइड र निमोनिया जस्ता संक्रामणजन्य रोगका बिरामी अचानक बढेका हुन्। मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले भाइरल संक्रमण फैलन सक्ने जोखिम उच्च भएकाले सजगता अपनाउन आग्रह गरे।“भीडभाडमा कम जानुहोस्, खानपानमा ध्यान दिनुहोस् र आवश्यक परे घरमै आइसोलेसन बस्नुहोस्,” डा. बरालले भने। उनका अनुसार बालबालिकामा निमोनिया र वृद्ध तथा युवामा भाइरल ज्वरोको प्रकोप बढेको छ।अस्पताल प्रश

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 516 पटक पढिएको
  • बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा १४ जना घाइते

    रूपन्देही— बुटवलबाट गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ। गाडीमा १४ जना यात्रु सवार रहेका थिए।दुर्घटनामा ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगिएको प्रहरीले जनाएको छ।दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। पाल्पा प्रहरीका अनुसार सडकबाट ५० मिटर तल गाडी खसेको थियो ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 490 पटक पढिएको
  • अर्थमन्त्री खनाल र जापानी राजदूत तोरुबीच द्विपक्षीय भेटवार्ता

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।भेटका क्रममा नेपालको समसामयिक राजनीतिक अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध तथा जापानले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याउँदै आएको सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।अर्थमन्त्री खनालले हाल विशिष्ट परिस्थितिमा गठन भएको सरकारले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने आफ्नो प्राथमिक कार्य रहेको बताएका छन्। साथै, यस अवधिमा आर्थिक तथा सामाजिक विकास र पुनर्निर्माणका कार्यलाई पनि निरन्तरता दिइने स्पष्ट पारे।भेटमा हाल निर्माणाधीन नागढुंगा सुरुङमार्ग (ट

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 458 पटक पढिएको
  • काठमाडौंबाट हेलम्बु जाँदै गरेको बस फटकशिलामा दुर्घटना

    काठमाडौं— काठमाडौंबाट हेलम्बु तर्फ जाँदै गरेको बस फटकशिलामा दुर्घटना भएको छ।आइतबार बिहान जोरपाटीबाट छुटेको बा ३ ख ९३०८ नम्बरको यात्रु बाहक बस मेलम्ची नगरपालिका–१३ फटकशिला ठाँटीमा दुर्घटनामा परेको हो।खचाखच यात्रु लिएर गुडेको गाडी सडकमै पल्टिएको प्रत्यक्षदर्शीले जानकारी दिए। दुर्घटनामा केही यात्रु सामान्य घाइते भए पनि सबै सकुशल रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 486 पटक पढिएको
  • उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की

    काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरिक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताएका छन्  ।आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए । उनले भने,‘कतिपयले चाडवाडलाई उल्लासमय बनाउने भनेर आफ्नो जिउ,ज्यानको क्षति हुनेगरी मदिरा सेवन गरेर हिँडेको पनि पाईन्छ । नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएतापनि पनि पछिल्लो समयमा छन् भयंकर सेवन गर्ने,मनोरञ्जनको पयार्यवाची मादक प

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 502 पटक पढिएको
  • विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

    काठमाडौं— जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट फरार भएका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबार उनीहरूलाई पक्राउ गरी पुनः सम्बन्धित कारागार तथा सुधारगृहमा पठाएको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये सात जना कास्की कारागार, तीन जना केन्द्रीय कारागार जगन्नाथदेवल, एक जना तनहुँ कारागार र एक जना बालसुधार गृह सानोठिमी, भक्तपुरबाट फरार भएका थिए।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार प्रदर्शनका बेला भागेका कैदीबन्दीहरूलाई विभिन्न स्थानमा अपरेशन चलाएर पक्राउ गरिएको हो। पक्राउ परेकालाई केही समय

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 444 पटक पढिएको
  • हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा

    बाजुरा— पछिल्लो समय दशैँ, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ । सुदूरपश्चिमको बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा चाडबाडको बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन् । पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थामा पुगेका हुन् । पहिलेको जस्तो चाडपर्वको आगमनसँगै गाउँघरका चौतारा, रुखतिर पिङ हालिने परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको हो ।दसैँको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा गाउँघरमा एकपटक भए पनि स्थानीयले पिङ हालेर रमाइलो गर्ने गर्दथे तर पछिल्लो समय यो परम्परा हराउँदै गएको बडीमालिका नगरपालिका ७ का स्थानीय हिराल

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 472 पटक पढिएको
  • ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यकः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा ट्रान्जिसन अपरिहार्य रहेको बताए ।उनले सार्वजनिक यातायातदेखि निजी सवारी साधनसम्म सबैलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, ‘देशभर पब्लिक र प्राइभेट ट्रान्सपोर्टेसनलाई इलेक्ट्रिसिटीमा कन्भर्ट गर्नुछ । यसले पेट्रोल, डिजेलको आयात घटाउ

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 437 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आइतबार) सुनको मूल्य बढेको  छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 448 पटक पढिएको
  • बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव

    रामेछाप— दैनिक चार हजार बढी ठुला–साना सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउटलगायतको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले जानकारी दिए ।यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निमित्त कार्यक्रम सञ्चालन गरिएको उनले बताए । दुर्घटना न्यूनीकरणको लागि सक्दो काम गरिरहेको उनले जानकारी दिए । प्रहरी चौकी दुम्जा सिन्धुलीका प्रहरी

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 431 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा