काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईमाथि छानबिन सुरु गरेको छ ।राई सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा थिए । पछिल्लो समय राई र रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ ।लामिछाने र विभिन्न सहकारीबाट बचतकर्ताको बचत अपचलन गरेका टेलिभिजनका सञ्चालक राईमाथि विभागले अनुसन्धान सुरु गरेको हो ।विभागले लामिछाने र राईको सम्पत्ति छानबिन गर्नका लागि सञ्चालकन रहेका २० वटा वाणिज्य बैंकलाई पत्राचार गरेको छ ।
काठमाडौं । क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिनुभयो ।त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरु रहेको उल्लेख गरेका छन् । घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सो
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल आज पाँचथर सदरमुकाम फिदिम जाँदैछन । पाँचथर बहुमुखी क्याम्पसमा हुने श्रीमद् भागवत ज्ञान महायज्ञ तथा पाँचथर आध्यात्मिक महोत्सव उद्घाटनका लागि पौडेल पाँचथर जान लागेका हुन् । उनी एक बजे पाँचथर पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले महायज्ञ उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । राष्ट्रपति आउने कार्यक्रम भएकाले सुरक्षा व्यवस्थ कडा बनाइएको छ । नेपाली सेनाको टोली केही दिनअघि नै फिदिम पुगेको छ । राष्ट्रपति पौडेल महायज्ञमा सहभागी भएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
काठमाण्डौ । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ। आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो। मृतक सबैको पहिचान खुलेको छ। मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन।तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ दुर्घटना भएको थियो। आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाएर अनियमितता गरेको मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने भएको छ ।मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको तयारी भएको हो । सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिने १७५ जनाविरुद्धको मुद्दामा एक महिनादेखि चलेको बहस मंगलबार सकिएको थियो ।ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो।पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहर
काठमाडौँ । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ । भ्यालेन्टाइन-डेका रूपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन-डे मनाउने गरिएको हो ।
काठमाण्डौ । मकवानपुरमा न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच झडप भएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा भएको झडपमा २१ जना घाइते भएका छन् ।मिटरब्याजको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू गत १६ गतेबाट पूर्वको काँकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्चमा निस्किएका हुन् । यसै क्रममा काँकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।मिटरब्याज तथा ठगीविरुद्ध किसान सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको हो । त्यसक्रममा झडप भएको उनले बताए । घटन
झापा । साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ट्याङकरसहित पक्राउ पर्नेमा तीन भारतीय र एक जना नेपाली नागरिक रहेका छन् ।आज बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको दैनिक पिकेट डिउटीले गाँजा बोकेको को १ ७३२२ नम्बरको डिजेल-पेट्रोल बोक्ने ट्याङकर गाडीसहित चार जनालाई पक्राउ गरेको हो ।मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङकरमा लागु औषध बोकेको शंका लागी चेकजाँच गर्दा ट्याङकरको तेल राख्ने पाँच वडा डिब्बा (केल) मध्ये बिचको (केल) भित्र ५ सय ९४ केजी गाँजा भेटिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकु
काठामाण्डौ । सरकारले आगामी वर्षभरि (१ वैशाख ०८१ देखि चैत मसान्तसम्म) का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ।गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ।सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् । २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दि
काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा/काज भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले मङ्गलबार फागुनदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा/काज गरेको हो।हेर्नुहोस् एसपी सरुवा/काजको सूची:
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.