ललितपुर । यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो ।उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार ४०० वर्षपहिले राजा सिद्धिनरसिंह मल्लले पाटनदरबार क्षेत्रको कृष्णमन्दिरबाट ललितपुर महानगरपालिका–१६ मा सारेको इतिहास छ । उनी भन्छन्, ‘रत्नाकर महाविहार ऐतिहासिक सम्पदा हो । विसं २०३८ सालअघिको तस्बिरअनुसार महाविहारमा जस्तापाताको छाना देखिन्छ । त्यसयता झिङ्गिटीको छाना लगाइएको थियो । झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा छिट्टै पानी चुहिने र
काठमाडौं— पत्रकार मिलन विकलाई नेपाल लाइफ इन्स्योरेन्स मन्थलीकी अभिकर्ता कमला बस्नेत (कार्की) ले फोनबाट भौतिक कारबाहीको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै धम्कीबारे ध्यानाकर्षण भएको जनाएको छ ।२०८१ चैत्र २ गते शनिबार रामेछापटाइम्स डटकममा भिडियोसहित उक्त इन्स्योरेन्सका बारेमा प्रसारण भएको समाचार सामग्रीलाई लिएर अभिकर्ता बस्नेतले महासंघ रामेछाप शाखाका कार्यसमिति सदस्य पत्रकार विकलाई अपमानपूर्वक व्यवहार गर्दै भौतिक कारबाहीको धम्की दिएकी महासंघ रामेछाप शाखाले जनाएको छ ।कुनै पनि समाचारमा गुनासो भए त्यसविरुद्ध कानुनी उपचार या प्रेस काउन्सि
काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले 'भूमि बैंक' बनाउने प्रक्रिया फेरि थालेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा उनले भूमि बैंक बनाउने विषय विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल थालेको बताए ।उनले राम्रो काम गर्दा विरोध हुने गरेको भन्दै विरोधका लागि विरोध नगर्न आग्रह गरे । उनले छोटो बाटोबाट भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेश ल्याएको भए पनि अब ऐन नै ल्याउने तयारी गरेको बताए ।मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले काम थालिसकेको र वा
काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ ।भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइत भएका थिए ।घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका थिए । समितिले घटनाको विस्तृत छानविन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको ग
पोखरा । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान सुरु गरेको छ । सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।१२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ । पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको दुई वर्षपछि कमर्सियल चार्टर्ड उडान सुरू भएको हो । उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले आगामी १० हप्तास
काठमाडौं— पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भोलि (बुधबार) मात्र हुने भएको छ ।मंगलबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, निर्वाचन समितिले मतपत्रमा त्रुटि गरेपछि अखिल छैटौँले विरोध जनाएको थियो । त्यसपछि विद्यार्थीहरूको सर्वपक्षीय बैठकले मतपत्र सच्याउने सहमति गरेको थियो ।तर, मतपत्र छपाइको काममा ढिलाइ भएपछि मतदान सारिएको हो ।अब बुधबार बिहान ८ बजेदेखि मतादन हुने निर्वाचन समितिले जनाएको छ । 'मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उमेदवारहरू एवं विद्यार्थी मतदाताहरूलाई हार्दिक अनुरोध ग
काठमाडौं— सौर्य जहाज दुर्घटना छानबिन गर्न मानव अधिकार आयोगले चासो देखाएको छ । एयरलाइन्स कम्पनी र सरकारी निकायको जानाजानको गम्भीर लापरबाहीले दुर्घटना भएको र पीडितले न्याय नपाएको समाचार सार्वजनिक भएपछि आयोगले छानबिन गर्न चासो देखाएको हो । आयोगले दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडालाई कार्यालयमा बोलाएर दुर्घटनाबारे छलफल गरेको छ । छलफलकै क्रममा पत्रकार खतिवडाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा खतिवडाले ‘उडान गैरकानुनी भएको, यात्रु गैरकानुनी रहेको, एयरलाइन्स कम्पनीले गैरकानुनी हर्कत गरेको, कानुन मिचेर स
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले राजनीतिक अस्थिरता जनताका लागि अपाच्य भएको बताएका छन् । झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए ।हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको उनको भनाइ छ । उनले जनताको राजस्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगविलास गरिरहेको पनि बताए ।नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै उनले पाँच वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताए ।'हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलि
काठमाडौं— संसद्को सार्वजनिक लेखा समितिमा ११४ वटा उजुरी परेका छन् । उजुरीको संख्या निरन्तर बढ्दै गएको समितिका सचीव एकराम गिरीले जानकारी दिए । मंगलबार समितिको बैठकमा ११४ वटा उजुरी विवरण सांसदहरूलाई वितरण गरिएको सचीव गिरीले बताए । समिति बैठकमा उजुरी आउनेक्रम जारी रहेको बताएका छन् ।लेखा समितिले कांग्रेस सांसद सञ्जयकुमार गौतमको नेतृत्वमा उजुरी अध्ययन समिति नै बनाएर छलफल समेत गरिरहेको छ ।
काठमाडौं— प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अच्युुतप्रसाद वाग्लेलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले शपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि (४) बमोजिम सोमबार नियुक्त गरेका थिए । शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.