समाचार

    Showing 14,001-14,010 of 25,809 items.
  • प्राधिकरणका अध्यक्ष ओझा विरूद्धको रिटमा कारण देखाउ आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीश डा नहकुल सुवेदीको एकल इजलासले आज प्राधिकरणका अध्यक्ष ओझो योग्यतामाथि प्रश्न उठाइएको उक्त विवादमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो ।अधिवक्ता इन्दिरा धमलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाइ चैत १७ गते दायर गरेको रिट निवेदनमा उनको नियुक्ति बदर गर्न माग गरिएको छ ।मन्त्रिपरिषद्को गत फागुन १२ गतेको बैठकले ओझाला

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 320 पटक पढिएको
  • राप्रपा नेता बोहराको अन्त्येष्टि

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ । उनको उपचारको क्रममा मङ्गलबार ७६ वर्षको उमेरमा निधन भएको थियो । सांसद बोहराको आज पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए । सभामुख देवराज घिमिरे, उप्रप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा राप्रपाका नेता कार्यकर्ताले पशुपति आर्यघाटमा प

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 332 पटक पढिएको
  • थाइल्याण्डका राजा बजिरालोङकर्नसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

    बैंकक । थाइल्यान्डका महा बजिरालोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गरेका छन् ।थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंकक रहेका प्रधानमन्त्री ओलीले राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् । राजदम्पत्तीले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई राजदरबारमा स्वागत गरेका थिए ।यसअघि प्रधानमन्त्री ओलीसँग समकक्षी पे थोङ् थान् शिनावात्राको सरकारी भवनमा दुईपक्षीय भेटवार्ता भई दुई देशका बीचमा आठ सहमतिपत्रमा हस्ताक्षर सम्पन्न

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 384 पटक पढिएको
  • झापाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’

    झापा । धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो ।चालु आर्थिक बर्ष २०८१÷८२ बाट शिवसताक्षी, गौरादह, कमल र गौरीगञ्ज पालिकाको सबै वडामा ‘माछा जोन कार्यक्रम’ सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रविन निरौलाले बताए । समान किसिमको बालीको उत्पादन हुने ५०० हेक्टर क्षेत्रफललाई समेटेर सरकारले जोन घोषणा गर्दै विभिन्न सहुलियत र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।चार पालिकाका ४९  कृषि फार्म र चार कृषक समूहका ११६ महिलासहित २२० कृषक

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 320 पटक पढिएको
  • मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत

    मुस्ताङ । च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास कार्यान्वयनमा रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आव २०७८÷७९ देखि च्याङ्ग्रा जोन विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।मुस्ताङमा पुस्तौँपुस्तादेखि व्यावसायिक रुपमा यहाँका स्थानीय किसानले च्याङ्ग्रापालन व्यवसायलाई पेशाका रुपमा अपनाउँदै आइरहेका छन् । च्याङ्ग्रा पालन व्यवसायलाई परिस्कृत गर्दै लैजाने र च्याङ्ग्रा पा

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 419 पटक पढिएको
  • नेपालीको राहत बोकेर म्यानमार उड्यो सेनाको टोली

    काठमाडौं— मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ । हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो।प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रु मेम्बर’सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन् । उक्त टोली

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 303 पटक पढिएको
  • पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट आयो

     काठमाडौं—  गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम पूरा भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागले रजकको जलेर मृत्यु भएको निष्कर्ष निकालेको छ।फोरेन्सिक विशेषज्ञका अनुसार, रजकको शरीरमा गोली लागेको कुनै प्रमाण भेटिएको छैन । चिकित्सकले भने, “उहाँको श्वासप्रश्वास नलीमा धुँवाको मुस्लो देखिएको छ, जसले आगलागी हुँदा उहाँ जीवित नै हुनुहुन्थ्यो भन्ने पुष्टि गर्छ। मृत्युको कारण जलन नै हो ।”यसअघि केही मिडिया र सामाजिक सञ्जालमा रजकलाई गोली लागेको दाबी गरिएका समाचारहरू आएका थिए । यही कारण चिकित्सकहरूले एक्स–रे

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 427 पटक पढिएको
  • सात वटा फर्मलाई कागजातसहित उपस्थित हुन विभागको निर्देशन

    काठमाडौं— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएपछि ८ वटा मध्ये एउटा फर्मको रोक्का गरेको छ भने सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।विभागद्वारा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै एउटा फर्मको बिक्री रोक्कासहित सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।अनुगमनका क्रममा स्पार्क अटो केयर प्रालि (काठमाडौं महानगरपालिका–८) को बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 428 पटक पढिएको
  • नेप्से परिसूचक २३ अङ्कले बढ्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो ।आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्म

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 419 पटक पढिएको
  • नेपाल प्रहरी श्रीमती संघद्वारा अग्नि पिडित परिवारहरुलाई राहत वितरण

     काठमाडौं— नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सुनसरीको हरिनगर गाउँपालिका–५ स्थितका १२ घर अग्नि पिडित परिवारहरुलाई राहत वितरण गरेको छ ।संघले सोमबार १२ घर अग्नि पिडित घर परिवारका सदस्यहरुलाई ओढ्ने ब्लाङ्केट, म्याट, त्रिपाल, चामल, दाललगायत खाद्यान्नका सामग्री वितरण गरेको हो ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सुस्मिता के.सी., जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीको विशेष आतिथ्यतामा राहत सामग्री वितरण गरिएको

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 260 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.