काठमाण्डौ  ।   चिन नाकाबाट नेपाल आउँदै गरेको एक ट्रक भित्र अन्दाजी ७.५ किलो सुन लुकाएर ल्याउँदै गरेको १ जना चालक पक्राउ परेका छन्।

रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ।आइतबार दिउँसो केरुङबाट काठमाडौं ल्याइँदै गरेको सात किलो ६५३ ग्राम सुन प्रहरीले बरामद गरेको हो। बा४ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो प्रहरीले चालकसहित सुन नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, रसुवाले आइतबार तस्करीको सुन बरामद गरेको हो । केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे ७ किलो सुन बरामद भएको छ,गाडीका चालक गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।