समाचार

    Showing 2,201-2,210 of 17,397 items.
  • माइक्रोबस 'रिजर्भ' गरेर आएका युवाहरूको कुटपिटबाट नख्खुडोलमा एक युवक घाइते

     ललितपुर—  ललितपुरमा एक युवामाथि निर्घात कुटपिट भएको छ । ललितपुरको भैँसेपाटीस्थित नख्खुडोलका २१ वर्षीय युवा आयुश गुरुङमाथि कुटपिट भएको हो । धादिङका आकाश तामाङ, कैलालीका रमेश सेठीसहित १०/१२ जनाको समूहमा आएका युवाहरूले आयुशमाथि निर्घात कुटपिट गरेका हुन् । गएको बिहीबार एक माइक्रो बस नै ‘रिजर्भ’ गरेर नख्खुडोल पुगेका उनीहरूले आयुशमाथि कुटपिट गरेको खुलेको छ । ललितपुर प्रहरीले कुटपिटमा संलग्न आकाशसहित तीनजनाविरुद्ध अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते आयुशको टाउकोमा गम्भीर चोट लागेको छ । उनको पाटन अस्पतालमा उपच

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 581 पटक पढिएको
  • उखु किसानको अनुदान कटौती नगर्न सरकारलाई सांसद् चौधरीले गराए सचेत

    काठमाडौं— पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद् विनोद चौधरीले उखु किसानलाई दिइँदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् ।सांसद् चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान प्रति क्विन्टल ७० रुपैयाँलाई आधाले कटौती गरेपछि उखु किसान सरकार विरुद्ध आन्दोलित छन् ।उखु किसानको बाहुल्य रहेको पश्चिम नवलपरासीबाट निर्वाचित सांसद चौधरीले सरकारको उक्त कदमको विरोध गर्दै आफुलाई उखु किसानको पक्षमा दृढतापुर्वक उभ्याएका छन् । सांसद चौधरीले सरकारले दिदै आएको अ

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 466 पटक पढिएको
  • इम्बोस्ड नम्बर प्लेटको अनिवार्यतामा सांसद नेम्वाङको आपत्ति, निर्णय फिर्ता लिन माग

    काठमाडौं— सत्तारुढ दल नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णय फिर्ता गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा उनले जनतालाई थप सास्ती, हैरानी र झन्झटमात्र बढाएको भन्दै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।सांसद नेम्वाङले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग गरे ।उनले गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती,

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 441 पटक पढिएको
  • नेपालको पर्यटन उद्योगमा नयाँ आयामः दुसित थानी हिमालयन रिसोर्टले आईपीओ जारी गर्दै

    काठमाडौं— नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ सञ्चालित दुसित थानी हिमालयन रिसोर्टले सर्वसाधारणका लागि आफ्नो प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।आज भएको एक समारोहमा दुवै कम्पनीबीच यो महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) का प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन।सन् २०२३ को चौथो त्रैमासिकबाट सञ्चालनमा आएको यो रिसोर्ट काभ्रेपल

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 471 पटक पढिएको
  • अमेरिकाले ३७ नेपालीलाई डिपोर्ट गर्‍यो, चार्टर्ड विमानमा बिहीबार काठमाडौं आइपुग्ने

     काठमाडौं— अमेरिकाले एकसाथ ३७ नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानमार्फत बिहीबार काठमाडौं ल्याएर छोड्ने अध्यागमन विभागले जनाएको छ । “अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली बुधबार काठमाडौं आइपुग्ने जानकारी प्राप्त भएको थियो । तर, प्राविधिक कारण देखाउँदै २४ घण्टा सारिएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले बाह्रखरीसँग भने, “अब उहाँहरू भोलि बेलुकी ५ बजे आइपुग्ने जानकारी प्राप्त भएको छ ।” एकसाथ यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी पठाएको यो दोस्रो पटक हो । यसअघि २०८२ जेठ २५ गते अमेरिकाले डिपो

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 456 पटक पढिएको
  • जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन्।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन्।उनले भने, ‘जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द छ । सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले कोदोमा कुटो हाने जसरी त्यो सडक हानेको छ । त्यो सडक खोल्न गाह्रो भएको छ, बल्ल बल्ल खोलीएको थियो फेरि राती पहिरो आयो, त्यसकारण एउटा मात्र ब

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 414 पटक पढिएको
  • दमौलीमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

    दमौली— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन्।पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्मालेजानकारी दिए ।। गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन्। निजलाई उपचारार्थ पोखरा पठाइएको छ।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 449 पटक पढिएको
  • नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    काठमाडौं— भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने  व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको  ।संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 474 पटक पढिएको
  • आईजीपी थापा आज अवकास हुँदै

    काठमाडौं— नेपाल प्रहरीका ३१औँ आईजीपी दीपक थापासँगै आज दुई एआईजी पनि अवकास हुँदैछन् ।२०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन् । थापाले आईजीपीका रुपमा ६ महिनाभन्दा केही दिन बढी जिम्मेवारी सम्हालेका छन् ।अवकासप्राप्त आईजीपी थापालाई आज गृह मन्त्रालयले बिदाइ गर्ने कार्यक्रम छ । गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई बिदाइ गर्ने कार्यक्रम तय भएको हो । गृह सचिव दुवाडीले नै ६ महिनाअघि थापालाई आईजीपीको दज्र्यानी चिह्न लगाइदिएका थिए ।आईजीपी थापासँगै आज एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन् । उनीहरु

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 478 पटक पढिएको
  • सुनको मुल्य प्रतितोला २ लाख ७ हजार ९ सय पुग्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ ।आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 433 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा