गण्डकी । गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो । सुक्खायाम सुरु भएसँगै यस वर्ष पनि डढेलोको जोखिम बढेको छ । सामन्यतयाः फागुनदेखि जेठसम्मको समयलाई डढेलोको याम भनेर चिनिन्छ । मुख्यगरी चैत र वैशाखमा डढेलोका घटना बढी हुने गरेको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । सुक्खायाम लम्बिँदा डढेलोको जोखिम पनि बढ्दै जाने उहाँको भनाइ छ । आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनास मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ । घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका
बेनी (म्याग्दी) । मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो ।गाउँपालिकाले सङ्घीय समपूरक योजनाअन्तर्गत सबैभन्दा ठूलो योजनाका रूपमा रु चार करोड ४० लाख बजेटको सिम–कोत्रबाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति योजना तथा रु तीन करोड ४० लाखको पुलचोक–पिपलबोट–पाँखु–धारा–सिरकुम–टिकाबाङ मोटरबाटो स्तरोन्नति योजना सञ्चालन गरेको छ ।प्रदेश समपूरक योजनाबाट गण्डकी प्रदेश सरकारको रु ६० र गाउँपाल
झापा । झापाका विभिन्न नाका प्रयोग गरि तस्करी हुदा सिमा सुरक्षामा खटिएको शसस्त्र प्रहरी बेखबर रहेको छ। त्यस्तै जनपथ प्रहरी र रास्ट्रीय अनुसन्धान पनि गुमनाम रहेको छन।अहिले झापा र इलाममा प्रहरीले उठाउने राजस्व समेत गिरावट आएको छ। महिनौ देखि सामान बरामत लगभग शुन्यमा झरेको छ। झापा र इलामको विभिन्न नाकाबाट गाइगोरु तस्करी बडेको छ। झापाको दमक बजार, घैलाडुबा, दामुना, धुलाबारी बजार, इलामको पशुपती मानेभन्ज्याङ रोडमा ट्रक का ट्रक गाइगोरु झारी झापाको नकलबन्दा, ज्यामिरगडी, भद्रपुर, केचना, घेराबारी, गौरिगन्ज र इलामको जौबारी, मानेभन्ज्याङ सिमाना, कालपोखरिबाट दैनिक हजारौको सन्ख्यामा गाइगोरु भारत तर
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा रु ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् रु छ अर्ब १२ करोड ४२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयको तथ्
काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो । आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ बराबरको कारोबार भएको हो । आज ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ । आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ । आजको कारोबारमा मिथिला लघुवित्त व
चितवन । विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन । उक्त जोखिमपूर्ण भवनमा बसेर यहाँका कर्मचारीले वार्षिक रु एक अर्ब हाराहारीमा राजस्व उठाउँदै आएका छन् ।बाइपास सडकसँगै छ कठ्ठा जमिनमा रहेको जीर्ण भवनमा टिनमुनी अभिलेख राखिएका छन् । कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ । विसं २०५२ मा निर्माण गरिएको यो भवनमा ठाउँठाउँमा टिनले छाएर कार्यालयको काम गरिँदै आइएको छ । कार्यालयको नजिकै १७ कठ्ठा जग्गासमेत छ । सोही जग्गामा नयाँ भवन बनाएर पार्
रामधुनी (सुनसरी) । दिवङ्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा रामधुनी नगरपालिका–१ मा प्रतिष्ठान निर्माण हुने भएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्लेले आज यहाँ ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ को शाखा निर्माणका लागि भवन शिलान्यास गरिन् ।यहाँ प्रतिष्ठान निर्माण गर्न सहरी विकास मन्त्रालयले रु एक करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट बोलपत्र प्रक्रियामार्फत सीता रामधुनी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का लिएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन प्रतिष्ठानको केन्द
काठमाडौं । माधव चम्लागाईँले नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका हुन् । उमेद्वारी घोषणापछि उनले अपाङ्गता क्षेत्रमा विगत लामो समयदेखि विभिन्न किसिमले हक र अधिकारको लागि निरन्तर रुपमा लागिरहेकाले त्यसको मूल्यांकन हुनेमा विश्वस्त रहेको सुनाए । अपाङ्गता व्यक्तिहरुलाई पनि स–सम्मानपूर्वक समाजमा बाच्न पाउने अधिकार स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुलाई
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् ।नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेका छन् । रेडपाण्डालाई दुई हजार
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा विमानस्थल छ । विमानस्थल सञ्चालनमा पनि छ । तर यो विमानस्थल रामेछापवासीलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विष्मत’ जस्तै छ । काठमाडौंबाट रामेछापसम्म सडक नजोडिँदासम्म काठमाडौं आउजाउ गर्ने एक मात्र विकल्पको रूपमा रहेको विमानस्थलबाट अहिले रामेछाप–काठमाडौं यात्रा गर्छौँ भन्दा पनि रामेछापवासीले यात्रा गर्न पाउँदैनन् । विमान सेवा प्रदायक कम्पनीहरूले नियमित उडान सेवा राख्न नमान्दा विमानस्थल चार्टर उडान गर्ने विमानस्थल मात्र बनेको छ । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई दुई सिजनमा मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था ग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.