काठमाडौं— संसद्को सार्वजनिक लेखा समितिमा ११४ वटा उजुरी परेका छन् । उजुरीको संख्या निरन्तर बढ्दै गएको समितिका सचीव एकराम गिरीले जानकारी दिए ।
मंगलबार समितिको बैठकमा ११४ वटा उजुरी विवरण सांसदहरूलाई वितरण गरिएको सचीव गिरीले बताए । समिति बैठकमा उजुरी आउनेक्रम जारी रहेको बताएका छन् ।

लेखा समितिले कांग्रेस सांसद सञ्जयकुमार गौतमको नेतृत्वमा उजुरी अध्ययन समिति नै बनाएर छलफल समेत गरिरहेको छ ।