काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका क्रममा काँग्रेस र एमालेले एक अर्काको घर जलाएको आरोप लगाएका छन् ।उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै जेनजी आन्दोलनका क्रममा आन्दोलनमा एमाले काँग्रेसले एक अर्काको घर जलाएको आरोप लगाउँदै दोष बच्चालाई लगाएको भन्दै आक्रोश पोखेका हुन्।उनले तुइन र काठको पुल बनाउने नेताहरूले यो देश विदेशीले बिगार्यो भन्न नसुहाउने टिप्पणी गरेका छन् ।साथै उनले भिसा पाउन नेताको घर धाउन पर्ने बताउँदै अरूलाई एजेन्ट भनेको रोष पोखेका छन् । उनले आफूलाई लुसिफर भन्नेलाई पनि कडा जवाफ दिएका छन् । चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौँ भन्दै उनले नेत
काठमाण्डौ । काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल संवत् ११४६ का अवसरमा भिन्तुना -याली मनाइएको छ । नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । काठमाडौं महानगरपालिका वडा ७र८ का विभिन्न संघसंस्थाहरूले आफ्नो अपनत्व ग्रहण गर्दै यस -यालीलाई अगाडि बढाउने गरेका छन् । काभ्रेको पनौतीमा पनि नेपाल सम्वत् ११४६ अर्थात लसताय् भिंतुना विविध कार्यक्रम गरी मनाइएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका हुन् ।
रामेछाप । केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दशैं सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे । कोही मादलमा खरी हाल्न मिस्त्रीकहाँ पुग्थे । कोही दर्जीका घरमा बाजा मिलाउन र ताल सिक्न व्यस्त हुन्थे । टोलका सबै उमेरका मानिसहरू मिलेर नाचगान र बाध्यवादनको अभ्यास गर्थे । त्यतिबेला देउसी–भैलो केवल रमाइलो होइन, सांस्कृतिक प्रदर्शन र सामुदायिक एकताको प्रतीक थियो ।तर अहिले त्यो मौलिकता हराउँदै गएको छ । रामेछापको मन्थली बजारका धेरै ठाउँमा साँझ खेलिएका देउसी–भैलोमा अब न त पुराना बाजा सुनिन्छन्, न मौलिक गीत र नाच देखिन्छ । माइक र स्पिकरमा बजाइएका आधुनिक गीतमा युवा–युवती
हेटौडा । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरु हुनुअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा भव्य रूपमा सम्पन्न भएको छ ।एनपिएल ट्रफी परेडको अभियान सातै प्रदेशमा सञ्चालन गरिने क्यानको योजनाअनुसार कोशी प्रदेशबाट प्रारम्भ भएको परेड दोस्रो चरणमा मधेस प्रदेशको राजधानी जनकपुर हुँदै चितवन पार गर्दै हेटौंडामा आइपुगेको हो ।हेटौडामा ट्रफी परेडको शुभारम्भ ऐतिहासिक भूटनदेवी मन्दिरमा पूजा अर्चना गरेर गरिएको थियो। त्यसपश्चात ट्रफीसहितको जुलुस नगरका प्रमुख स्थानहरू परिक्रमा गर्दै हेटौडा बजारको केन्द्र बुद्धचोकमा पुगेर समापन भएको हो ।परेडमा चितव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन् ।बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’ उनले भने ।ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदा
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।बुधबार विहान जनकपुर विमानस्थलमा सञ्चारकमीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले सरकारले हिजो संसदीय दलहरुसंग वार्ता गरेकोले सरकार विस्तारै निर्वाचनतीर गम्भिर हुँदै गएको आभास भएको बताए । तर अझैपनि निर्वाचनको वातावरण भने नबनेको महशुस भएको उनले बताए ।असाधारण परिस्थितीमा अन्तरिम सरकारले निर्वाचन हुनुपर्छ भनेदेखि नेकपा माओवादी पार्टीले सबैभन्दा पहिला केन्द्रिय समितिको बैठक बसेर निर्वाचनमा जाने निर्णय गरेको संयोजक प्रचण्डले जनाए ।
काठमाण्डौ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही सम
काठमाण्डौ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरको भनाइ छ ।“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखि
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ।दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा ह
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर स्थिर रहँदा युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.