समाचार

    Showing 2,771-2,780 of 26,789 items.
  • सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

    काठमाडौं— सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैशाख २१ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ८५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयरको बाँडफाँट सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 698 पटक पढिएको
  • पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि मेयर राजेशमान सिंह पक्राउ

    काठमाडौं— वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो ।पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीविरूद्ध जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 448 पटक पढिएको
  • कनकासुन्दरी बाल विवाहमुक्त घोषणा भएपछि नाचगान

    जुम्ला— जुम्लाको कनकासुन्दरी–३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पछिल्लो समय सरकारले संचालन गरेको अभियान अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।हालै ‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नाराका साथ तामझाम र नाचगान, देउडा, सडक नाटकबाट थप बालविवाह सम्बन्धि जनचेतना जगाउँदै बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।कनका सुन्दरी गाँउपालिकामा बिगतका बर्षहरुमा सानै उम्मेरमा बालबिवाह गर्ने, सानै उमेरमा बच्चा जन्माउने, बच्चा र आमाको स्वास्थ्यमा देखिदै आएको थियो । त्यस्तै सम्बन्ध विच्छेदका घट्नाहरु हुने गरेको थियो ।सन् २०२२मा आफु जनप्रतिनिधी भएर आएपछि समाजमा रहे

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 402 पटक पढिएको
  • एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन

    क्वालालम्पुर— मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ ।आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिटमा चित्त बुझाएको आयोजकले जनाएको छ ।प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता घोषित भए । उनको प्रदर्शनले टोलीलाई उपाधि जिताउन म

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 464 पटक पढिएको
  • लागूऔषध सहित चार जना पक्राउ

    काठमाडौं— प्रहरीले लागूऔषध सहित चार जना पक्राउ गरेको छ ।कैलालीको टीकापुर नगरपालिका-९ सुनफाँटाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने २३ वर्षीय चन्द्र नेपाली र २४ वर्षीय सुरेश नेपाली रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङको रंगेली नगरपालिका४ चोप्राहबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालि

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 403 पटक पढिएको
  • नयाँ क्रियाशील सदस्यता खुला गरेपछि कांग्रेसको अनलाइन आवेदन प्रक्रिया सुरु

    काठमाडौं— नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरेको हो ।बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था सुरु गर्ने निणय गरेको हो ।बैठकले नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित योग्य नेपाली नागरिकलाई सदस्यता आवेदन दिन आह्वान समेत गरेको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 433 पटक पढिएको
  • माङसेबुङको बेसार’ नामक ब्रान्ड

    इलाम । इलामको माङसेबुङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित बेसारको व्यावसायिक बजारीकरणका लागि आफ्नै ब्रान्डसहित बेसार प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले रैथाने उत्पादनलाई बजारसँग जोड्न ‘माङसेबुङको बेसार’ नामक ब्रान्ड घोषणा गरेको हो ।माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा स्थापना गरिएको उक्त प्रशोधन केन्द्रको गाउँपालिका अध्यक्ष हेमन्त राईले एक समारोहका बीच उद्घाटन गरे । स्थानीय महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँगको लागत साझेदारी र सहकार्यमा यो केन्द्र स्थापना गरिएको हो ।लागत साझेदारी र प्रवद्र्धन गाउँपालिकाको ‘बेसार प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत कुल ९ लाख ६४ हजार रुप

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 212 पटक पढिएको
  • मनसुनजन्य विपद्ः काभ्रेपलाञ्चोकमा ४७९ बस्ती जोखिममा

    काभ्रेपलाञ्चोक। मनसुनजन्य विपद्का कारण  काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा उक्त सङ्ख्यामा ती बस्ती जोखिममा रहेको सार्वजनिक गरिएको हो ।   बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय तहगत रुपमा बस्तीको जोखिमयुक्त प्रतिवेदन पेस गर्नुभयो । गुरागाईंद्वारा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार ४७९ बस्ती उच्च जोखिममा रहेका, २०९ बस्ती खुला स्थानमा रहेका तथा १९२ बस्ती सुरक्षित स्थानमा रहेका र ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको समेत व्यवस्था गरिएको छ ।  बैठकमा प्रमुख जिल्ला अधिकारी गोपाल

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 239 पटक पढिएको
  • बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

    सिद्धार्थनगर। वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् । निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडक अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ । यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेकामा बुटवल–नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन् । सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी क

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 275 पटक पढिएको
  • भालुको आक्रमणबाट आठ भेडा मरे

    जुम्ला। जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार  आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिनुभयो ।स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो । रातिको समयमा गोठमा रोखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीको  जानकारी आएको सूचना अधिकारी खनालको भनाइ छ ।यस्तै पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रतिभेडाको न्यूनतम म

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.