एजेन्सी  ।  भारतीय फिल्म तथा टीभी अभिनेता मुकुल देवको निधन भएको छ।

उनको ५४ वर्षीय अभिनेता देव शुक्रबार राति नयाँ दिल्लीमा बितेको बीबीसी हिन्दीले जनाएको छ। अभिनेता राहुल देवले आफ्ना भाइ मुकुल देवको मृत्युको पुष्टि गरेका छन्।

केही दिनदेखि बिरामी रहेका उनी आईसीयूमा भर्ना भएका थिए, जहाँ उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। उनको निधनले भारतीय चलचित्र जगत स्तब्ध भएको छ। उनी आफ्ना भाइ, अभिनेता राहुल देवलाई शोकमा छोडेर गएका छन्।

पछिल्ला वर्षहरूमा शान्त स्वभावका लागि परिचित मुकुलको निधनले उनका नजिकका मानिसहरूलाई स्तब्ध बनाएको छ। साथीहरू र सहकर्मीहरूले उनलाई न्यानो, कोमल आत्माको रूपमा सम्झन्छन्, जो आफ्नो अन्तिम वर्षहरूमा सार्वजनिक जीवनबाट टाढा रहे।

अभिनेता विन्दु दारा सिंहले मुकुल देवसँगको आफ्नो भिडिओ सेयर गर्दै दुःख व्यक्त गरेका छन्। क्याप्सनमा लेखेका छन्, ‘भाइ मुकुल देव। तपाईंसँग बिताएको समयलाई सधैँ सम्झिरहनेछु...।’

अभिनेता मनोज बाजपेयीले पनि इन्स्टाग्राममार्फत मुकुल देवको निधनप्रति गहिरो दु:ख प्रकट गरेका छन्।