समाचार

    Showing 14,471-14,480 of 25,809 items.
  • स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने

    गलेश्वर (म्याग्दी) । यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् ।रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो ।मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा

    • प्रकाशित मितिः चैत २, २०८१
    • 702 पटक पढिएको
  • महोत्तरीका सात स्थानीयतहमा आज होली

    महोत्तरी । यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने तयारी छ ।मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली पर्व मनाउने गर्छन् । यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेल्ने स्थान पनि छन् । ती हुन् जिल्लाका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात  स्थानीयतहका गाउँ तथा नगरक्षेत्र

    • प्रकाशित मितिः चैत २, २०८१
    • 518 पटक पढिएको
  • आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो ।प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि आज बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ । त्य

    • प्रकाशित मितिः चैत २, २०८१
    • 353 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रूपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १८० रूपैयाँ ५३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रूपैयाँ ७० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रूपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६७ प

    • प्रकाशित मितिः चैत २, २०८१
    • 371 पटक पढिएको
  • चार वर्षमा झापाबाट वैदेशिक रोजगारीमा गएका १६६ जनाको मृत्यु

    झापा । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरुको आश्रित परिवारको हितका लागि सामीले पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको छ ।सामीका जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ४२ जना, गत आव २०८०÷०८१ मा ८० जना र आव २०७९÷८० मा ४४ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । चार वर्षमा अङगभङ्ग भएका ५४ जनामध्ये चालू आवको प

    • प्रकाशित मितिः चैत २, २०८१
    • 458 पटक पढिएको
  • आधारशिविर पुग्यो ‘आइसफल डाक्टर’को टोली

    सोलुखुम्बु । सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउन खटाइएको ‘आइसफल डाक्टर’को टोली आधारशिविर पुगेका छन् । उनीहरुले आजदेखि आधारशिविर ‘क्याम्प सेट’ सुरु गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।आगामी सातादेखि टोलीले बाटो बनाउन सुरु गर्ने एसपिसिसीले जनाएको छ । उक्त टोलीले दोस्रो शिविरसम्म डोरी टाँग्ने, भ¥याङ राख्नेलगायतका काम गर्नेछन् । यस पटक छिरिङ तेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’का टोली खटिएका छन् । आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाको नेतृत्वमा दुई छुट्टा–छुट्टै टोली गठन गरिएको छ । टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, दावाछिरी शेर्पा, दा

    • प्रकाशित मितिः चैत २, २०८१
    • 387 पटक पढिएको
  • क्याम्पसका स्ववियु सभापतिसहित ६ विद्यार्थी प्रहरी नियन्त्रणमा

    काठमाडौं— मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने २७ वर्षीय स्ववियु सचिव सनिम ठकुरी छन् । यसैगरी, विराटनगर–१२ बस्ने २७ वर्षीय स्ववियु सदस्य रोशनकुमार पासवान, विराटनगर–१२ कै २८ वर्षीय स्ववियु सदस्य प्रज

    • प्रकाशित मितिः चैत १, २०८१
    • 335 पटक पढिएको
  • मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि दिइने

     काठमाडौं— यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो। रङको र खुशीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ। कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ। उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए। 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 377 पटक पढिएको
  • परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. पाण्डे नियुक्त

    काठमाडौं— परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमै १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी गरेकी छन् । उनी भरतपुर अस्पतालकी रजिस्ट्रार रहिसकेकी छन् । उनले प्रसूति तथा स्त्री रोगसम्बन्धी नीति निर्माण र प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा नेपालमा प्रजनन तथा महिला स्वास्थ्यका

    • प्रकाशित मितिः चैत १, २०८१
    • 505 पटक पढिएको
  • भारतसँगको १९५० को सन्धि खारेज, मिचिएको भूमि फिर्ता गर्न एकीकृत समाजवादीको माग

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)ले भारतसँगको सन् १९५० को 'शान्ति तथा मैत्री सन्धि' खारेज गर्न माग गरेको छ । एकीकृत समाजवादीले शुक्रबार सरकारविरुद्ध ‘रोजगारी र सुशासनका लागि आन्दोलन’को घोषणा गर्दै भारतसँगको सन् १९५० को सन्धि खारेजको प्रस्ताव माग गरेको हो ।“हाम्रो भूराजनीति र अहिलेको विश्व राजनीतिका अन्तरविरोधहरूले गर्दा विदेश नीतिमा हामीले विशेष ध्यान दिनुपर्छ,” एकीकृत समाजवादीले भनेको छ, “एकातिर सन् १९५० लगायत असमान सन्धि–सम्झौताहरू खारेज गर्नुपर्नेछ, कालापानी–लिपुलेकसमेत मिचिएको भूमि फिर्ता गरेर देशको सिमानाको रक्षा गर्दै आजको शीतयुद्धउन्मुख अन्तर्राष्ट्रिय परिस्थितिमा हाम्रो स्वाधिनता, स्वत

    • प्रकाशित मितिः चैत १, २०८१
    • 197 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.