काठमाण्डौ । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । नेपाली राजनिती अस्थिरताका कारण रोजगारिको खोजिमा हिन्दुहरुको महान पर्व दशैं घरघरमा भित्रिरहेका बेला पनि वैदेशिक रोजगारीका लागि युवाहरु बिदेशिनु परेको छ । २०८१ असोजमा परेको दशैं नमनाइ यसै महिनाको २२ गतेसम्म ५५ हजारले देश छाडेका छन् ।श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन् । गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो । टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैंको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।दशैंअघि साउन, भदौ र असोजमा
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ।धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएका दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्योगमा बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो ।प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको रु ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री स
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ ।तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो। तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् । प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाए
झापा— घटस्थापना सुरु भएदेखि नै गाउँमा दशैंको रमाइलो सुरु हुन्छ । दशैं आए सङ्गै खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द नै छुट्टै हुन्छ। सहर बजार र विदेशिएकाहरू दशैं पर्व मनाउन जन्मथलो फर्किएपछि गाउका बस्ती गुञ्जायमान छन् । पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ ।चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । गाउँगाउँमा सडक, घरघरमा
एजेन्शी । अमेरिकाको फ्लोरिडा राज्यको सिएस्टाकी सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ । आधिका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो १ हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको तेस्रो आँधी हो। यो सिएस्टाको तटमा ठोक्नु भन्दा पहिले एक ५ श्रेणी को तूफान थियो। अहिले यसलाई श्रेणी ३ को आँधी घोषित गरिएको छ। यसको बावजूद यो धेरै खतरनाक छ। आँधीका कारण फ्लोरिडाका धेरै सहरहरूमा १९३ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फ्लोरि
काभ्रे : महाभारत र खानीखोला गाउँपालिका क्षेत्रमा अविरल वर्षाका कारण बाढीपहिरो गएर सडक, विद्युत र सञ्चार सम्पर्क विहीन भएको क्षेत्रमा सडक सञ्जाल खुलाउन हेलिकोप्टरबाट डिजेल ढुवानी गरिएको छ। दशैंको बेलामा आम नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि अवरुद्ध सडक खुलाएर यातायात सञ्चालन गरी सेवा प्रदान गर्न हवाई मार्गबाट इन्धन ढुवानी गरेको हो।धुलिखेलदेखि खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा नेपाली सेनाको हेलिकप्टरमार्फत दुई हजार लिटर डिजेल ल्याइएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए।बाढी पहिरोको कारण केन्द्र जोड्न कुनै पनि सडक नभएको तत्काल चल्ने बनाउनको लागि डिजेल आवश्यक रहेकोले सेनाक
काठमाडौं— असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ।सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै विपतबाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न सो लागत अनुमान गरेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा क्षति पुगेको जानकारी दिइन्।‘स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेक
काठमाडौं – यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड बराबरको क्षति भएको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो।क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको २० करोड, महाकाली व्
काठमाडौं — केही दिनअघिको अविरल वर्षा र त्यसले निम्त्याएको पहिरोको त्रासबीच घटस्थापनादेखि बुधबार बिहानसम्म ५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट दशैंका लागि बाहिरिएका छन्। घटस्थापनादेखि दैनिक करिब १ लाख यात्रु बाहिरिरहेका बेला सोमबार र मंगलबार भने नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा सडक भासिएपछि सहजै यात्रु बस उपत्यका भित्रन पाएनन्।यसले गर्दा बाहिरिने यात्रुको संख्या केही कम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले बताए।घटस्थापनायता उपत्यकाका विभिन्न ठाउँबाट दशैंका लागि बाहिरिने सवारी चाप धेरै रहेको उनको भनाइ छ। ‘दशैंका लागि घर जाने यात्रुको चाप धेरै छ,’ उनले भने
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.