समाचार

    Showing 1,551-1,560 of 26,788 items.
  • गोठ भत्किँदा मृत्यु

    वालिङ। स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ ।  भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिनुभयो । गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ  । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताउनुभयो ।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 184 पटक पढिएको
  • पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

    गलकोट। पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो । सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।  सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् । 

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 209 पटक पढिएको
  • रसुवामा सिँचाइ कुलो मर्मत

    रसुवा। कृषि उत्पादन वृद्धि गर्दै जिल्लालाई अर्गानिक कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ डिभिजन सिँचाइ कार्यालयले चालु आर्थिक वर्षमा १६ सिँचाइ कुलोको मर्मत तथा स्तरोन्नति गरेको छ । यसबाट छ हजार ७०० भन्दा बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।         डिभिजन सिँचाइ कार्यालयका प्रमुख सुवास बानियाँका अनुसार कार्यालयले एक बहुवर्षीय र २० वटा क्रमागत गरी २१ सिँचाइ आयोजना निर्माण तथा स्तरोन्नतिको काम पनि अघि बढाइरहेको छ । किसानको आवश्यकता र स्थानीय मागलाई प्राथमिकतामा राखेर सिँचाइ पूर्वाधार विस्तारलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।कार्यालयका अनुसार जिल्ल

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 223 पटक पढिएको
  • वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार ८०० हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिनुभयो ।उहाँका अनुसार लगातार वर्षा हुन थालेपछि तराई क्षेत्रका अधिकांश स्थानमा रोपाइँ तीव्र बनेको छ भने पहाडी भूभागका केही क्षेत्रमा अझै रोपाइँ जारी छ । गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ भने विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाका केही

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 231 पटक पढिएको
  • ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    चितवन। चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो । रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङमार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताउनुभयो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्र

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 233 पटक पढिएको
  • मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङ। मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब रु चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा सामान फेला परेको हो ।भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्या

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 212 पटक पढिएको
  • डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    भक्तपुर। केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ । मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको बढी भीड हुने गरेको छ । मेलाको अवधिमा भारतीय पर्यटक मात्रै ६० हजारभन्दा बढी आउने र यस वर्ष भेटी सङ्कलन रु एक करोडभन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । रु दुई करोड ५० लाख लागतमा निर्माण भइरहेको ५० जना क्षमत

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 202 पटक पढिएको
  • सिसी क्यामेराको निगरानीमा भरतपुर

    चितवन। भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ ।महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा जडान गरिएको छ ।एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो ।महानगरले पहिलोपटक आह्वान गरेको बोलपत्र प्राविधिक मूल्याङ्कनमा असफल भएपछि प

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 221 पटक पढिएको
  • रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    लमजुङ। लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् ।  पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ । चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती शून्य  लाग्छन् ।  केही वर्षअघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन् । गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् ।यसको असर घर र जमिनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सीपमा परेको छ । दोर्दी गाउँपालिका–३ श्र

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 231 पटक पढिएको
  • सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    इनरुवा। बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् ।पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।सुक्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 219 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.