समाचार

    Showing 13,471-13,480 of 25,809 items.
  • सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

    काठमाडौं— बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पु¥याउन शाखा नहर निर्माण सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी  दिए । उनका अनुसार राप्ती सोनारी गाउँपालिका–४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको छ । उक्त शाखा नहरको लम्बाइ चार किलोमिटर रहनेछ भने नहरको एक दशमलव चार किमीबाट प्र–शाखा नहर निर्माण गरिने र शाखामा तीनवटा जति प्र–शाखा नहर रहनेछन् । शाखा नहर निर्माणका लागि रु पाँच करोड ७९ लाखमा पिएस निर्माण सेवासँग ठेक्

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 254 पटक पढिएको
  • झापाका विभिन्न स्थानबाट एक वर्षमा दश करोड भन्दा बढीको भन्सार छलीका सामान बरामद

    झापा— झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा रू १० करोड ८० लाख ६४ हजार ६६४ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्सलगायत सामान बरामद गरिएको हो । बरामद सामग्री सम्बन्धित निकायमा दाखिला गरिसकिएको उनले बताए ।‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत चार स्थानमा खानेपानी व्यवस्थापन, सरसफाइ तथा सरसफाइजन्य सामग्री वितरण, २० युवालाई इलेक्ट्रिसियन तालिम, बुवाआमा गुमाएकी १० वर्षीया बा

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 363 पटक पढिएको
  • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा  आज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी बिहीबार  रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।सरकारी वकिलको बहस सकिएकाले  आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । 

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 235 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र राजावादि नेताहरुसँग लन्च मिटिङ

    काठमाण्डौ  ।  राजसंस्था फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियता बढाउनुका साथै राजावादी नेताहरूसँग विहिबार लन्च मिटिङ गरेका छन् ।स्रोतका अनुसार काठमाडौंको सोल्टी होटलमा भएको सो भेटवार्तामा 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहभागी थिए । उक्त छलफलको केन्द्रमा जेठ १५ गतेदेखि गर्ने भनिएको राजसंस्थाको पक्षको आन्दोलन भएको बुझिएको छ ।आन्दोलनको दिन नजिक आउदै गर्दा पूर्वराजा ज्ञानेन्द्रले प्रमुख नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।र

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 341 पटक पढिएको
  • बैतडीमा बिहानै भूकम्पको धक्का

    काठमाण्डौ । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर बिहान १:४८ बजे ५.१ म्याग्निच्युड र २:०० बजे ३.७ रेक्टर स्केलको भूकम्प भएको हो ।भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको छ।मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पले कति क्षति  स्पष्ट भइसकेको छैन ।जिल्ला प्रहरी कार्यालय बैतडी र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 368 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयांकएकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 344 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागको केहि स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्था

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 399 पटक पढिएको
  • रवि छबिको रिट निवेदनमा आज पनि हेर्दा हेर्दैमा

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ ।  भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 318 पटक पढिएको
  • तीनकुने प्रकरण : दुर्गा प्रसाईँलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाण्डौ । चर्चित व्यवसायी दुर्गा प्रसाईँ तीनकुने प्रकरणमा अझै प्रहरी निगरानीमै रहने भएका छन्। तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।चैत १५ गतेको घटनासँग सम्बन्धित अनुसन्धानलाई टुंगोमा पुर्‍याउन काठमाडौँ जिल्ला अदालतले उनीसहित पक्राउ परेका अन्य व्यक्तिलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहीबार अदालतले प्रहरीलाई दिएको आदेशपछि अब काठमाडौँ प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने अन्तिम तयारी गरिरहेको जनाएको छ। घटनामा संलग्नताका आधारमा कानुनी कारबाहीको दायरा फराकिलो हुने

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 221 पटक पढिएको
  • केशर छन्त्यालसहित १३ एमाले नेता माओवादीमा प्रवेश

    काठमाडौं— नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य केशर छन्त्यालले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।बिहीबार  बाग्लुङको ढोरपाटनमा आयोजित राजनीतिक सभामा छन्त्यासहित १३ जना एमाले नेताहरू माओवादी केन्द्र प्रवेश गरेका हुन्।छन्त्यालसहितका नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका छन्।उनीहरूलाई उपयुक्त जिम्मेवारी दिने पनि दाहालले बताएका छन्।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 259 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.