समाचार

    Showing 13,531-13,540 of 25,809 items.
  • रविको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा

    काठमाण्डौ  ।  पाँचपटकको पेसीपछि रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतको आदेशपछि आज हेर्न मिल्ने न्यायधीशको इजलासमा परेको छ।यसअघि पाँचपटकको पेसी हेर्न नमिल्ने न्यायाधीशको इजलासमा ताेकिएपछि सर्वोच्च अदालतले अब हेर्न मिल्ने न्यायाधीशकोमा पार्न आइतबार आदेश दिएको थियो। यसबमोजिम आज उनको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए।  योसँगै अब लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ हुने देखिएको छ। उच्च अदालतट बुटवलले रविलाई पनि थुनामा पठाउने आदेश गरेको थियो।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 260 पटक पढिएको
  • कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको आजको बैठकमा प्रतिवेदनमाथि विमर्श

    काठमाडौं । संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ ।बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 412 पटक पढिएको
  • बागमती प्रदेश सरकारले गर्यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान

    हेटौँडा । बागमती प्रदेश सरकारले ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै आइतबार हेटौँडा–४, हुप्रचौरमा खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरेको हो । बागमती प्रदेश जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जिवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो ।उत्कृष्ट वर्ष खेलाडी अवार्डका रुपमा महिलातर्फ कराँतेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको छ । उनीहरुलाई नगद १÷१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो । कराँतेकी खेलाडी एरिकाले २०औं सिनियर एक

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 262 पटक पढिएको
  • यूएईविरुद्ध नेपालको महत्त्वपूर्ण खेल आज, जिते ग्लोबल छनोटमा स्थान पक्का

    काठमाडौं । महिला टी–२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ ।आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 461 पटक पढिएको
  • मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो ; अध्यक्ष प्रचण्ड

    दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका छन् ।उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यवसायिक तथा आर्थिक

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 449 पटक पढिएको
  • भन्सार छलिको ३ वटा ट्रक झापा प्रहरीको नियन्त्रणमा

    झापा  ।   झापा जिल्ला प्रहरीले पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रबाट कृषि औजारसहित ३ वटा भारतीय नम्बर प्लेटको कन्टेर नियन्त्रणमा लिएको छ ।भारतबाट भन्सार छलेर काँकडभिट्टा नाका हुदै नेपाल भित्रिएका तीनवटा भारतीय कन्टेनरसहित साढे ३ कराेडभन्दा माथिकाे सामान प्रहरीले नियन्त्रणमा लिएकाे हो । गाेप्य सूचनाका आधारमा आइतबार बेलुका ७ बजे  जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले बिर्तामाेड ५  स्थित पूर्व-पश्चिम राजमार्गमा चेक जाँचका क्रममा एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका कन्टेनरमा भन्सार छली गरेका कृषि औजार सहित ३ वटा भारतिय कन्टेनर

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 550 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्री

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 408 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागम

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 289 पटक पढिएको
  • रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद

    काठमाण्डौ  ।   चिन नाकाबाट नेपाल आउँदै गरेको एक ट्रक भित्र अन्दाजी ७.५ किलो सुन लुकाएर ल्याउँदै गरेको १ जना चालक पक्राउ परेका छन्।रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ।आइतबार दिउँसो केरुङबाट काठमाडौं ल्याइँदै गरेको सात किलो ६५३ ग्राम सुन प्रहरीले बरामद गरेको हो। बा४ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो प्रहरीले चालकसहित सुन नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय, रसुवाले आइतबार तस्करीको सुन बरामद गरेको हो । केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे ७ किलो सुन बरामद भएको छ,गाडीका चालक गोसाइँकुण्ड गाउँपालिका-

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 326 पटक पढिएको
  • तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाण्डौ  ।  जिप्रप काठमाडौँका अनुसार, काठमाडौं जिल्ला अदालतले दूर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुरमा म्याद थप गर्दै थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले उनीहरूमाथि राज्‍यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.