समाचार

    Showing 14,101-14,110 of 25,809 items.
  • आन्दोलन जारी छ: नवराज सुवेदी

    काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन जारी रहेको जनाएको छ । शनिबार समितिले विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको बताएको हो । आन्दोलनको नेतृत्वको जनता स्वयंले गरेको समितिले दाबी गरेको छ । कसैकाे इसारामा आन्दोलन नहुने समितिले बताएकाे छ । शुक्रबार तीनकुनेका भएको घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता रहेको भन्दै बदनाम गराउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ । दुर्गा प्रसाईंलगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रमपछि रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाललगायतलाई पक्राउ गर्ने काम भएको भन्दै आफूलाई नजरबन्दमा राखिएको संयुक्त जनआन्दोलन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 489 पटक पढिएको
  • यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय)

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 445 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी  प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति लुम्बिन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 246 पटक पढिएको
  • सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेदको घटनामा विस्थापित भई परिवारसहित उठीबास लगाइएका दलित दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ । मदन भण्डारी आवास कार्यक्रममार्फत मधेस सरकारको रू पाँच लाख ६० हजार लागतमा निर्माण हुने उक्त घरमा दुई कोठा, भान्सा र शौचालय हुने जनाइएको छ । एक साताभित्रै घर निर्माण सुरू गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।‘केही दिनअघि पीडित परिवार म कहाँ आउनुभएको थियो । त्यही समयमा मैले उहाँको घर बनाइदिने प्रतिबद्धता गरेको थिएँ’, मुख्यमन्त्री सिंहले भने, ‘अब एक साताभित्रै काम सुरू हुनेछ ।’ यसअघि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 356 पटक पढिएको
  • औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

    मुस्ताङ । चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न धार्मिक श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका जनाएको छ । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।उहाँका अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 395 पटक पढिएको
  • अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

    म्याग्दी । वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि चार समूहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन् ।उनका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् ।अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभाग

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 309 पटक पढिएको
  • राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्न सुरु गरेको छ । राप्ती नदी क्षेत्रमा यही चैत १ गतेदेखि गुँड खोज्न सुरु गरिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । आगामी वैशाख १० गतेसम्म निकुञ्जले दुईजना कर्मचारी खटाएएको बताउँदै स्थानीय बोटे समुदायका व्यक्तिले पनि गोहीको गुँड खोज्न सहयोग गरिरहेका उनले जानकारी दिए । बोटे समुदायका व्यक्तिले गुँड खोजेर त्यसको रेखदेख गर्ने भन्दै मगरले वैशाख १५ गतेपछि गोहीको अण्डा सङ्कलन गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ गुँडका दुई सय ४

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 295 पटक पढिएको
  • ‘महिलासँग उपमेयर कार्यक्रमः गर्भवतीलाई पोषण भत्ता’

    तनहुँ । आमा र शिशुको स्वास्थ्य सुधारका लागि जिल्लाको व्यास नगरपालिकाले गर्भवतीलाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच र सुत्केरी सेवाप्रति आकर्षित गराउन नगरले पोषण भत्ता उपलब्ध गराएको हो । नगरपालिकाका अनुसार गर्भवतीको स्वास्थ परीक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या हुने जोखिम भएकाले त्यसको अन्त्यका लागि यो किसिमको कार्यक्रम अघि ल्याइएको हो । नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 449 पटक पढिएको
  • रसुवागढी नाकाबाट आठ महिनामा चार हजारभन्दा बढी चिनियाँ गाडी भित्रिए

    रसुवा । उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारीसाधन नेपाल भित्रिएका छन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार साउनदेखि फागुनसम्म आठ महिनामा चार हजार छ सय ३७ वटा सानाठूला सवारीसाधन भित्रिएका हुन् ।आयातित सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन् । सो नाकाबाट गत आव  २०८०÷८१ मा सात हजार तीन सय ७७ वटा सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।यसैबीच रसुवागढी हुँदै नेपाल भित्रिएका तर नियमानुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौँ सवारीसाधन न

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 222 पटक पढिएको
  • चैत्र कृष्ण औँसीः घोडेजात्रा

    काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । न

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 393 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.