समाचार

    Showing 13,981-13,990 of 25,809 items.
  • भारततर्फ सामान निर्यातको बाटो खुल्यो

    काठमाडौँ । भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्र्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गरेका थिए । उनले नेपाली वस्तु भारत निर्यात गर्न र भारतीय बजारमा बिक्री वितरणको सहजीकरणका लागि पहल गरेका थिए ।गत पुस २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा बिआइएस प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 442 पटक पढिएको
  • शिक्षकले पाएनन् छ महिनादेखि तलब

    मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । ‘तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ’, उनले भने, ‘असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।’तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीले जानकारी दिइन् । ‘संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,’ उनले भनिन्, ‘हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कु

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 297 पटक पढिएको
  • जनकपुरका विद्यालयमा पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय

    महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरेको छ । नगर शिक्षा समिति तथा निजी विद्यालय सङ्गठन (प्याब्सन) का नगर संयोजक दीपक ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका हुन् । ‘विद्यार्थीहरूलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो, यस निर्णयले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई समान अध्ययन वातावरण उपलब्ध गराउनेछ,’ उनले भने ।उनले स्थानीय शिक्षा समिति र सरोकारवालाहरूसँग समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । प्याब्सन, एनप्याब्सनलगायतबीच छलफल गरी नगरका निजी तथा

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 461 पटक पढिएको
  • बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालनमा

    म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो । चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 266 पटक पढिएको
  • पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी

    गण्डकी । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार गत वर्ष यही समयमा होटलमा पाहुनाको संख्या क्षमताको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो । ‘पदयात्रामा आउने पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटक पोखरामा नबसी सिधै गन्तव्यस्थल पुग्ने गरेकाले पनि होटलको ‘अकुपेन्सी’ कम छ’, उनले भने, ‘नयाँ वर्ष नजिकिँएको र विद्यालय तहको परीक्षा सकिएर बिदा सुरु भएकाले आन्तरिक पर्यटकको आउजाउ अब बढ्ने देखिएको छ ।’पोखरा घुम्ने र यहाँक

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 224 पटक पढिएको
  • कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

    भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार ८७६ मेट्रिक टन मकै उत्पादन भएको छ । कर्णालीमा ८२ हजार ८०८ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले जनाएको छ । मकैपछि बढी उत्पादन हुने बाली गहुँ हो । प्रदेशका दशवटै जिल्लाको तथ्याङ्क अनुसार ७१ हजार ७६९ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आइएको छ । गत वर्ष मात्रै प्रदेशभर एक लाख ५१ हजार ९९० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयले जनाएको

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 405 पटक पढिएको
  • काठमाडौं महानगरः हाजिर गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ गेटमै रोकिएपछि...

    काठमाडौं— काठमाडौं महानगरपालिकामा तनाव भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज महानगरपालिकामा हाजिर हुन पुगेका थिए ।तर मेयर बालेन शाहले गेटमै नगर प्रहरी तैनाथ गरेपछि थप तनावको अवस्था सिर्जना भएको हो ।कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गरेपछि नगर प्रहरीले हस्तक्षेप गरेपछि तनावको अवस्था भएको हो । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेक

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 450 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले थाइल्याण्डका उद्योगीसँग छलफल गरे, कृषि र प्रविधिमा लगानी गर्न व्यवसायी इच्छुक

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमा रहेका उद्योगी व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल—थाइल्याण्डबीच दौंत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेको बताए । पछिल्लो दशमा थाइल्याण्डले विकास गरेको प्रविधि, हाँसिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरुका कारण अहिले समृद्ध म

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 403 पटक पढिएको
  • आज छ वटा समितिका बैठक बस्दै

    काठमाडौँ । ‘मिनी संसद्’का नामले पनि परिचित सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज हुँदैछन् । संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ः०० बजे हुँदैछन् । त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक  भने बिहान ११ः३० बजे हुने भएको छ ।शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 241 पटक पढिएको
  • यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय)

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.