समाचार

    Showing 1,641-1,650 of 17,392 items.
  • हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन

    हेटौंडा ।  भदौ २३ र २४ गते नेपालभरि भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार हेटौंडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।मेन्स रुम रिलोडेड (एमआरआर)को पहलमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरे।हेटौंडा–१० स्थित बुद्धचोकमा आयोजित कार्यक्रममा उपस्थित युवाहरूले कालो व्यानर बोकेर मृतकहरूको तस्बिरसहित दिप प्रज्वलन गरे। उनीहरूले हिंसा र द्वन्द्वको अन्त्य गर्दै सहमति र संवादमार्फत समस्या समाधानको आवश्यकता औँल्याए।कार्यक्रममा बोल्ने वक्ताहर

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 142 पटक पढिएको
  • चुरे तथा वनजंगल संरक्षणका निम्ति ‘जेडयुथ फर नेचर गठन’

    जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानले जेडयुथ फर नेचर गठन गरेको छ ।अभियानका संयोजक सुनिल कुमार यादवले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत जेडयुथ फर नेचर नामक नयाँ संगठन गठन गरेको जानकारी दिए । उनले यस संगठनमा सम्पूर्ण व्यक्ति सदस्य रहने व्यवस्था गरिएको बताए । संयोजक यादवले यस संगठन अन्तर्गत विभिन्न कार्यक्रमका लागि संयोजक मात्र तोकिने प्रावधान राखिएको जानकारी दिए ।संगठनले प्रदेशमा अन्तरिम सरकार गठन गरी सानो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैर–दलीय आधारमा हुनुपर्नेलगायतका राजनीतिक मागहरु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 130 पटक पढिएको
  • प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी

    जनकपुर । जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेश सभा भवनमा प्लास्टिकको कुर्सी राखेर सभा सुचारु हुने भएको छ ।शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।बैठकमा सभामुख मण्डलले संघीयताको पक्षमा मधेस एकजुट रहेको सन्देश दिन सबै दलहरूबीच सहमति बनेको बताए । प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरू संघीयताको संरक्षण र सुदृढीकरणका लागि एकसाथ उभिने प्रतिबद्ध जनाएको उनले बताए ।जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा सभा सञ्चालन हुने मुख्य

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 158 पटक पढिएको
  • प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाल नियुक्त हुँदै

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त हुने भएका छन् ।जेन जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्न लागेकी प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । ‘प्रधामनन्त्रीले खनाललाई आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गर्ने सम्भवना छ’, स्रोतले भन्यो, ‘तर अहिले अन्तिम टुंगो लागेको छैन ।’तीन जना मन्त्री नियुक्त गरेर सरकार चलाइरहेकी प्रधानमन्त्री कार्की अहिले टिम बनाउने काममा सक्रिय छिन् । उनले मन्त्रिपरिषद सदस्यमा कसलाई नियुक्त गर्ने विषयमा छलफल गरिरहेकी छिन् ।२५ वर्षदेखि पत्रकारितामा संलग्न खनाल उकालो अभियान

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 452 पटक पढिएको
  • जङ्गली हात्ती मृत फेला पर्यो

     झापा— जिल्लाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए। घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए। “हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उनले भने, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।”के कारणले हात्ती मरेको भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 357 पटक पढिएको
  • दशैं बजारको चहलपहल : भीड बढ्यो व्यापार बढेन्

    काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् ।हिन्दुहरुको महान पर्व दशैँ नजिकिदैँ गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौं उपत्यका भित्रका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दशैँको किनमेल गर्नको लागि मानिसको भीड बढ्न थालेको छ ।यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा न्यूरोडकी कपडा व्यापारी सोनु गुप्ताले बजारमा भीड बढेपनि सोचेजस्तो व्यापार हुन नसकेको बताइन् । साथै, व्यापार पहिला जस्तो नभएको र हरेक वर्ष घट्

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 166 पटक पढिएको
  • श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ

    काठमाडौं । वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा। मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको छ ।कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पुरयाउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 167 पटक पढिएको
  • जेन-जी आन्दोलनपछि हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता, परिवार चिन्तित

    हुम्ला—  जेन-जी आन्दोलनमा सहभागिता जनाएपछि हुम्लाका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्। उनी काठमाडौंको तीनचुलीमा बसोबास गर्दै आएका २४ वर्षीय तामाङ भदौ २४ गतेको प्रदर्शनमा सहभागी भइसकेपछि सम्पर्कविहीन भएका हुन्।स्थायी घर हुम्ला जिल्ला, नाम्खा गाउँपालिका–३, खगालगाउँका तामाङ तीनचुलीमा भतिजासँग डेरामा बस्दै आएका थिए। उनी भदौ २३ गते पनि आन्दोलनमा सहभागी भएका उनका बुबा टसी छिरिङले जानकारी दिए । भदौ २४ गते पुनः जेन-जी आन्दोलनमा सहभागी हुन निस्केका तामाङ त्यसपछि कोठा नफर्किएको परिवारको भनाइ छ।बुबा टसी छिरिङले भने, “छोरा बिहान काम सकेर दिउँसो दुई बजे घर आयो। त्यसपछि आन्दोलनमा जान्छु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 310 पटक पढिएको
  • अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्णः राष्ट्रपति सी

    काठमाडौं— चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देश मात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन् । उनले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका हुन् ।शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ताका क्रममा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा खुला र गहिरो छलफल भएको जानकारी दिए । उनले विश्वयुद्धताका चीन र अमेरिका सहयात्री रहेको स्मरण गर्दै इतिहासलाई सम्झन, शान्तिलाई कदर गर्न र भविष्यतर्फ अघि बढ्न दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।वार्तामा राष्ट्रपति सी

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 361 पटक पढिएको
  • नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह

    काठमाडौं—  नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ । दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ । सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् ।” साथै, यात्रुहरूले सतर्कता अपनाउन र दूतावास वा स्थानीय प्राधिकरणले जारी गर्ने सल्लाहअनुसार चल्नुपर्ने उल्लेख गरिएको छ ।दूतावासले नेपाली भूमिमा रहेका भारतीय न

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 379 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा