समाचार

    Showing 3,051-3,060 of 19,090 items.
  • गुल्मीमा बस दुर्घटना हुँदा १५ यात्रु घाइते

    गुल्मी— गुल्मीको रेसुंगा नगरपालिका–४ मा एक यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सदरमुकाम तम्घासबाट अर्जै जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट चिप्लिएर दुर्घटना भएको हो।प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार गुल्मी अस्पतालमा भइरहेको जानकारी दिए।बस बुटवलबाट दशैं मनाउनका लागि अर्जै जाँदै गरेका यात्रुहरू बोकेर गइरहेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 445 पटक पढिएको
  • कर्मचारी कटौतीप्रति आजपाका प्रवक्ता साहको तीव्र आपत्ति

    सर्लाही— अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको जागिर कटौतीको विषयमा आम जनता पार्टी (आजपा) का प्रवक्ता चन्द्रभुषण साहले सरकारप्रति कडा आपत्ति जनाएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता साहले चाडपर्वको मुखमा गरिब जनताको छोराछोरीलाई जागिरबाट निकाल्नु अमानवीय भएको टिप्पणी गर्दै प्रधानमन्त्री सुशील कार्कीलाई सिधा प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'सरकारी घरमा मासुभात, जनताको घरमा आँसुभात — यो विभेदपूर्ण अवस्था कहिलेसम्म?'प्रवक्ता साहले मितव्ययीताको नाममा गरिएका यी कटौतीलाई आलोचना गर्दै सोधे, “प्रधानमन्त्री, मन्त्री, तथा अन्य वरिष्ठ शासक–प्रशासकहरूले आठ महिना मात्रै काम गरेर दशैं भत्ता सह

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 471 पटक पढिएको
  • मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले २३ गते ‘जेन जी’ आन्दोलनले उठाएको मागअनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेन जी’ को माग अनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुको साथै, आजसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने सङ्कल्प गर्नुपर्ने पनि बताए । उनले भने, ‘२३ गते ‘जेन जी’ ले समेत उठाएको एउटा मुख्य माग अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनु पर्छ, त्यसले दलहरुभित्र

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 531 पटक पढिएको
  • अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो

    काठमाडौं— अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् ।सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ ।कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 457 पटक पढिएको
  • जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता

    काठमाडौं— नयाँ पुस्ता अर्थात् ‘जेनजी’ का मुद्दा र मागप्रति समर्थन जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। पार्टीका शीर्ष नेताहरूले युवापुस्ताको आवाजलाई संगठन र नीतिमा समावेश गर्दै समाज परिवर्तनको अभियानलाई थप सशक्त बनाउने बताएका छन्।हालै सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीले नयाँ पुस्ताको शिक्षा, रोजगारी, डिजिटल पहुँच, मानसिक स्वास्थ्य, लैङ्गिक समानता लगायतका विषयलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा सम्बोधन गर्दै भने, “जेनजीको सोच, चाहना र सिर्जनशीलता देश विकासको मेरुदण्ड हो। उनीहरूको आवाजलाई

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 553 पटक पढिएको
  • कञ्चनपुरका दुई नगरपालिकामा १५० छाउगोठ भत्काइयो

    कञ्चनपुर— छाउपडीजस्तो अमानवीय प्रथा अन्त्य गर्ने उद्देश्यले कञ्चनपुर जिल्लाको बेदकोट र कृष्णपुर नगरपालिकामा हालसम्म १५० वटा छाउगोठ भत्काइएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ हटाइएको हो। प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय सरकारको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो।अभियानको सुरुवात कृष्णपुर–१ की कमला आउजीको छाउगोठमै सर्पले टोक्दा मृत्यु भएपछि गरिएको हो। असार महिनाको अन्त्यतिर घटेको उक्त घटनाले पालिकालाई तुरुन्तै कदम चाल्न बाध्य बनायो। त्यसपछि पालिकाले छाउगोठ नहटाउनेहरूलाई १० हजार रुपैयाँ जरिवाना र कानुनी कारबाहीको चेतावनीसमे

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 510 पटक पढिएको
  • बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो

    जनकपुर । जनकपुरधामसहित मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उघार्ने विधि सम्पन्न भएको छ ।दशैंको बेला दुर्गा मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ । यो विधिका लागि षष्ठीका दिन (हिजो) बेल निमन्त्रण गरिएको थियो । सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर गाजाबाजासहित सोही स्थानमा मुख्य पूजारीसहित श्रद्धालुभक्तजाहरु पुग्ने गर्छन ।शिवपार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।पछि दुवैलाई प्रतिमा भएको स्थानमा र

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 166 पटक पढिएको
  • तुइन खोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    काठमाडौं । सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पु्नः अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका– ५ स्थित तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा आज दिउँसोबाट दुईतर्फी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि तीन दिनपश्चात यातायात सुचारु भएको थियो । तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारू हुने जनाइएको छ । पहिरो अवधिभरि रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरि सावधानीपूर्वक रहन कार्यालयले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 163 पटक पढिएको
  • ६० बढी सन्तानकी अविवाहित ‘गीता आमा’को दशैं

    इटहरी । दशैं नजिकिँदै गर्दा देशभर रमझम र उत्साह छाउँछ । घर–आँगन रंगिन बन्छन्, मन्दिरहरूमा दुर्गा भक्ति गुञ्जिन्छ, परिवारको जमघट र नयाँ कपडामा सजिएका बालबच्चाहरु देखिन्छन् । तर, सुनसरीको इटहरीमा एउटा घर छ, जहाँ दशैंको रौनक भिन्न छ । तर गहिरो अर्थ राख्छ । त्यो घर हो ।उक्त घरमा बाबुआमाले छाडेका, बाटोमा भेटिएका, पुलमुनी फ्यालिएका वा जन्मिनासाथै अस्वीकार गरिएका बालबालिकाहरू बस्छन् । उनीहरूलाई जन्मदिने आमाबाबु नजिक छैनन्, तर एउटी आमा छिन् जसले आफ्नो जीवन नै उनीहरूको लागि समर्पण गरेकी छिन् । उनी हुन् गीता गौतम, जसलाई सबैले ‘गीता आमा’ भन्छन् ।आमा बनेकी अविवाहित महिलागीता आमा विवाहित होइनन् । उनले आफ्न

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 191 पटक पढिएको
  • तुइनखोलामा फेरि पहिरो, दुईतर्फी आवागमन बन्द

    चितवन— नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो गएको छ। गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो झर्ने क्रम जारी रहेकाले रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने कार्यालयले उल्लेख गरेको छ। पहिरो अवधिभर रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गरी सावधान रहन अनुरोध समेत गरिएको छ। 

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 478 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा