काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले साझा यातायातसँग सहकार्यमा २०८३ वैशाख १ देखि साँझ ८ बजे–राति ११ बजे रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। सेवा सुरक्षा र सहजताका लागि सीसीटिभी क्यामरा र नगर प्रहरीसहित दुई रुटमा ४ विद्युतीय बस सञ्चालन हुनेछन्।साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बसहरू हरेक २० मिनेटको अन्तरमा आउनेछन् भने बसमा सीसीटिभी क्यामेराका साथै सुरक्षाका लागि नगर प्रहरी समेत रहनेछन् । रुट-१ः ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र । 
काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार हिजो चाँदी प्रतितोला४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो ।
काठमाडौं— अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, तथा राजश्व प्रशासनका सचिवहरू सहभागी हुनेछन्। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू तथा राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरूको पनि उपस्थिति रहने छ।बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने विषयमा छलफल हुने जनाइएक
काठमाडौं— पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) प्रतिस्पर्धामा छन् ।लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी छ ।पाण्डे प्यानलबाट वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव धिरेन्द्र दाहाल र कोषाध्यक्ष उज्ज्वल गौतम छन् । स्वतन्त्र रूपमा प्रमोद लामिछाने उपमहासचिव पदमा उत्रेका छन् ।महाधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय
काठमाडौं— ललितपुर महानगरपालिकाले बिहीबारदेखि ‘वातावरण प्रहरी एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमबीच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन्।वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको महानगरले जनाएको छ। एम्बुलेन्समार्फत वातावरणसम्बन्धी आकस्मिक समस्या समाधान, फोहोर व्यवस्थापनमा सहजीकरण तथा अनुगमन कार्यलाई तीव्रता दिइने विश्वास गरिएको छ।महानगरका अनुसार, यस सेवाले वातावरण प्रहरीको कामलाई थप व्यवस्थित र छरितो बनाउँदै नागरिकलाई छिटो सेवा पुर्याउन सहयोग गर्नेछ।
सुर्खेत— सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने भएका छन्। वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा मृत अवस्थामा फेला परेकी थिइन्।घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। सुरुवातमा घटना शंकास्पद देखिए पनि पछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।यस प्रकरणमा जिल्ला अदालत सुर्खेतले चार जना अभियुक्तलाई बाल सुधार गृह पठाउने आदेश दिएपछि मात्रै परिवार शव बुझ्न सहमत भएको हो। आजै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
काठमाडौं— इन्डोनेसियाको पूर्वी क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार मोलुक्का सागर क्षेत्रमा आएको उक्त भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ।स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्पको केन्द्र इन्डोनेसियाको उत्तर मालुकु प्रान्तस्थित तेरनाते शहरबाट करिब १२० देखि १२७ किलोमिटर दूरीमा रहेको जनाइएको छ। तेरनाते सानो भए पनि घना बस्ती भएको द्वीप क्षेत्र हो त्यहाँ दुई लाखभन्दा बढी जनसंख्या रहेको बताइएको छ।भूकम्पपछि हवाईस्थित सुनामी चेतावनी प्रणालीले केन्द्रबिन्दुबाट करिब एक हजार किलोमिटरको दायराभित्र रहेका तटीय क्षेत्रमा खतरनाक समुद
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ ।हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ । विशेषगरी शक्ति, भक्ति, साहस
रामेछाप— रामेछापको मन्थली नगरपालिका–१३ फुलासीमा बुधबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । वागती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजना तथा वडा कार्यालयको समन्वयमा आयुर्वेदिक तथा तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा आँखा जाँच शिविर भएको हो ।आयुर्वेदिक स्वास्थ्य शिविरमा करिब २ सय जनाले स्वास्थ्य सेवा लिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीले जानकारी दिए । उनका अनुसार शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।चिकि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.