समाचार

    Showing 15,561-15,570 of 25,858 items.
  • पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

    भरतपुर (चितवन) । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए । यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 381 पटक पढिएको
  • महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा,यस्तो छ खेल तालिका

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ ।आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो । काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन् ।तीन देशले एक अर्कासहित ३–३ खेल खेल्ने छन् र शिर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन् । सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ ।क्यानका अनुसार टियु अन्तर्राष्टिय क्रिकेट मैदानमा हुने सिरिज अपराहन्न सवा १२ बजेदेखि शुरु हुने छ ।

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 332 पटक पढिएको
  • रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित हुन लागेका हुन् ।यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 161 पटक पढिएको
  • आज कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गरिने

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलन मार्फत मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले पद बहालि गरेका दिन मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने  प्रतिवद्धता व्यक्त गरेका थिए ।उनले भने , ‘गरिव, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान  वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शि बनाउनु जरुरी छ । यसैका लाग

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 333 पटक पढिएको
  • टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला

    टीकापुर (कैलाली) ।  टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको  छ । टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क रु २० राख्ने निर्णय  भएको जानकारी दिए ।उनले भने, ‘उद्यान घुम्न आउने अधिकांशले तत्कालीन राजा वीरेन्द्र बसेको घर कस्तो छ भनी हेर्न इच्छुक  व्यक्त गर्ने भएकाले बाटिका सर्वसाधारणको अवलोकनका लागि आगामी माघ महिनादेखि खुला गर्न लागेका हौँ ।’ विसं २०४३ मा बनेको वीरेन्द्र विश्राम बाटिकामा

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 321 पटक पढिएको
  • तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । आइतबार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची  छ ।त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 239 पटक पढिएको
  • भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

    सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय  किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन् ।यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि सङ्र्घषसँग साक्षत्कार गर्नुपर्यो । सानै उमेरमा आम

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 272 पटक पढिएको
  • विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

    काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ ।हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताउँछन् । नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताए ।कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिन

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 291 पटक पढिएको
  • सम्यक दान पर्वमा दुई हजार भिक्षुलाई महादान गरिने

    भक्तपुर । तीन सय ५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको महादान ‘सम्यक दान पर्व’ मा यस वर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ ।शनिबार सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा गरिने बौद्ध परम्पराअनुसारको सम्यक महादान पर्वमा भिक्षुलाई महादन गर्ने तयारी रहेको जानकारी दिए । पाँच दीपकङ्र बुद्धका मूर्तिहरूलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरूलाई प्रसाद, चामललगायत विभ

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 419 पटक पढिएको
  • इटालियन नागरिकको हेलिकप्टरमार्फत उद्धार

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित युनाइटेड मेवाहाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए । उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । फेटोजाको बायाँ हात भाँचिएको छ भने पेटमा समेत चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 304 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.