दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ ।छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन् ।मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन् । छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन् । जोशी परि
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।ग्राहक पहिचान तथा सम्पुष्टिस
सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिकास्थित मालती पुल नजिक राखिएको सिलिन्डर बम नेपाली सेनाद्वारा डिस्पोज (निष्क्रिय) गरिएको छ । पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बम राखिएको सूचना पाएपछि नेपाली सेनाले आज बिहानदेखि बमको खोजी गरी साँझ डिस्पोज गरेको हो । पुल नजिकै माटोमुनि बम रहेको जानकारी प्राप्त भएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए । उनले खोजतलास गर्दा पुल नजिक सुरूङ खनेर राखिएको अवस्थामा सिलिन्डर बम फेलापरेको उल्लेख गरे ।प्रहरीका अनुसार चारवटामध्ये दुईवटा
ढोरपाटन (बागलुङ) । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । ब
गलकोट (बागलुङ) । जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ । पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् । केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो ।पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहनुभएका मनोच
काठमाडौं । उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘उर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उनले नीतिगत सुधार, अर्थतन्त्रलाई चलाएमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए । उनले भने, ‘यो बलियो सरकारले मुलुकमा प्रगतीशिल कामहरु गर्न सक्नुपर्छ । राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि पनि दिनुपर्छ भन्ने उद्देश्यका साथ ठूला ठूला कार्ययोजनाहरु हामीले प्रस्तुत गर्दैछौ । अरु मन्त्रालयहरुले पनि न
कैलाली । पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् ।दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि पूर्वी नेपालको बिर्तामोड र भारतबाट माटोका विभिन्न तयारी भाँडा ल्याएर बिक्री गरिरहेको भाँडा व्यवसायी गणेश शाहले बताए । ‘पहिले धनगढीमा माटोका भाँडा बनाउने कालिगड जहातही हुन्थ्ये, माटो पनि आवश्यकताअनुसार सहजै उपलब्ध हुन्थ्यो । स्थानीयस्तरमा बनाइएको भाँड
गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले उहाँलाई रू ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई रू ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उनले बताए ।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ ।आज तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको, एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात स्थिर रहेका छन् ।
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ । जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले आज साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुनसक्ने जानकारी दिए ।जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो । उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए ।आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गरेको जिल्ला अदाल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.