काठमाण्डौ । पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो । त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए ।उनका बुबा भरतप्रसाद गुप्ताले भने १७ चैत २०६३ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए ।पक्राउ पर्ने अन्यमा ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता छन् ।अदालतको आदेशपछि एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उपत्यका अपराध
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार राष्ट्रियसभामा भारत भ्रमणकाबारेमा उठेको प्रश्नको जवाफ दिएका छन् ।प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट र गरिएका सहमतिबारेमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका हुन् । प्रचण्डले भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाएको दाबी गरेका छन्।व्यापार, पारवहन, लगानी प्रवर्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि लगायतका विषयमा पनि मोदीसँग छलफल भएको प्रचण्डले बताएका छन् ।सम्माननीय अध्यक्ष महोदय,मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रण
काठमाण्डौ । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्।मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कल गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए। बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली
काठमाण्डौ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठीक प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्ने भएका छन् । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार सरकारी वकिलका तर्फको बहस सकिएपछि आजदेखि प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्न लागेका हुन् । थुनछेक बहस यही ३१ जेठसम्म जारी रहनेछ । त्यसपछि आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइनेछ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा प्रतिवादीलाई थुनामुक्त
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ । कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए ।उक्त आममाफी दिने निर्णयविरुद्ध टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।
कैलाली । कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बोहोराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। उनी मंगलवार बिहान माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन्।शिवशंकर सामुदायिक वनमा माटोको ढिस्कोमा पुरिएकी बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ।
काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ।काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो।सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ ।
पर्सा । पर्साको कालीकमाई गाउँपालिका-५ बिरञ्चीबर्वामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका हुन् ।घाइते हुनेमा स्थानीय ९ वर्षीय बालक श्यामसुन्दर महतो रहेका छन् । वीरञ्चीबर्वास्थित आँपको बगैंचामा मंगलबार दिउँसो महत्तोसहितका बालबालिकाहरू खेल्न गएका थिए ।त्यहि बेला बगैंचाधनी ४५ वर्षीय बलिराम तिवारीले आँप टिप्न आएको भन्दै एयरगनबाट गोली हानेको र उक्त गोलीको छर्रा लागेर महतो घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।घुँडामा गोलीको छर्रा लागेर घाइते भएका महतोलाई उपचारका लागि वीरगन्ज लगिएको छ । गोली चलाउने तिवारी भने फ
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ । कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताउनुभयो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.