समाचार

    Showing 2,301-2,310 of 26,789 items.
  • ट्राफिक कारबाहीमा एकै दिन चार लाख ९४ हजार राजस्व सङ्कलन

    काठमाडौं— ट्राफिक प्रहरीले एकै दिन एक हजार ७८२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा चार लाख ९४ हजार राजस्व दाखिला भएको छ ।मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।यसैगरी, लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • 427 पटक पढिएको
  • इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा, क्षेत्रीय तनाव थप चुलियो

    तेहरान— इरानले विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली सैन्य आक्रमण तथा युद्ध अन्त्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न अमेरिकाले असफल भएको आरोप लगाउँदै तेहरानले उक्त निर्णय सार्वजनिक गरेको हो।इरानी विदेश मन्त्रालयका अनुसार अमेरिका पूर्व सहमतिप्रति पूर्ण रूपमा प्रतिबद्ध नभएसम्म क्षेत्रको अवस्था सामान्य हुन नसक्ने जनाएको छ। यसअघि अमेरिका र इरानबीच भएको अन्तरिम समझदारीपछि होर्मुज स्ट्रेट सञ्चालनमा आएको थियो, तर पछिल्लो घटनाक्रमले उक्त सहमति नै संकटमा परेको संकेत गरेको छ।उता, दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा दुई बालबाल

    • प्रकाशित मितिः असार ७, २०८३
    • 481 पटक पढिएको
  • रास्वपा महाधिवेशनका निम्ति चितवन गए एमाले नेता ज्ञवाली

    काठमाडौं— सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा नेकपा (एमाले)का तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।आइतबार बिहान उनी चितवन गएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भरतपुरमा हुने रास्वपा महाधिवेशनको उद्घाटनसत्रमा उपस्थितिका निम्ति पार्टीबाट ज्ञवालीलाई पठाइएको हो ।रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष/सभापतिलाई निम्ता पठाएको थियो ।तर, नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट दोस्रो तहका नेता सहभागी हुन लागेका छन् ।रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधि

    • प्रकाशित मितिः असार ७, २०८३
    • 381 पटक पढिएको
  • भारतबाट नेपाल आउँदै गरेका युवक ठूलो परिमाणको लागुऔषधसहित पक्राउ

    विराटनगर— मोरङको रंगेली क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध ल्याउँदै गरेका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, अररिया जिल्लाका २५ वर्षीय अभिषेककुमार मण्डल रहेको प्रहरीले जनाएको छ।आइतबार राति करिब ८ः३० बजे इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले रंगेली नगरपालिका–५ भेडुवाथानमा चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मण्डलले भाग्ने प्रयास गरेका थिए। तर प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिन सफल भएको थियो।प्रहरीले मोटरसाइकलमा र

    • प्रकाशित मितिः असार ७, २०८३
    • 419 पटक पढिएको
  • रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि

    चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति  चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना,  विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने  छन् । मह

    • प्रकाशित मितिः असार ७, २०८३
    • 400 पटक पढिएको
  • ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ यात्रु घाइते

    कैलाली— बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस बिहान करिब ७ः१० बजे अचानक ब्रेक फेल भई सडकको बायाँतर्फको नालीमा पल्टिएको प्रहरीले जनाएको छ। बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी निवासी ४३ वर्षीय खडक बुढाले चलाइरहेका थिए।दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पता

    • प्रकाशित मितिः असार ७, २०८३
    • 448 पटक पढिएको
  • रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्भने समुहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् ।महाधिवेशन प्रतिनिधिका रूपमा पाल

    • प्रकाशित मितिः असार ७, २०८३
    • 269 पटक पढिएको
  • ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • 218 पटक पढिएको
  • डुबेर तीन जनाको मृत्यु

    कर्णाली। सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ ।सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • 180 पटक पढिएको
  • योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ ।बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो ।योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सक

    • प्रकाशित मितिः असार ७, २०८३
    • 244 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.