समाचार

    Showing 2,771-2,780 of 19,052 items.
  • रोशी खोलाले बगाएको बिपी राजमार्ग पुनः निर्माण सुरु

    रामेछाप— असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु गरिएको छ ।रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण सुरु गरिएको हो । खोलाको बहाव केही कम भएपछि सोमबारदेखि काम अघि बढाइएको उनले जानकारी दिए ।सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार स्थानीय तहहरू रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा डाइभर्सन पुनः निर्माण अघि बढाइएको छ । ‘चौकीडाँडाको एउटै स्थान मात्र नभई ३–४ स्थानमा वैकल्पिक डाइभर्सन बनाउन योजना बनाइएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 446 पटक पढिएको
  • अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुदैँ

    काठमाडौं— अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।आज मंगलबार हुन लागेको चौथो खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो । पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि छ भने आजको खेलमा पनि मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ ।मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 487 पटक पढिएको
  • अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता

    काठमाडौं— असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् ।वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु¥याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ । इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलाञ्चोकमा १ जनाको ज्यान गएको छ ।बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर, र रौतहटमा गरी ६ जनाको मृत्यु भएको छ । यस्तै, रौतहटमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने उदयपुरमा अबिरल वर्षाका कारण एक जनाको मृत्यु भएको हो ।बेपत्ता भएकामध्ये रसुव

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 454 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो ।निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतपेटिका

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 491 पटक पढिएको
  • जेन–जी मुभमेन्ट अलायन्सले माग्यो सम्पूर्ण आयुक्तहरुको राजीनामा

    काठमाडौं— विभिन्न जेन–जी समुह र व्यक्तिहरु आबद्ध भएका जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरुको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् । जेन–जी मुभमेन्ट अलायन्सले एक विज्ञप्ती जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरंकुश ढङ्गले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले संसदिय सुनुवाइ बिनै गरेको भन्दै उनीहरुको स्वेच्छिक राजीनामा माग गरेका हुन् । २०८२ साल भाद्र २३ गतेबाट जने–जी द्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य भएको हुनाले यी मागहरु पुर

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 466 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका केहि स्थानहरूमा चट्या

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 252 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ३६ पैसा र बिक्रीदर १९१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयांक एकको खरिदर एक सय ७७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९०, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 233 पटक पढिएको
  • आज २०८२ साल असोज २१ गते मङ्गलबारको राशिफल

    मेष - व्यापार, कृषि तथा उद्योग क्षेत्रबाट लाभ प्राप्त हुने संकेत छन्। आर्थिक अवसरहरू अनुकूल रहनेछन्। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनुका साथै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल हुनेछ।वृष - व्यवसायिक गतिविधि लाभदायक बन्नेछन्। स्वास्थ्य सुदृढ रहनुका साथै पारिवारिक सम्बन्धमा सन्तुलन कायम हुनेछ। अध्ययनमा पनि सार्थक प्रगति हुने सम्भावना छ।मिथुन - स्वास्थ्य सामान्य रहनेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागिताले मानसिक सकारात्मकता बढाउनेछ। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनुका साथै शैक्षिक उपलब्धि सन्तोषजनक रहनेछ।कर्कट - नयाँ लगानी वा महत्त्वपूर्ण निर्णयका लागि समय अनुकूल

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 372 पटक पढिएको
  • सिड्नीमा गोली हानाहानमा २० जना घाइते

    काठमाडौं— सिड्नीको व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएको अस्ट्रेलियाली प्रहरीले घोषणा गरेको छ। प्रहरीले संदिग्धलाई पक्राउ गर्नुअघि प्रहरी गाडीसहित बाटो हुँदै गइरहेका गाडीमा अन्धाधुन्ध गोली चलाइरहेको बताएको छ।न्यु साउथ वेल्स प्रहरीका स्टिफन पेरीले उक्त क्षेत्रमा ५० देखि १०० वटा गोली चलेको र प्रहरीले ६० वर्ष उमेरका संदिग्ध शूटरलाई पक्राउ गरेको जनाएको छ।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य १९ जनाको काँचको टुक्राले गर्दा घाइते भएको पुष्टि गर्दै घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।उच्च सुरक्षा व्यवस्था सामूहिक हत्या र अनियमित गोलीबारी दुर्लभ भएको अस्ट्रेलियामा हात हतिय

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 473 पटक पढिएको
  • सामाजिक सञ्जालमा जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

    काठमाडौं— सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् ।गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ ।‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूम

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 587 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा