समाचार

    Showing 1,971-1,980 of 26,789 items.
  • ममतालाई घरमै पुगेर दिइयो नागरिकता

    भोजपुर। भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान गरेको हो ।ममताको पारिवारिक अवस्था जटिल रहेको छ । उनका बुबा लामो समयदेखि बेपत्ता रहेका छन् भने आमा जन्मदर्ता गराएपछि सम्पर्कविहीन भएकी हुन् । अदालतले ममताको हेरचाह तथा कानुनी संरक्षकका रूपमा हजुरआमा रत्नकुमारी राईलाई तोकेको थियो । तर संरक्षकका रूपमा रहेकी हजुरआमा स्वयं शारीरिक रूपमा अशक्त रहेकाले हिँडडुल गर्न तथा स्पष्ट रूपमा बोल्नसमेत असमर्थ छन् । जसका कारण नागरिकता प्रा

    • प्रकाशित मितिः असार २१, २०८३
    • 229 पटक पढिएको
  • नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    मध्यविन्दु। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनाल

    • प्रकाशित मितिः असार २१, २०८३
    • 276 पटक पढिएको
  • डा.चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार होः संघ

    काठमाडौं— नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले डा।चेतना पौडेललाई अनावश्यक विवादमा तानेको समेत आरोप लगाएका छन् ।९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रममा संघका अध्यक्ष डा.जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताए । विश्व भरी प्रभावकारी बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको डा.बस्नेतको कथन छ । ‘पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरमा

    • प्रकाशित मितिः असार २१, २०८३
    • 419 पटक पढिएको
  • सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड

    बाँके— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानहरूसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिए । उनले राष्ट्रिय गौरवको यस आयोजनालाई

    • प्रकाशित मितिः असार २१, २०८३
    • 435 पटक पढिएको
  • दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आइतबार अर्थ समितिको १२औं बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउसो २ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुने छ ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 382 पटक पढिएको
  • पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  फ्रान्सका किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 411 पटक पढिएको
  • मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडालाई हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ह्युस्टन रंगशालामा सम्पन्न खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेका थिए । मोरक्कोका लागि मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे ।यो जितसँगै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश हो ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 1,386 पटक पढिएको
  • सरकारका १०० दिनः उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

    काठमाडौं—  चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँ मध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको जानकारी दिए ।  सरकारका तर्फबाट दिइने प्रतिक्वीन्टल ७० रुपैयाँका दरको करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान रकम सम

    • प्रकाशित मितिः असार २१, २०८३
    • 406 पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइताबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७९ पै

    • प्रकाशित मितिः असार २१, २०८३
    • 423 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपासमा अवस्थित छ ।हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ, बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।‌आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही

    • प्रकाशित मितिः असार २१, २०८३
    • 478 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.