समाचार

    Showing 14,341-14,350 of 25,809 items.
  • आगलागीमा परी दुई बालबाालिकाको मृत्यु, आगो नियन्त्रणमा समस्या

    काठमाडौं— मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट स्थानीयका ८ घर जलेर नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 425 पटक पढिएको
  • सहरी विकास मन्त्रालयको लज्जास्पद प्रगति : आठ महिनामा आठ किलोमिटर सडक निर्माण

    काठमाडौं— सहरी विकास मन्त्रालयअन्तर्गतको पुल र सडक निर्माणको अवस्था हेर्ने हो भने लज्जास्पद अवस्था देखिएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सो मन्त्रालयले ग्रामीण कालोपत्रे सडक निर्माण गर्ने लिएको लक्ष्यमा जम्मा ८ प्रतिशत मात्रै प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा सहरी विकास मन्त्रालयले १०० किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य लिएको थियो । तर फागुन  मसान्तसम्म (८ महिनामा) ८.६ किलोमिटर मात्रै सडक निर्माण गरेको छ । झापा, रोल्पा र पर्वत गरी ३  जिल्लाहरूमा  जम्मा ८.६  किमि निर्माण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी जम्मा ३०

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 326 पटक पढिएको
  • आठ महिनामा बीस गैँडा मरे

    चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरु प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।यस आर्थिक वर्षमा चोरी–सिकारीका कारण भने गैँडा नमरेको उनले जानकारी दिए । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।मगरका अनुसार आर्थिक वर्

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 355 पटक पढिएको
  • नियमविपरीत विद्यार्थी भर्ना नगर्न बालेनको कडा निर्देशन

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र शुरु नभई नियमावलीविपरीत विद्यार्थी भर्ना नगर्न/नगराउन सबै विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै भर्ना नगर्न निर्देशन दिएको हो।महानगरपालिकाले शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोमा कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको जनगुनासो कामपा शिक्षा विभागमा आएको जनाएको छ।‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोमा कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नह

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 449 पटक पढिएको
  • प्रमुख दलका शीर्ष नेताहरूबिच छलफलको तयारी

    काठमाडौं— सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न प्रमुख दलका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा पूर्वमहान्यायधिवक्ता समेत रहेका एमाले नेता अग्नि खरेललाई नियुक्त गरेसँगै आयोग गठनको तयारीस्वरुप प्रमुख दलका नेताहरूबिच छलफलको तयारी भएको हो । केही दिन अघि प्रधानमन्त्रीका सल्लाहकार खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफल गरेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र सल्लाहकार खरेलबिचको छलफलमा अवरुद्ध प्रक्रिया अघि बढाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन ढिला गर्न नहुनेबारे

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 429 पटक पढिएको
  • राजस्व नतिरेपछि खानीजन्य पदार्थ उत्खननमा रोक

    कास्की । माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चार क्रसर उद्योगबाट खानीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाभित्र सञ्चालित क्रसर उद्योगले निर्माण सामग्री उत्खनन गरेबापत पालिकालाई बुझाउनुपर्ने रु ४९ करोडभन्दा बढी राजस्व नबुझाएपछि गाउँपालिकाले उत्खननमा रोक लगाएको हो ।यहाँका फेउसरका बराह क्रसर उद्योगले रु २० करोड ५६ लाख ६२ हजार,  गण्डकी एग्रोगेटले रु १३ करोड ३९ लाख ७० हजार, जेके क्रसर उद्योगले रु चार करोड १२ लाख ३६ हजार र सेती गण्डकी क्रसर उद्योगले रु १० करोड ८१ लाख ८४ हजार राजस्व तिर्नुपर्नेछ । व्यवसायीलाई राजस्व तिर्न पटकपटक आग्रह गरे पनि अटेरी गर

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 284 पटक पढिएको
  • दूध उत्पादनको अनुदान रकम सिधै किसानको खातामा

    काठमाडौं— ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा दुध उत्पादन वापतको अनुदान रकम सिधै किसानको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको गाउँपालिकाले जानकारी दिएको छ । प्रोत्साहन वापतको रकम सिधै किसानको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले जानकारी दिए। वागमती प्रदेश सरकारको हस्तान्तरित कार्यक्रम अन्तर्गतको बजेटबाट पालिकाभित्रका दूध उत्पादक किसानहरुलाई उत्पादनमा अनुदान प्रोत्साहन रकम वितरण गर्न हरेक दुग्ध उत्पादक किसानहरुको दुग्ध पदार्थ विक्रीको विवरण पेश गर्न सूचना जारी गर्दै १०० लिटरभन्दा बढी दुग्ध संकलन तथा विक्री गर्ने सँस्थाहरुलाई निवेदन पे

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 398 पटक पढिएको
  • दाङमा मकै उत्पादन बढ्यो

    तुलसीपुर (दाङ) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ । उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९÷८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्ष

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 499 पटक पढिएको
  • नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न, भन्छन्– पहुँचको होइन, पद्धतिको थिति बसाल्छु

    काठमाडौं— नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन् ।दर्ज्यानी चिह्न ग्रहण गरेपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताए । उनले अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहानाबिना अघि बढाउने प्रतिबद्धता जनाए । देशको आन्तरिक सुरक्षा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 1,124 पटक पढिएको
  • चुनाव चाहियो भन्दै आरआर क्याम्पसमा प्रदर्शन

    काठमाडौं— निर्वाचन गराउनुपर्ने माग राख्दै आरआर क्याम्पसमा नेविसंघले आज प्रदर्शन गरेको छ। तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग राख्दै आरआर गेट अगाडि नाराबाजी गरेका हुन्।अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेपछि आरआरको क्याम्पसको स्ववियु चुनाव रोकिएको हो।‘क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकाले प्रतिकूल अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्नेगरी हाललाई निर्वाचन स्थगन गरिएको छ’, क्याम्पसद्वारा प्रकाशित सूचनामा भनिएको छ।क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 403 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.