समाचार

    Showing 14,381-14,390 of 25,809 items.
  • सांसद सुवाल भन्छन उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छ

    काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले  यस्तो बताएका हुन् । बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत सांसद सुवाल माग गरे। मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको सुवालले बताए । उनले जिल्लाभित्र मात्र बसाइँसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताए। उनले मोबाइल लगायतका प्राविधिक उपकरणहरू देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 226 पटक पढिएको
  • सेयर बजार लाग्यो ओरालो, घट्यो कारोबार

    काठमाडौं— सोमबार सेयर बजार २७०४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेको हो ।बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४० करोडको मात्रै भयो । ८५ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १३ को स्थिर रह्यो । विशाल बजार कम्पनीको मूल्य घट्दा व्यापार सेक्टर सबैभन्दा धेरै ३।३८ प्रतिशत घट्यो ।त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०।९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य ०.५६ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स सेक्टर ०.१२ प्रतिशत बढे

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 371 पटक पढिएको
  • सिङ्गो दलित परिवार नै नागरिकताविहीन

    शम्भुनाथ (सप्तरी) । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यर्थाथ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ ।घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उनकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, उनका जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छन् । नेपाली भएको प्रमुख पहिचान नै नागरिकता नपाएका ती परिवारका सदस्यहरूले अहि

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 209 पटक पढिएको
  • मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीहरुले दिए धर्ना

    काठमाडौं— सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।उनीहरूले सोमबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा धर्ना सुरू गरेका छन् । कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन् ।‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुप

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 436 पटक पढिएको
  • काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

    काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताए । उनका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ । रातको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभ

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 300 पटक पढिएको
  • प्रधानमन्त्रीलाई गैसस महासङ्घको २१ बुँदे घोषणापत्र हस्तान्तरण (पूर्णपाठसहित)

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए । महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा भएको महाधिवे

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 336 पटक पढिएको
  • त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन

    काठमाडौं— नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको छ । सोमबार सो सङ्गठनले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो ।स्ववियु निर्वाचनका क्रममा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले हिजो राति विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए ।प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताहरूले नेविसंघविरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 416 पटक पढिएको
  • ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा पक्राउ

    काठमाडौं— बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका—८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 265 पटक पढिएको
  • लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    काठमाडौं— प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मोरङ बिराटनगर महानगरपालिका–१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।चैत्र ०३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका–२ का २० बर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका–३ का २४ बर्षीय उत्तम याख्खा, सुन्दरहरैचा नगरपालिका–५ का ४५ बर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 292 पटक पढिएको
  • त्रिविका १७ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन देउवा र कोइरालाको झगडाले रोकियो

    काठमाडौं— विद्यार्थी संगठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका १७ वटा आंगिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नहुने भएको छ।विद्यार्थी द्वन्द्वका कारण उपत्यकाभित्र आठ र उपत्यकाबाहिर नौ गरी १७ आंगिक क्याम्पसको निर्वाचन प्रक्रिया बिथोलिएको त्रिविले जनाएको छ। त्रिविका अनुसार उपत्यकाका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, पद्‌मकन्या क्याम्पस बागबजार, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस बागबजार, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पस घण्टाघर र सरस्वती क्याम्पस ठमेलमा निर्वा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 383 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.