समाचार

    Showing 2,051-2,060 of 26,789 items.
  • नमोबुद्धमा पानी प्रशोधन प्रणाली

    काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालयमा इजरायली ‘लगुना’ प्रविधिमा आधारित सौर्य–ऊर्जाचालित ‘अफ–ग्रिड’ पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली सञ्चालन गरिएको छ । नेपालकै पहिलो मानिएको यस परियोजनाले विद्यालयलाई जलवायुमैत्री प्रविधि, दिगो पानी व्यवस्थापन तथा कृषि नवप्रवर्तनको जीवित प्रयोगशालाकारुपमा स्थापित गर्ने अपेक्षासमेत गरिएको छ ।काठमाडौँ विश्वविद्यालय (केयू)अन्तर्गतको नेपाल प्रविधि नवप्रवर्तन केन्द्र (एनटीआइसी) तथा स्थानीय संस्कृति फाम्र्स एण्ड रिसर्च सेन्टरको नेतृत्वमा अमेरिकास्थित मेरिल्यान्ड विश्वविद्यालयको ग्लोबल फ्युचर एलायन्स तथा द अरावा इन्

    • प्रकाशित मितिः असार १८, २०८३
    • 220 पटक पढिएको
  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    मान्म। यहाँस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीदलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो । नगरपालिका वडा नं. ६ मा ४५ जना, वडा नं. ७ मा २५ जना, वडा नं. ८ मा १८ जना र वडा नं. ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीले जानकारी दिनुभयो । “लाभग्राहीको सहजताका लागि नगरपालिकाले ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा घरदैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो”, उहाँले भन्नुभयो ।

    • प्रकाशित मितिः असार १८, २०८३
    • 199 पटक पढिएको
  • असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय

    जनकपुरधाम। प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको छ । उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले असई विकको मृत्यु प्रकरणमा पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मासहित धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला गरेको हो ।  यस्तै सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरु प्रदीप साह माझी, सञ्जयकुमार स

    • प्रकाशित मितिः असार १८, २०८३
    • 304 पटक पढिएको
  • सवारीको ठक्करदिँदा युवकको मृत्यु

    मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उहाँलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पु¥याएको थियो ।टाउको र निधारमा गम्भीर चोट लागेका राना मगरलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो । उप

    • प्रकाशित मितिः असार १८, २०८३
    • 254 पटक पढिएको
  • सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    काठमाडौँ। सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलका रूपमा हेरिएको छ । विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवद्र्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित बेग्लै मन्त्रालय गठन गरिएको छ । विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नीतिगत अस्पष्टता र बजेटको अपर्याप्तताका कारण दक्ष जनशक्ति उत्पादनको उचित वातावरण अभाव र प्रतिभा पलायनको समस्या हुँदै आएकामा नवप्रवर्तन मन्त्रालय गठनपछि यस क्षेत्रमा लक्षित परिणाम हासिल गर्न सहज हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्बाट पारि

    • प्रकाशित मितिः असार १८, २०८३
    • 361 पटक पढिएको
  • अग्रज पत्रकार पराजुलीको निधन

    गण्डकी। पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन हुनुभएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । उहाँ विसं २०४० देखि प्रकाशन सुरु भएको जनमत दैनिकको संस्थापक सम्पादक हुनुहुन्थ्यो । विभिन्न पत्रपत्रिकामा पराजुलीका खोजमूलक लेखरचना तथा केही कृति प्रकाशित छन् । पोखराको पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा उहाँको योगदान रहेको  छ । पराजुलीका एक छोरा र चार छोरी हुनुहुन्छ । उहाँको निधनमा नेपाल पत्रकार महासङ्घ, कास्कीले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ ।

    • प्रकाशित मितिः असार १८, २०८३
    • 199 पटक पढिएको
  • सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    काठमाडौँ। अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको विश्वासमा समेत बढोत्तरी भएको छ ।  दुई तिहाई जनमत प्राप्त सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको छ । निजी क्षेत्रको माग अनुसार नै एक दर्जनभन्दा बढी पुराना र अव्यवहारिक कानुनको खारेजी प्रक्रिया अगाडि बढाएको छ । अव्यवहारिक र अन

    • प्रकाशित मितिः असार १८, २०८३
    • 282 पटक पढिएको
  • आज नेप्से २६५२ अंकले बढ्यो

    काठमाडौं— बुधबार सेयर बजारमा सुधार देखिएको छ। अघिल्ला सात कारोबार दिन लगातार घटेको बजार आज ४४.५९ अंकले बढेर नेप्से परिसूचक २६५२ अंकमा पुगेको छ।दिनभर बजार हरियो रह्यो भने कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भयो।बजारमा २५२ कम्पनीको मूल्य बढ्दा १७ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनी स्थिर रहे। सबै समूहका सूचकहरू वृद्धि भएका छन्।विशेषगरी उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहमा पनि वृद्

    • प्रकाशित मितिः असार १७, २०८३
    • 529 पटक पढिएको
  • मानसिक अस्पतालमा अनलाइनबाटै ओपीडी टिकट पाइने

    काठमाडौं— मानसिक अस्पताल लगनखेलले बिरामीको सुविधा लक्षित गर्दै ओपीडी टिकट सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको छ। अब सेवाग्राहीले अस्पतालको वेबसाइटमार्फत घरबाटै टिकट काट्न र डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सक्नेछन्।नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नम्बर ३२ कार्यान्वयन गर्दै अस्पतालले यो सेवा सुरु गरेको जनाएको छ। मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयको अनुगमन टोलीले अस्पतालको निरीक्षण गरेको थियो।अस्पतालका अनुसार नयाँ प्रणाली लागू भएसँगै टिकटका लागि अस्पतालमा लामो लाइन बस्नुपर्ने बाध्यता हट्नेछ। यसले सेवा प्रवाहलाई अझ

    • प्रकाशित मितिः असार १७, २०८३
    • 445 पटक पढिएको
  • राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेका छन्।त्यस अवसरमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हास्मीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः असार १७, २०८३
    • 456 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.