समाचार

    Showing 1,941-1,950 of 25,321 items.
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो ।बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 444 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 426 पटक पढिएको
  • सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

    सर्लाही— यहाँको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।बुधबार साँझ करिब ४ः४५ बजे मलंगवा–१० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका थिए ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राज किशोर यादव गम्भीर घाइते भएका थिए। काम गरिरहेको क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंग

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 496 पटक पढिएको
  • तिन वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ः३० बजे प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण कार्यसूची रहेको छ ।यसैगरी, बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धीका साथै अन्य विविध विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 412 पटक पढिएको
  • बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीद

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 475 पटक पढिएको
  • सगरमाथा आरोहण मार्ग खुला

    काठमाडौँ। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो ।हिजो बुधबार १०ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण (डोरी टाँगिएको)गरिएको पर्यटन विभागले जनाएको छ । यसमा संलग्न पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 216 पटक पढिएको
  • आजको मौसमः हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

    काठमाडौं—  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनि र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्था

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 434 पटक पढिएको
  • हरिवनमा बसको ठक्करबाट मृत्यु

    बरहथवा। यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो ।ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 307 पटक पढिएको
  • बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    काठमाडौँ। सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइर

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 244 पटक पढिएको
  • बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

    महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् ।शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गाैला खराब गएर उपचारत रहेकै बेला उहाँका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना गरिरहका छन् ।स्थानीय मेनका सिंहले आर्थिक अवस्था कमजोर रहेका राना बाबुछोराको जीवन रक्षाका लागि सहयोग अभियान सञ्चालन गरिएको बताउनुभयो । “बुबा–छोरा जटिल स्वास्थ्य समस्याबाट ग्रसित भएपछि परिवारको बिचल्ली हुने अवस्था उत्पन्न भएको छ”, उहाँले भन्नुभयो, “दुवै जनाको जीवन बचाउन सकिने आशाल

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 312 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.