समाचार

    Showing 1,761-1,770 of 19,011 items.
  • शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न नीतिगत सुधार गर्न सुझाव

    काठमाडौं— सरोकारवालाहरूले दलित समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच बढाउन नीतिगत सुधार र तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।गरिबी, सामाजिक पछौटेपन र चेतनाको अभावका कारण अझैपनि धेरै दलित बालबालिका विद्यालयबाहिर रहेको र युवाहरूले विश्वविद्यालयसम्म पुगेर उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था नरहेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरे।उनीहरूले शिक्षामा दलितको पहुँच वृद्धि गर्न आवश्यक रहेको बताए। त्यसका लागि संविधान र राज्यका नीतिहरूको प्रभावकारी कार्यान्वयन र कतिपय नीतिगत सुधार जरुरी रहेको उनीहरूको भनाइ छ ।नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले काठमाडौँमा गरेको दलित तथा विपन्नलक्षित

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 459 पटक पढिएको
  • प्रभु बैंकमा सीआईबीको छापा, आवश्यक फाइल नियन्त्रणमा

    काठमाण्डौ  ।  प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको हेड अफिसमा छापा मारेर महत्वपूर्ण कागज जफत गरेको छ ।सिआइबीको अनुसन्धानपछि सिइओ अशोश शेरचन फरार रहेका छन् । अहिले सीआईबीले प्रभु बैंकले गरेका गतिविधि संकास्पद भएको भन्दै प्रभु बेंकमा छापा मारेको हो ।सीआईबीको टोली आउने जानकारी पाएपछि अशोक सेरचन हतार हतार भागेको बताइएको छ । प्रभु म्यानेजमेन्ट तथा मनि ट्रान्सफरसँग सम्बवन्धित रहेका डकुमेन्टहरुमा सिइओ अशोक सेरचनले गैरकानुनी तरीकाबाट रकम पठाएको तथा विना धितो कर्जा प्रवाह गरेको आशंकामा सीआईवीले छापा मारेको हो ।प्रभु बैंकबाट बैंकिङ कसुरका गतिविधि भएको भन्दै परेको उजुरीका

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 155 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

    झापा  ।  झापाको भद्रपुर नगरपालिका- ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका- ७ का २६ बर्षीय बिशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका- १० का २२ बर्षीय रोहित कटुवाललाई  १ ग्राम १११ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 205 पटक पढिएको
  • प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ

    विराटनगर  ।  मोरङ, धनकुटा र उदयपुरबाट प्रतिबन्धित औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते मोरङको बेलबारी नगरपालिका- १ का ३२ बर्षीय बिज्ञान राईले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले राईलाई ट्रामाडोल ४७० चक्की, डिक्लो ४७० ट्याब्लेट र १८० ग्राम गाँजा सहित घरैबाट पक्राउ गरिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका- ६ का तिलक भुजेल र मौसम राईलाई ट्रामाडोल ११० क्याप्सुल, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित सोहि स्थानबाट नियन्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 204 पटक पढिएको
  • प्रहरिले सुनसरीबाट २५७.४५ केजी गाँजा सहित स्कार्फियो पक्राउ

    सुनसरि  ।  सुनसरी बर्जु गाउँपालिका वडा नम्बर ५, गोचाकामत टोलमा विशेष सूचना आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी र सितागंजको संयुक्त टोलीले बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो स्कार्पियो गाडीलाई पछ्याउँदा चालक फरार भएको थियो । गाडीको जाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा २५७.४५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा सहित स्कार्पियो नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ भने फरार चालकको खोजी कार्य जारी छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 294 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । कांग्रेसका पूर्वसांसद् आलमको गएराति साढे २ बजे निधन भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 396 पटक पढिएको
  • कागेश्वरी मनोहरा नगरपालिकामा इनोभेशन सेन्टरको सुरुवात

    काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिकाले जेनेस सलुशनसंगको सहकार्यमा नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) को सुरुवात गरेको छ । जेनेस सलुशन, बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ सम्बन्धी कम्पनी हो ।नगरपालिकाले सुरुवात गरेको सम्भवतः यो नेपालकै पहिलो इनोभेशन सेन्टर भएको दाबी गरिएको छ । जेनेस सलुशनसंगको सहकार्यमा शुक्रबार  स्थानीय युवाहरूका लागि सूचना प्रविधि सम्बन्धी रोजगार कार्यशालाको दोस्रो चरण (सेकेन्ड ब्याच)  आयोजना गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई कार्यशालामा सक्रिय सहभागिता जनाउँद

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 422 पटक पढिएको
  • मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी

    मकवानपुर— मकवानपुर जिल्लाका विभिन्न बिकट क्षेत्रमा अबैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेटौंडाबाट खटिएको संयुक्त १०२ जनाको टोलीले चार दिनसम्म सञ्चालन गरिएको विशेष अभियानमार्फत ठूलो परिमाणमा गाँजा खेती नष्ट गरेको हो ।प्रहरीका अनुसार राक्सीराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका विभिन्न वडामा फडानी कार्य गरिएको हो।उक्त अभियानका क्रममा करिब ३० बिगाहा १० कठ्ठा जमिनमा लगाइएका गाँजाका बोट तथा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 394 पटक पढिएको
  • ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन

    काठमाडौं— ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आफ्नो बायाँ हातमा खोपिएको ‘ट्राफिक नियम पालना गरौ’ भन्ने ट्याटू पुर्न लेखन गरेका छन् । जेनजी आन्दोलनपछि दिन प्रतिदिन सवारी दुर्घटना बढ्न थालेकोले भन्दै उनले ट्राफिक नियम पालना ट्राफिक प्रहरीको लागि नभइ आफ्नो लागि भएको महसुस गराउन ट्याटू पुर्न लेखन गरेको बताए । जेनजी आन्दोलनकाक्रममा ट्राफिक प्रहरी कार्यालयमा आगलागी गरेपछि ट्राफिक नियम पालना नगरे पनि हुन्छ भन्ने गलत सोचका कारण दिन प्रतिदिन सवारी दुर्घटना पर्न थालेको उनले भनाई छ ।  २९ वर्ष ट्राफिक प्रहरीमा रहेर सेवा गरेका हाछेथु हाल ललितपुर महानगरपालिकाको नगर

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 415 पटक पढिएको
  • चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

    काठमाडौं— चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन् ।गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 413 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा