समाचार

    Showing 14,091-14,100 of 25,809 items.
  • नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त

    डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन  निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पनि अधुरै रहेको बताए ।पशुपन्छीको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भएको थियो । निर्माण कम्पनीले ढिलासुस्ती गर

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 446 पटक पढिएको
  • कुवेरधामलाई पर्यटकीय गन्तव्य बनाइँदै

    गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पौराणिक तथा धार्मिक महत्व बोकेर पनि ओझेल परेको कुवेरधामलाई हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माण, प्रचारप्रसारलगायतका काम अघि बढाइएको हो ।जगत्गुरु रामानुजाचार्य त्रिडण्डी स्वामी श्री हिमालयन बाबाका अनुसार, कुवेरले साधना गरेको मालिका मन्दिर क्षेत्र र कुवेरलाई धनकुवेरको नामकरण गरी धनको संरक्षणस्थलका रूपमा रहेको पञ्चासेमा कुवेरको ५४ फ

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 307 पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ र

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 432 पटक पढिएको
  • मिथिला क्षेत्र पर्वमय

    महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ । यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो ।हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन् । चैत शुक्ल प्रतिपदासँगै सुरु हुने वासन्ती नवरात्रका अवसरमा मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा आज घटस्थापना गरिँदै छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 454 पटक पढिएको
  • ढोरपाटनमा सुरु भयो सिकार याम

    ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लक

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 394 पटक पढिएको
  • पाल्पामा चालु आवमा १८८ क्षयरोगी

    तानसेन (पाल्पा) । पाल्पामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ८८ नयाँ क्षयरोगी भेटिएका छन् । जिल्लाका दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष तीन सय ६३ क्षयरोगी फेला परेकामा यस वर्ष आठ महिनामा एक सय ८८ जना फेला परेका र तिनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । आठ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४०, रामपुरमा ३७, रैनादेवी छहरामा १९, माथागढी तथा निस्दीमा १८÷१८ क्षयरोगी फेला परेका छन् । यस्तै पूर्वखोलामा १५, तिनाउमा १२, बगनासकालीमा ११, रिब्दीकोटमा १० र रम्भामा आठ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष १३ जना

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 387 पटक पढिएको
  • पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग

    काठमाडौं—  समाचार संकलनका क्रममा शुक्रबार तीनकुने हिंसा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् ।एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष उनीहरुले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।पत्रकार सुरेश रजकका भान्जा राजेश रजकले दिएको जानकारीअनुसार गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएका छन् ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 244 पटक पढिएको
  • राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग

    काठमाडौं—ं नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले राजावादी आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको क्षतिपूर्ति माग गरेको छ। शुक्रवार काठमाडौंमा भएको प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिहरूबाट भएको क्षतिपूर्ति पाउनुपर्ने माग महासङ्घले गरेको हो। आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट व्यावसायिक वातावरण र व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुन पुगेको महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए। उनले  निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायतका गतिवि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 268 पटक पढिएको
  • दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन; रजकको मृत्यु प्रकरण

    काठमाण्डौ । शुक्रबार राजा समर्थकहरूको अराजक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु प्रकरणलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजक शुक्रबार राजावादी समूहको आन्दोलनलाई कभर गर्ने क्रममा जलेको अवस्थामा मृत फेला परेका थिए । घटनाको क्रममा आन्दोलनकारीहरूले तिनकुनेस्थित एक घरमा आगजनी गरेका थिए ।सोही घरबाट भि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 409 पटक पढिएको
  • पुष्कर खतिवडा इमाडोल क्षेत्रबाट पक्राउ

    काठमाण्डौ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 373 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.