काठमाण्डौ । पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको घरमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली (सिआइबी) को टोली पुगेको खबरले सनसनी मच्चिएको छ। सिआइबीको टोली आइतबार दिउँसो ललितपुरको जावलाखेलस्थित भूषणको घरमा पुगेको हो। पछिल्लो एक महिनादेखि भुषण नेपालमा नभए पनि सिआइबी टोली कुन उदेश्यले पुग्यो भन्ने खुल्न सकेको छैन । सिआइबी टोलीले भूषण राणाका बाबु -आमा मात्र रहेको उक्त घरमा खानतलासी गरेर फर्किएको स्रोतले जनाएको छ। भदौ २४ गते काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गर्दा रकम पनि देखिएका थिए। आइतबार
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आज गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मान वृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। केरामा ब्रह्माणी, दारिममा रक
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै तराई भूभागका केहि स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश,
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपै
मेष - दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।वृष - दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने छ।मिथुन - दिन राम्रो छ। बोलीका कारण काम बन्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।कर्कट - दिन सामान्य छ। खर्च बढ्नेछ। आफूले गरेक
काठमाडौं— अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायतका क्षेत्रमा युरोपियन यून
काठमाडौं— मुलुकमा विद्यमान भ्रष्टाचार, महंगी, बेरोजगारी, दलाल पूँजीवादी संरचना र साम्राज्यवादी हस्तक्षेपका विरुद्ध ११ वटा वामपन्थी क्रान्तिकारी दल तथा संगठनहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै ‘स्वाधीन संयुक्त सरकार’ निर्माणको पक्षमा सशक्त आन्दोलन अघि बढाउने घोषणा गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, समाजवादी कम्युनिष्ट पार्टी नेपाल, रेडफोर्स नेपाल पार्टी लगायतका ११ वटा वामपन्थी घटकहरुको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा अहिलेको संसदीय व्यवस्था खारेज गरी जनसंविधान निर्माण र जनताको शासन स्थापना
काठमाडौं— स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जा मन्त्री गुहारेको छ । आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरित १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकोले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् । पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र
काठमाडौं— जेनजीको आधिकारिक वार्ता टोलीले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमाथि कारबाहीको माग गरेको छ ।काठमाडौंमा आयोजित वार्ता टोली घोषणा कार्यक्रममा बोल्दै टोलीका सदस्य प्रवेश दाहालले शहीद र घाइतेको सपना पूरा गर्न वर्तमान सरकारले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।उनले भने, ‘हाम्रो माग भनेको तत्कालीन सरकार, विशेषतः केपी ओलीको सरकारलाई कारबाही गर्नुपर्छ भन्ने हो । गर्छ कि गर्दैन भनेर हामी आशावादी मात्रै भएर बस्न सक्दैनौं । अहिलेको सरकारले त्यसबारे स्पष्ट कदम चाल्नैपर्छ ।’दाहालले भने, ‘ओली नेतृत्वले जेनजी शहीद र घाइतेहरूप्रति धोका दिएको आरोप लगाउँदै भन
काठमाण्डौ । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।आयोगले आइतबार ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन निर्णय गरेको हो ।‘भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नुहु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.