काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाले गठन भएको करिब नौ महिनापछि धनकुटा जिल्लामा पार्टीको संगठनात्मक एकता टुंग्याएको छ। जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रममार्फत २५१ सदस्यीय जिल्ला समिति घोषणा गर्दै पार्टीले स्थानीय तहसम्म संगठन विस्तारको अभियानलाई अघि बढाएको हो। नवगठित समितिको संयोजकमा कुसुम कुमारी श्रेष्ठ चयन भएकी छन् भने डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला सहसंयोजक बनेका छन्। जिल्ला समितिलाई पूर्णता दिएसँगै लामो समयदेखि रोकिएको संगठनात्मक एकता प्रक्रिया सम्पन्न भएको पार्टीले जनाएको छ। अब स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण र जनपरिचालनलाई तीव्र बनाइने
काडमाडौं / साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका मात्रिका प्रसाद लामिछानेले साउनमा शिवको दर्शन र व्रत बस्दा परिवारमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण आफू दर्शनका लागि आएको बताएका छन् । उनले मन्दिरमा दर्शनका लागि करिब आधा घण्टा मात्रै लाइनमा बस्नु परेको बताए ।उनले पशुपति क्षेत्र विकास कोषले दर्शन व्यवस्थापनलाई अघिल्ला वर्षको तुलनामा अझ व्यवस्थित र सहज बनाएको
मुस्ताङ / नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भएपनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ ।हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य शाखामा छायांकन अनुमतिका लागि आवेदन दिँदा हाल दुईवटा मात्रै फाराम उपलब्ध हुनुले समस्या सिर्जना गराएको हो। मन्त्रालयमा एउटा चलचित्र र डकुमेन्ट्रीका लागि मात्र फाराम उलब्ध छ ।मन्त्रालयसँग म्यूजिक भिडियो, वेब सिरिज, विज्ञापन वा अन्य व्यावसायिक छायांकनका लागि छुट्ट
काठमाडौँ / क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा ‘एआई इन जर्नलिज्म वर्कसप’ हुने भएको छ । विज्ञहरूद्वारा न्युजरुममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ। कम्प्युटर एशोसिएशन नेपाल महासंघ क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवी अधिकारीको नेतृत्वमा, महिला आर्थिक पत्रकार संघ फेजा सँगको सहकार्यमा ‘एआई इन जर्नलिज्म वर्कसप’ पत्रकारितामा एआई कार्यशाल आयोजना हुने भएको हो । कार्यशाला २०२६ जुलाई २६ साउन १०, २०८३ का दिन बिहान १०ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म सञ्चालन हुनेछ। नेपालको सञ्चार क्षेत्रमा आर्टिफिसि
काठमाडौं / फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ फिफाका लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो । फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो । सेकेन्डरी बजारमा टिकट खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था रहेको छ । यो कीर्तिमानी आम्दा
काठमाडौं / फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ एएफएले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ । अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसको निर्णायक गोलसँगै लगातार उत्कृष्ट प्रदर्शनलाई उपाधिमा परिणत गर्यो । यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो ।हारपछि सामाजिक सञ्जाल एक्समार्फत एएफएले मेस्सीप्रति कृतज्ञता
काठमाडौं— आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ ।यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ ।विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँ
काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७५५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १५, राइड सेयरिङमा ५२, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा २३, सडक फुटपाथमा २६, अवस्था ठिक नभएको २६ र एकतर्फीमा २५ जना र अन्यमा ४६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं— तीन वटा संसदीको समितिको बैठक आज बस्दै छ । सोमबार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । विधायन व्यवस्थापन समितिको बैठक २ः१५ बजे बस्ने भएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा, विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, दिउसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट
चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन ।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन । चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डबाट प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.