काठमाडौं । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ । बिहिबार दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो। झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ।सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार स्थानीय राजु सहनीको घरमा भारतबाट ठूलो मात्रामा रासायनिक मल ल्याएर राखेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो । मल नियन्त्रणमा लिन प्रयास गरेपछि स्थानीयले ढुंगा मुढासहिले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थि
चितवन । एनआईसी एशिया बैँक हाकिमचोकबाट व्यक्तिको खाताबाट एक लाख रुपैयाँ हराएको छ ।जेठ २३ गते भरतपुर–१० की अनिता गौतम दवाडीको खाताबाट सो रकम हराएको हो ।अनिताका श्रीमान् गंगाधर दवाडीले बिगत पाँच वर्षदेखि सञ्चालन गरिरहेको खाताबाट एकाएक एक लाख रुपैयाँ गायब भएपछि आश्चर्यमा परिएको बताए । उनले भने सबै कारोबार चेकबाट मात्र गरेका थियौं । कुनै अनलाइन बैकिङको सेवा पनि लिएका थिएनौं । अचानक पैसा गायब भयो।पैसा हराएको भन्दै उनीहरुले चितवन प्रहरीमा उजुरी पनि दिएका छन् ।चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले पैसा हराएको बारेमा प्रहरीमा उजुरी परेको जानकारी दिदै भने हामीले छानबिन गरिरहेक
काठमाण्डौ । रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिएका छन। चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो।बसपार्कमा रहेको ग ३ च ४६१० नम्बरको वोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भयको छ। घाइते रिता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदै छन् ।लुम्बिनी केबलकारको उद्घाटन गर्न उनी आज बुटवल जान लागेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको छ ।लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ। कामाख्या मन्दिर भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बनेको छ।
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी दोस्रो पटक सहभागि हुन लागेको हो ।यस अगाडी प्रचण्डकै नेतृत्वमा जनमत पार्टी सरकारमा थियो । पुस १० बाटै सरकारमा रहेको जनमतले केही समय अगाडी मन्त्रालय भागवन्डामा चित्त नबुझाएको ले सरकार छोडेको थियो ।जनमत फेरि सरकारमा आउने गरी प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा लागेपछि प्रधानमन्त्रीले पनि उनीहरुलाई सरकारमा ल्याउने तयारी थालेको छन् । छलफलका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।सरका
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक आह्वान गरेको छ । बुधबार आयोगका पदाधिकारीहरूको बैठकले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्तावविरुद्ध छलफलका यही जेठ २६ गते बिहान साढे ११ बजे सर्वदलीय बैठक आह्वान गरेको हो ।सर्वदलीय बैठकमा लागि विभिन्न ५ वटा एजेण्डा तय गरिएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू खारेजीबारे, नयाँ निर्वाचन व्यवस्थापन विधेयक प्रस्तुत गर्
काठमाडौं । सरकारले आगामी सात बेल्जियमको ब्रसेल्समा आयोजना हुने विश्व महानगर सम्मेलनमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दे भ्रमण स्वीकृत गरेको छ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन्।
काठमाडौं। चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् ।ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल\एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौँ महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनीरूपमा शङ्कास्पद गतिविधि भइ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय भइसकेको जानकारी दिएका छन्।बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे अरुले नै निर्णय गरिसकेका र यसको प्रमाण समय आएपछि देखाउने बताएका हुन् ।यसबारे बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रको अहित यहाँ भयो भन्ने ठाउँ कहीँ छैन । साथीहरूले भन्नुभयो–सट्टापट्टा भन्यो । मैले भनेकै होइन, मैले यसो पनि विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग । मैले अहिले प्रमाण ठ्याक्कै देखाउन त सकिनँ,
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।आगामी केही दिनसम्मको तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने छ । तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा 'लू'को सम्भावना यथाव
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.