समाचार

    Showing 1,751-1,760 of 26,789 items.
  • काँडाघारीबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन

    काठमाडौं / काठमाडौंको काडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन भएका छन् । डोटी जिल्लाको सलेना गाउँपालिका वडा नम्बर ६ घर भएका करिब ५० देखि ५५ वर्षका रामवाहादुर बलायर सम्पर्कविहीन भएका हुन् ।उनी यही असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए । उनी घर नफर्के पछि आफ्न्तहरुले खोजी कार्यसुरु गरेका थिए । तर उनको हालसम्म कुनै पनि खबर नआए पछि नजिकैको प्रहरी चैकीमा पनि खबर गरे । खोजी कार्य भए पनि उनको कुनै खबर पाएको छैन् ।उनले कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाएका थिए ।उनीलाई कसैले देखेमा वा भेटिएमा न

    • प्रकाशित मितिः असार २८, २०८३
    • 168 पटक पढिएको
  • खोसिएको जागिर र बेरोजगारीको पीडा पछि विवेकले रोजे आत्मदाहको बाटो

    सर्लाही / विज्ञान विषयमा स्नातकोत्तर एमएस्सी गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डलको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए । घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याएर प्राथमिक उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।परिवारका अनुसार विवेकल

    • प्रकाशित मितिः असार २८, २०८३
    • 136 पटक पढिएको
  • उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

    काठमाडौं— नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै गर्दा देशको वास्तविक अर्थतन्त्रलाई बलियो बनाउन आफ्नो लगानी केन्द्रित गरेको छ ।‘बैंकिङ्ग एण्ड बियोन्ड’ को मूल नाराका साथ अघि बढेको बैंकले परम्परागत बैंकिङ्गभन्दा माथि उठेर मुलुकको दिगो विकासमा टेवा पुग्ने क्षेत्रहरूमा आक्रामक रूपमा कर्जा विस्तार गरिरहेको छ ।आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार, बैंकले प्रवाह गरेको कुल ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जामध्ये ठूलो हिस्सा कृषि, ऊर्जा, र साना तथा मझौला उद्यममा रहेको छ ।बैंकले मुलुकको खाद्यान्न आत्मनिर्भरता र ग्राम

    • प्रकाशित मितिः असार २८, २०८३
    • 429 पटक पढिएको
  • स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रित होस्ः प्रदीप पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन मात्र गरेर नागरिकले सहज स्वास्थ्य सेवा वा सुलभ मूल्यमा औषधि पाउने अवस्था नबन्ने बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना, स्पष्ट नीति र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको संयोजनबाट मात्र सम्भव हुने बताए ।‘अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था रहँदैन, उनले भने, ‘स्वास्थ्य क्षेत्रको रूपान्

    • प्रकाशित मितिः असार २८, २०८३
    • 427 पटक पढिएको
  • एमाले नेता निरज आचार्य भन्छन लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन

    काठमाडौं— नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्न नहुने बताएका छन् ।वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् । आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकलाई उनले वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताए ।आचार्यले निकै ठूलो त्रास र डुबानको चोट खेपेर होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन, सुकुम्बासी र विपन्न नागरि

    • प्रकाशित मितिः असार २८, २०८३
    • 401 पटक पढिएको
  • सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेज आसपास उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं— लगातार वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि सम्बन्धित निकायले सप्तकोशी ब्यारेज आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।हाल ब्यारेजमा नदीको बहाव प्रतिक्युसेक १ लाख २६ हजार पुगेको छ, जुन सामान्य अवस्थाभन्दा माथि रहेको जनाइएको छ। चार घण्टाअघि यो बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेको थियो। छोटो समयमै बहावमा निरन्तर वृद्धि देखिएको छ।मौसम पूर्वानुमानअनुसार आज दिनभर वर्षा जारी रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

    • प्रकाशित मितिः असार २८, २०८३
    • 390 पटक पढिएको
  • स्विट्जरल्यान्डको शानदार पुनरागमन, अर्जेन्टिनाविरुद्ध खेल १–१ को बराबरीमा

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएको छ ।अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाएका हुन् । अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै एनडोयेले सहज फिनिसिङ गरेका थिए ।यसअघि खेलको १०औं मिनेटमै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थि

    • प्रकाशित मितिः असार २८, २०८३
    • 437 पटक पढिएको
  • म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाको सुरुआती अग्रता

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनाका लागि सुरुआती अग्रता दिलाएका छन् ।अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १—० को अग्रता दिलाए ।स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले सुरुआती गोल गर्दै सेमिफाइनलको यात्रातर्फ बलियो संकेत बनाइ रहेको छ ।

    • प्रकाशित मितिः असार २८, २०८३
    • 473 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ परेका छन् ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका—२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका—८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौं टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौं बुढानिलकण्ठ नगरपालिका—१० बस्ने खोटाङ घर भएका

    • प्रकाशित मितिः असार २८, २०८३
    • 467 पटक पढिएको
  • चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

    चितवन— कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् । २०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।यसै क्रममा मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मंगले बोटेसँग पनि भेट गरी

    • प्रकाशित मितिः असार २८, २०८३
    • 474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.