काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको ।देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत स
विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेश सभाको
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० लाई पुनरावलोकन गर्नुपर्ने विषयमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा जलस्रोत विज्ञ एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नेपाल भारतबीच १९५० मा भएको भन्दै आएको सन्धिको मूल कागजपत्र कतै पनि फेला नपरेको बताएका छन।उनले हालसम्म उक्त सन्धिबारे भेटिएका कागजात र भनाइहरूमा समेत नेपाल भारतबीचको सीमा नाका खुला हुने कुरा उल्लेख नगरिएको बताउनुहुँदै नेपालले सीमा नाका खुला नगर्ने प्रस्ताव भारत समक्ष राख्न सक्नुपर्ने धारणा राखेका
मनाङ । मनाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङ रहेका छन् ।मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा रोकेर ट्र्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा हातले विद्युत्को नाङ्गो तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिए ।‘बाढीपहिराका कारण लत्रिएको विद्युत्को तारमा छोइँदा करेन्ट लागेको हो, करेन्ट लागेर गम्भीर घाइते भएका तामाङका आफन्तले स्वास्थ्य चौकीमा पुर्याएका रहेछन्, थप उप
काठमाडौँ । सरकारले २२ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरेको छ । सरुवा हुनेमा केही पुरानादेखि केही नयाँ मिलानसम्म रहेका छन् । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल अर्थ मन्त्रालय गएका छन् भने उनको ठाउँमा सत्य निरूपण तथा मेलमिलाप आयोगका अर्जुन गौतमलाई पठाइएको छ । पौडेल अर्थमा गएसँगै कतिपयले भन्सार विभागको महानिर्देशक हुने आँकलन गरेका छन् तर अर्थ स्रोतका अनुसार उनी केही समय मन्त्रालयमै बस्न र भन्सारमा उत्तर कुमार खत्री जाने चर्चा छ । यद्यपि मन्त्री डा. प्रकाश शरण महतले हाल विभागमै उपमहानिर्देशक रहेका शेवन्तक पोख
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् ।नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रकरणले नेपालीलाई लज्जित बनाएको बताए। उनले समृद्धिको पूर्वशर्तका रुपमा रहेको सुशासन कायमका सन्दर्भमा चुनौती खडा गरेकाले राजनीतिक दबाब र अवाञ्छित प्रभावबाट मुक्त भई अनुसन्धान गर्नन नेपाल प्रहरीलाई निर्देशन दिइएको स्पष्ट गरे।नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्रीसहित ३० जनालाई बुधबार र
काठमाडौँ । पछिल्लो समय पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा परिरहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।आज राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका थोरै स्थानहरुमा र देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी पनि छताछुल्ल भएको छ । यो प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर नै मुछिने सूचना सार्वजनिक भएका छन् । अर्कातिर हिरासतमा रहेका आरोपितलाई बयान फेर्न प्रभावित गर्ने गरी सन्देश र पत्र आदनप्रदान गर्न दिएको खुलेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमाथि प्रश्न उठेको छ ।अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएदेखि नै उनलाई उम्काएको आरोप आईजीपी कुँवरमाथि लागेको थियो । एमाले सांसद रायमाझी पक्राउ पुर्जी जारी भएको दिन गत वैशाख २० मा अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । प्रहरी सुरक्षा घे
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ। मृतक अंशुमानका ठूला बुवा कृष्ण गुरुङ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार मे १ च ७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव ४०\५० मिटर तल खसी दुर्घटना भएको थियो।दुर्घटनामा चालक कृष्णका भाईका छोरा अंशुमनको मृत्यु भएको र सवारी चालक कृष्णको दायाँ आँखाको डिलमा चोट रहेको प्रहरीले बताएको छ। गाडाीमा सवार दुबै जनालाई घटनास्थलबाट उपचारका लागि त
दाङ । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ।बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।मृत्यु हुनेमा मृतकको सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन्। यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.