मुस्ताङ। यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ ।कोरलानाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो । कोरलानाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो ।कोरलानाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि
देवेन्द्र किशोर: झापाको बिर्तामोडमा शर्मिला राजवंशी परिवारमाथि आएको संकट केवल एउटा घरजग्गा फुकुवा नहुँदाको प्रशासनिक ढिलासुस्ती होइन, यो देशभर फैलिँदै गएको सहकारी विकृति, राजनीतिक संरक्षण, आर्थिक अपारदर्शिता र सर्वसाधारणमाथि संस्थागत रूपमा भइरहेको अन्यायको प्रतिनिधिमूलक चित्र हो। पाँच लाख रुपैयाँ ऋणका लागि धितो राखिएको घरजग्गा सहकारी संस्थाले पुनः राष्ट्रिय सहकारी बैंकमा २० लाख रुपैयाँ ऋणका लागि प्रयोग गरेको तथ्य सार्वजनिक भएपछि यो घटना एउटा परिवारको निजी पीडाबाट उठेर राष्ट्रिय बहसको विषय बनेको छ।सहकारीको मूल अवधारणा “एकका लागि सबै, सबैका लागि एक” भन्ने सामाजिक–आर्थिक दर्शनमा आधारित थियो
जनकपुर— धनुषाका मिटरब्याज पीडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले आइतबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।केही दिन अघि धनुषाको फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पिडा माथि झन पिडा थपेको भन्दै आफूहरुले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालिन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।मिटरब्यजीहरुलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै पीडितहरुलाई समातेर जेल पठाउने गरेको घटनाहरु अगाडि आउन थालेपछि आफूहरुले बाध्य भएर आजदेखि जिल्ला प्रशासन क
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानिको आधारमा निर्णय गर्न नहुने बताएका छन् ।प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पारे ।उनले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिनेभन्दा दिशा निर्देशन दिने क्षमता पार्टीले राख्नुपर्ने बताए ।उनले भने, ‘नेपाली कांग्रेस पार्टी
काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले सरकारले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै उनले विदेशमा रहेका नेपालीहरूको सानो–सानो लगानीले पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए ।उनले भने, ‘म अर्वौंको लगानी ल्याउन तयार छु, तर सरकारले नेपालीलाई सेयर बजारमा खुला गर्नुपर्छ । विश्वभरि रहेका नेपालीहरूले आफ्नो कमाइको एक–दुई हजार रुपैयाँ मात्रै लगाएर यहाँको सेयर किनेपनि त्यो रकम खर्बौं पुग्नसक्छ । त्यसैले ठूलो लगानी ल्याउने कुरा मात्र नगरी सेयर बजार खुला गर्नुपर्छ ।’बज्राचार्यले नेपाल
सुर्खेत— नेपाली काँग्रेसका निवर्तमान सभापति पुर्णबहादुर खड्कालाई पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरुले सुझाव दिएका छन् ।निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहेका खड्काले शनिबारदेखि गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशको भेला आयनेजना गरेका छन् ।नेपाली काँग्रेस कर्णाली प्रदेश समितिमा देउवा समितिको बाहुल्यता छ । त्यसको फाइदा उठाउँदै खड्काले प्रदेश समितिमार्फत गुटको भेला आयोजना गरेका छन् ।भेला उद्घाटन गर्दै शनिबार खड्काले पार्टी विभाजनको संघारमा पुगेको अभिव्यक्तिले कर्णालीका काँग्रेस नेताहरुलाई चिन्तित र त्रसित बनाएको जिल्ला सभापतिहरुले बताएका छन् ।सुर्खेत पुगेका खड
काठमाडौं— युक्रेनको ड्रोन आक्रमणमा रुसका विभिन्न क्षेत्रमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जनाको मृत्यु मस्को क्षेत्रमै भएको हो भने १ जनाको मृत्यु बेल्गोरोड क्षेत्रमा भएको अधिकारीहरूले जनाएका छन् ।यो आक्रमणलाई पछिल्लो एक वर्षमा रुसमाथि भएको सबैभन्दा ठूलो ड्रोन हमला हो । मस्को क्षेत्रका गभर्नर एन्ड्रेई भोरोब्योभका अनुसार खिम्की क्षेत्रमा एउटा घरमा ड्रोन खस्दा एक महिलाको मृत्यु भएको छ । मितिश्ची जिल्लाको पोगोरेल्की गाउँमा दुई पुरुषको मृत्यु भएको पनि उनले बताए । धेरै आवासीय भवन र पूर्वाधारमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा खोजी कार्य जारी राखेको छ ।मस्कोका मेयर सेर्गेई
काठमाडौं— नेपाल सरकारले आर्थिक वर्ष २०९२/९३ सम्म एलपी ग्यासमा दिँदै आएको अनुदान हटाएर विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको “ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” मा यस्तो योजना अघि सारिएको हो।रणनीतिअनुसार सरकारले खाना पकाउन प्रयोग हुने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै लैजाने र त्यसको विकल्पका रूपमा विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने लक्ष्य राखेको छ। मन्त्रालयका अनुसार स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै विद्युत् खपत बढाउने उद्देश्यले यो योजना ल्याइएको हो।नेपालमा प्रत्येक वर्ष ग्यास आयातमा ठूलो रकम बाहिरिने गरेको
काठमाडौं— नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक संस्थाको गरिमा र सामाजिक न्यायमाथि प्रहार गर्दै अधिनायकवादी दिशातर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन् ।आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन आश्रित स्मृति दिवस तथा ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विमर्श कार्यक्रममा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको बताएका हुन् ।उनले नयाँ सरकार गठन भएको ५० दिन नपुग्दै सरकारले गरेका निर्णय र प्रस्तुत शैलीले आगामी दिनको राजनीतिक दिशा स्पष्ट देखाइसकेको टिप्पणी गरे । ‘दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बादलले देखाइसकेको हुन्छ,’ भन्दै उन
काठमाडौं— खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा. लि. द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको उक्त आइसक्रिमको नमुना परीक्षण गर्दा त्यसमा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र एन्टेरोब्याक्टेरियासी काउन्ट ब्याक्टेरियाको उपस्थिति पाइएको छ । मानव स्वास्थ्यका लागि हानिकारक मान
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.