समाचार

    Showing 3,081-3,090 of 26,789 items.
  • सविन श्रेष्ठको गीत ‘कल्पना’ सार्वजनिक

    काठमाडौं— गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको गीतको प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् ।गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ । बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो मायालाई सम्झिएर नोस्टाल्जिक हुँदै विगतको वर्णन गरेको छ ।पुराना सम्झनाहरूको पत्र कैलाउँदै सबिनले पबित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै उस्तै निश्चल र चोखो रूपमा लिइरहेको गीतका शब्दमार्फत बताएका छन् । पुरानै कल्पना र योजनालाई अझै पनि जिवितै राखेर त्यसकै यादमा भूलिरहेको बताउने गीतले आफ्नो मायालाई पछ्याइहेको कुरा गर्छ ।अझै पनि आफ्नो मनलाई बुझेर निश्चल प्

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 496 पटक पढिएको
  • गाउँपालिकाको योजनामा मध्यमार्गी सडक बन्दै

    रामेछाप— रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ ।जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग जोडिएको सो गाउँपालिका ७ वटै वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो सो सडकको ट्र्याक खोलेपछि गाउँपालिकाले स्तरोन्नतिको काम सुरु गरेको छ ।गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस वर्ष सडकको स्तरोन्नति कार्यक्रम अन्तर्गत सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण, डस्ट राखेर पेल्नेलगायतका काम भइरहेका छन् । एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैँयाको ठेक्कामा सो काम गरिरहेको छ ।गाउँपालिकाको केन्द्र रहेको व

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 431 पटक पढिएको
  • सञ्चारकर्मी सहदेव चौधरीको गीत ‘चोखो माया’ को म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं— सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीत ‘चोखो मायाको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ।यसअघि अडियो मात्रै सार्वजनिक गरिएको गीतको म्युजिक भिडयो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।भिडियोमा गायिका संगीता राणा प्रधानको फिचर देख्न सकिन्छ। साथै संगीता राणा प्रधानकै स्वरमा रहेको गीतको संगीत संयोजन तथा एरेन्जर जुगल डंगोलले गरेका छन्।यस्तै गीटारमा दीपेश सिंह, बासमा विजय बज्राचार्य, ड्रममा अनुप महर्जन, तबलामा कुल प्रसाद महर्जन र बाँसुरीमा कृष्ण गुरूङ रहेका छन्।प्रेमका आग्रह गरिएको गीतको छायांकन नारायण गुरूङ र कृष्ण राणाले गरेका छन् भने भिडियोको सम्पादन तथा

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 465 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।सोमबार सुनको मूल्य तोलामा १९०० सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो ।आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ५ हजार १५० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 476 पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

    काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा बहुमूल्य धातुको मूल्य बढेको हो ।आज सुनको मूल्य ०.७९ प्रतिशत अर्थात् ३६.३२ डलरले वृद्धि भएर प्रतिऔंस ४ हजार ५६१ डलर पुगेको छ । डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन सस्तो पर्ने भएकाले माग बढेको विश्लेषकहरूले बताएका छन् । त्यस्तै, कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीतिको दबाब कम हुने अपेक्षाले पनि सुनको मूल्यलाई समर्थन गरेको छ । अमेरिका–इरान शान्ति वार्तामा सम्भावित प्रगतिका संक

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 691 पटक पढिएको
  • मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

    हेटौंडा— जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु गरेको छ । बजार क्षेत्रसँगै राजमार्गमा समेत विशेष निगरानी बढाइएको प्रहरीले जनाएको हो ।पछिल्लो समय मदिरा सेवनपछि सवारी चलाउँदा हुने दुर्घटनाको दर बढ्दै गएको र यसले सर्वसाधारणको ज्यानमा गम्भीर जोखिम सिर्जना गरिरहेको निष्कर्षपछि प्रहरीले अभियानलाई थप प्रभावकारी बनाएको हो ।अभियानअन्तर्गत राजमार्ग तथा व्यस्त सडक खण्डहरूमा गुड्ने बस, अटो, मयूरी, मोटरसाइकल, स्कुटरदेखि सरकारी सवारी साधनसम्म सबैलाई अनिवार्य रूपमा जाँच गरिएको छ । प्रहरीले कुनै पनि स

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 431 पटक पढिएको
  • नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो स्मन्त्री तिमल्सिना

    काठमाडौं—  सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए ।सोमबार ‘एलिफेन्स अफ फग’ चलचित्र टिमलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नेपालको मौलिक संस्कृति, विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिले हाम्रो देशलाई चिनाएको बताका हुन् ।उनले भने, ‘नेपाल केही नभएर पछि परेको होइन । भएको कुराको सदुपयोग नभएर र त्यसको हामीले भ्यालु क्रिएट गर्न नसकेर ,त्यसको सदुपयोग गर्न नसकेर नेपाल पछि परेको हो । हाम्रो संस्कृति भित्रको विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु,

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 436 पटक पढिएको
  • वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन

    काठमाडौं— वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको आयोजनामा सडकमा उत्रिएका स्थानीयले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।सडक पीडित संघर्ष समितिको अगुवाइमा निस्किएको विरोध र्‍यालीले मेनरोडको विभिन्न भाग परिक्रमा गरी घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारका अनुसार यसअघि नै मन्त्रिपरिषद्को निर्णयबाट

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 538 पटक पढिएको
  • साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं—  साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदान उत्रँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।समूह ‘ए’ मा रहेको नेपाल र भुटानबीचको खेल गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । आजै समूह ‘बी’ अन्तर्गत आयोजक भारतले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।नेपालकी प्रमुख फरवार्ड तथा सर्वाधिक गोलकर्तामध्ये एक सावित्रा भण्डारी ‘साम्बा’ बिना नै नेपालले प्रतियोगिता सुरु गर्न लागेको हो । सावित्राको अनुपस्थित

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 492 पटक पढिएको
  • अमेरिका–इरान आणविक सम्झौतामा अझै सहमति हुन सकेन, वार्ता जारी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच नयाँ सम्झौता नजिक पुगेको संकेत दिए पनि दुवै पक्षबीच औपचारिक सहमति भने अझै भइनसकेको बताइएको छ । सीएनएनका अनुसार अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सम्झौताका केही महत्वपूर्ण विषयमा अझै छलफल जारी रहेकाले तत्काल औपचारिक हस्ताक्षर हुने सम्भावना नरहेको बताएका छन् ।रिपोर्टअनुसार इरानले होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा आफ्नो उच्च स्तरमा समृद्ध गरिएको युरेनियमको मौज्दात हटाउने विषयमा सिद्धान्ततः सहमति जनाएको छ । तर उक्त युरेनियम कसरी व्यवस्थापन गर्ने, भविष्यमा युरेनियम संवद्र्धनमाथि कति समय रोक लगाउने भन्ने विषय अझै टुंगो लाग्

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 649 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.