काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्तामा बस्ने सिन्डिकेटले बनिरहेको एउटा बारुदलाई नेपो बेबी र सामाजिक सञ्जाल बन्दले झिल्को दिने काम गरेको भन्दै यो विद्रोह वर्षौदेखि भएको कुशासनको नतिजा भएको बताए । उनले भने, ‘यो सबै घटना कुशासनले भएको हो । यदि सुशासन हुने हो भने यो केही पनि हुने थिएन् । त्यसकारण यो घटनाको पछाडी को छ भनेर खोजि रहनु भन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका छन् ।उनले आयोजना प्रगतिका विषयमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गर्दै कम्पनी व्यवस्थापनलाई वित्तीय विश्लेषणमार्फत मोडालिटी छिट्टै तय गरी पेश गर्न आग्रह गरेका छन् ।मन्त्री घिसिङका अनुसार, जग्गा अधिग्रहण, वन क्षेत्रको प्रयोग, रुख कटानको क्षतिपूर्ति, भन्सार तथा मूल्यवृद्धि करमा छुट र पेट्रोलियम आयात करको केही रकम आयोजनामा प्रयो
काठमाडौं— नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसके पनि उनले अझैसम्म सजाय भुक्तान गरेका छैनन् ।यस्ता गम्भीर कानुनी मुद्दा खेपिरहेका फरार अभियुक्तलाई पार्टीको उच्च बैठकमा सहभागी गराएर अध्यक्ष केपी शर्मा ओलीले संरक्षण गरेको आरोप लाग्दैछ । प्रहरी र अदालतमा चलिरहेका मुद्दा र सार्वजनिक उजुरीका बीच पनि शेर्पालाई पार्टीभित्र सशक्त भूमिकामा राखिनु एमालेको नैतिकता, अनुशासन र जिम्मेवारीमाथि गम्भीर प्रश्न बनेको बताइए
काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् ।बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थाहरुमा परिवर्तन हुन नसक्दा सधै्रभर आन्दोलन हुने र त्यसले संक्रमण निम्ताउने बताएका हुन् ।उनले संक्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउन बताउदै भने, ‘नेपालमा आन्दोलनहरु धेरै भएका छन् विभिन्न कालखण्डमा लगभग १०÷१० वर्षमा केही न केही गरिरहन्छौं । आन्दोलनहरु हुने, व्यवस्थाहरु परिवर्तन हुने र परिस्
काठमाडौं— पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् ।नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो ।बैठकमा विद्युत आदान–प्रदान क्षमता विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी विस्तृत छलफल भएको छ । विशेषगरी चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको संयुक्त डि
काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो । खेल नेपाली समयअनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो । अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। अ
सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बजेट खर्च निराशाजनक देखिएको छ । बर्सेनी बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली सरकारले यो बर्ष पनि बजेट कार्यान्वयनको लक्ष्य हाँसिल गर्न नसक्ने देखिएको छ । चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमामध्ये चालूतर्फ १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रूपैयाँ, पूँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रूपैयाँ छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्म सरकारको ५.९३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयको त
काठमाडौं— अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो ।दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ ।अमेरिकी संघीय विमान प्रशासनका अनुसार उक्त विमान म्याकडोनेल डगलस एमडी–११ मोडेलको थियो । उनीहरूले जारी गरेको विवरण अनुसार यो प्रारम्भिक जानकारी हो र परिवर्तन हुन सक्छ भनी जनाएको छ । साथै, विमान प्रशासन तथा नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अधि
काठमाडौं । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘जेनजी विद्रोहको जरो’ शीर्षकमा आयोजित प्यानल छलफलमा युवा पुस्ताका प्रतिनिधिहरूले आफ्नो आन्दोलनका कारण र उद्देश्यबारे धारणा सार्वजनिक गरेका छन् ।कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधि रक्षा बमले ‘नेपोबेबी’ (नेताका सन्तानको विशेषाधिकार) ट्रेण्डबाट युवाहरूमा असमानताको अनुभूति तीव्र भएको बताइन् ।उनले भनिन्, ‘हाम्रो पुस्ताले महसुस ग¥यो—हाम्रो करको पैसा कहाँ गइरहेको छ ? ठूला नेताका सन्तानहरू विलासी जीवन बिताउँछन् । तर आम नागरिकका छोराछोरीहरू संघर्षमा छन् । यही असमानताविरुद्ध हामीले आवाज उठाएका हौं ।’बमका अनु
तनहुँ— बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भएको कुटपिट घटनामा एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।प्रहरीका अनुसार सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवनपछि खुसीमानलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । घाइते भएका खुसीमानलाई उपचारका लागि अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.