काठमाडौं–सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मेसिन बिग्रिएपछि लाइसेन्सको छपाइ कार्य ठप्प भएको छ। यातायात व्यवस्था विभागले जर्मनीबाट ल्याएको नयाँ मेसिनले कार्ड चिन्न नसक्ने समस्या देखिएपछि असारदेखि नै छपाइ कार्य प्रभावित भएको हो।विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार मेसिनको ‘पर्सनलाइजेसन’ प्रणालीमा समस्या आएको कारण छपाइ रोकिएको हो। यस्तो समस्या यसअघि जेठ महिनामा पनि देखिएको थियो।दैनिक ४ हजारको हाराहारीमा लाइसेन्स माग भएपनि विभागले अहिले दैनिक ३ सयदेखि ५ सय वटा मात्रै लाइसेन्स छाप्न सकेको छ। नयाँ मेसिन बिग्रिएपछि पुराना मौजुदा कार्डबाट अत्यावश्यक लाइसेन्स छपाइ भइरहेको छ।विभागले मेसिन मर्
काठमाडौं–रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ६५ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापित परिवारलाई कण्ठेश्वर मावि र गाउँपालिकाको खाली कोठामा आश्रय दिइएको छ । घटनामा परी सोही स्थानकी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ‚ सोही वडाका ५७ वर्षीया उर्मिला पहरी‚ ३० वर्षीय सन्दिप पहरी‚ ११ वर्षीय सन्तोष पहरी‚ १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो ।पहिरामा परी मृत्यु भएकाको परिवारलाई घटनास्थलको स्थलगत निरीक्षणमा गएका ऊर्जा‚ सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर ता
काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–मुग्लिन सडकखण्ड आज बिहान ६:३० बजेदेखि चार घण्टाका लागि अवरुद्ध भएको छ । शुक्रबार दुर्घटना भएको भारतीय बस दुर्घटनामा परेको बस निकाल्नका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । पोखराबाट काठमाडौतर्फ आउँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्.यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा सुदूरपश्चिम प्रदेशको एक\दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा आंशि
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योगीहरूबाट ६ अर्ब मात्र नभई‚ २२ अर्ब महसुल उठाउने स्पष्ट पारेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमाफर्त केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट महसुल उठाउन सरकारले चासो नदिएको भन्ने कुरा बारम्बार उठिरहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले सरकारको ध्यान ९ वर्षसम्म २१ अर्ब ८८ करोड रुपैयाँ महसुल किन उठाइएन र किन १६ अर्ब छुट दिइयो भन्ने प्रश्नमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले उद्योगहरू बन्द नगरी‚ रोजगारी र उत्पादनमा असर नगरी‚ उद्योगहरूबाट बक्
काठमाडौं–पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रामेछापको दोरम्बामा गएको भीषण पहिरोमा परेकाहरूको उद्धार र उपचारमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज एक सन्देश जारी गर्दै अध्यक्ष दाहालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३, टोकरपुरको लेकखर्कमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको, ४ जना बेपत्ता भएको र एक जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । उहाँले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै, दाहालले उद्धार कार्यमा जुटेका पार्टी
काठमाडौं–भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा दर्जनौँ घाइते भएका छन् । शनिबार राति भएको दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जनाभन्दा बढी घाइते भएका छन् ।भारतीय सुरक्षाकर्मीका अनुसार ना७ख ६४४६ नम्बरको बसलाई पछाडिबाट अर्को सवारी साधनले ठक्कर दिँदा दुर्घटना भएको हो । बसमा सवार ४७ जनामध्ये अधिकांश घाइते छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि समस्तीपुरस्थित अस्पताल लगिएको छ ।दुर्घटनाग्रस्त बस बारागढी–१ का राजाराम साहको रहेको र तीर्थयात्रीहरू बिहारको देवघर धामको दर्शन गर्न गएका थिए । उनीहरूले गाउँमा सामूहिक पूजाआजा गर
काठमाडौं- नेपाली तीर्थयात्री सवार बस भारत बिहारको समस्तीपुरमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको नेपाली तीर्थयात्री सवार बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करले बस अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ । घाइतेको मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा उपचार भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।यसअघि भारतको गो
काठमाडौं–रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखखर्कमा गएको पहिरोमा परी ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । शनिवार राति आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । बाँकी ४ जनाको खोजी कार्य जारी रहेको छ । मृतकहरूमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका छोरा आमुष श्रेष्ठ, ५७ वर्षकी उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी, र १४ वर्षका विज्ञान पहरी छन्। काले पहरीको घरमा पुरिएका ३ जना र ९० वर्षकी एक वृद्धा महिलाको खोजी भइरहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले गम्भीर अवस्था भइ रहेका व्यक्त
काठमाडौं–महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको आज बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर–बर्दिबास सडक खण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । वडाध्यक्ष यादव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.