काठमाडौं / नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समिति जेएससीको १३औँ बैठकबाट भएका निर्णयलाई स्वागत गर्दै सीमापार विद्युत् प्रसारण क्षमता विस्तारले दुई देशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने जनाएको छ ।संघले बिहीबार जारी गरेको विज्ञप्तिमा ढल्केबार–मुजफ्फरपुर तथा ढल्केबार–सितामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट तथा आयात क्षमता १,००० मेगावाटबाट १,४०० मेगावाट पुर्याउने सहमतिले थप ५५० मेगावाट विद्युत् निर्यातको बाटो खुलेको उल्लेख गरेको छ ।संघका अनुसार इनरुवा–पूर्णिया, दोधोधरा
काठमाडौं— आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक बस्दै छ ।शुक्रबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ। बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । ब
काठमाडौं— प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान तथा प्रहरी संगठनबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन ९युएनसीओपिएस० मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले विश्वभरका प्रहरी संगठनबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, प्रविधिको उपयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणका उपायबारे व्यापक छलफल भएको जानकारी दिएका हुन्।आईजीपी
काठमाडौं— लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै तीन प्रमुख सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।प्रहरीका अनुसार इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध छ। उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझण्डी–ढोरपाटन सडक खण्ड माथिबाट ढुङ्गा खसेपछि पूर्ण रूपमा बन्द रहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित
काठमाडौं— आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ’दिलको मोटर’ सार्वजनिक गरिएको छ ।राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरी को शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्।कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। निर्माण टिमका अनुसार डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतको अडियोसँगै भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।आहा फिल्म्सको ब्यानरमा क्यानी म
काठमाडौं— सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने सङ्क्रान्तिकै दिन सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ।असार महिनाभर खेतबारीमा हिलोमैलोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न वा मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने परम्परा रहिआएको छ । यस अवसरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८६ पैसा र बिक्रीदर १५४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ४० पैसा र बिक्रीदर १७७ रुपियाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ८० पैसा र बिक्रीदर २०८ रुपियाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ५७ पैसा र बिक्रीदर १९१ रुपियाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ६९ पैसा र बिक्रीदर १०८ रुपियाँ ११ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेड
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको
काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बचतकर्ताका लागि निराशाजनक खबर आएको छ। साउन महिनादेखि ६ वटा वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर थप घटाएका छन्, जसका कारण मुद्दती खातामा बचत गर्ने सर्वसाधारणले अब झन् कम प्रतिफल पाउने भएका छन्। २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याज ४.२६ प्रतिशतबाट घटेर ४.१९ प्रतिशतमा झरेको छ।यसपटक राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, एनएमबि, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंकले ब्याजदर घटाएका छन्। सबैभन्दा ठूलो कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ भने ग्लोबल आइएमई पनि उल्लेख्य रूपमा ब्याज घटाउने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा देखिएको विवादले निर्यात व्यापार प्रभावित भएको व्यवसायीहरूले आरोप लगाएका छन्। उनीहरूका अनुसार प्रहरीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर हस्तक्षेप गरेपछि १०० टनभन्दा बढी निर्यातयोग्य सामान भन्सार परिसरमै रोकिएको छ।व्यवसायीहरूको दाबीअनुसार भन्सारबाट जाँचपास भइसकेका सामानसमेत बाहिर लैजान अवरोध सिर्जना भएको छ। यसका कारण कार्गो बुकिङ रद्द हुनुका साथै निर्यातकर्ताले हालसम्म करिब एक लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्नुपरेको उनीहरूको भनाइ छ। उनीहरूले भन्सार परिसरमा पर्याप्त भण्डारण स्थान नभएकाले वर्षाका कारण सामान भिजेर क्षति पुग्न थाल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.