काठमाडौं / काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको हो । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको छ ।अहिले ललिता निवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललिता निवासले चर्चेको सार्व
बिर्तामोड / बिर्तामोड नगरपालिकाको साइन बोर्डमा पहिचानवादीहरुले प्रदेशको नाम मेटाइदिएका छन् । कालो झण्डा सहित बिहान १० बजे आएको एउटा समुहले बोर्डमा रहेको कोशी प्रदेश मेटाएर १ प्रदेश लेखेको हो । बिर्तामोडका वडा कार्यालयमा पनि उक्त समुहले प्रदेशको नाम मेटाएर १ प्रदेश लेखेको जनाईएको छ ।
काठमाडौँ / झापाको बाह्रदशी गाउँपालिका- ६ महारानी झोडाबाट लागूऔषध दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६१ वर्षीय नर बहादुर सुनार रहेका छन् । विशेष सूचनाको आधारमा शनिबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलीले निजको घरको सुत्ने कोठामा रहेको झोला चेक जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा दुई किलो ५०० ग्राम गाँजा बरामद भएसँगै निजलाई पक्राउ गरेको हो । लागूऔषध गाँजा सहित पक्राउ परेका सुनारको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाडौँ / कतारमा रहेका झापाका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी गौरीयाडाँगी निवासी जगदीश राजवंशी रहेका छन् । हिजो बिहान अचानक रिँगटा लागेर लडेका राजवंशीको निधन भएको गौरीगञ्जका बताइको छ । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।
काठमाडौं / स्कुटर दुर्घटनामा परि भक्तपुरको सूर्यविनायक नगरपालिका- ७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटी रहेका छन् । कृष्ण कुमारले चलाएको बा ९३ प ५८८१ नम्बरको स्कुटर स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर सवार छोरी १९ वर्षीया अनिता त्वाटी घाइते भएकी छिन् । उनको डा इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
काठमाडौँ / रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका- ५ का शिव भारती छन् । उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए ।शुक्रबार दिउँसो घर आसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन् । ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन् । त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो । आरोपीमा
काठमाडौँ / श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिने छन् । शनिबार काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौँ नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।
काठमाडौँ / आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा आर्थिक विद्येयक २०८० माथि छलफल हुनेछ भने सो विद्येयक माथ प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बिद्येयक २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने विधेयक पारित ग
काठमाडौँ / नारायणगढ-मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । ईच्छाकामना-५ को तुईनखोला नजिकै गएराति १२ बजे ठुलो पहिरो गएको जिल्ला ट्राफिक कार्यलय चितवनले जानकारी दिएको छ । पहिरो विहीवार र शुक्रबारको भन्दा ठुलो भएकाले पन्छाउन लामो समय लाग्ने देखिएको छ । ट्राफिक प्रहरीका अनुसार पहिरो पन्छाउने काम सुरु भएको छ । सडक कहिलेसम्म खुल्ने भन्ने यकिन नभएका कारण यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ । पूर्व र पश्चिमबाट काठमाडौँ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ’लाइफलाइन’ पनि भन्ने गरिन्छ ।यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक स
काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा सङ्गठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो ।सङ्गठित अपराधमा अनुसन्धान गर्न अनुमति पाए सीआइबीले पक्राउ परेका र पक्राउ पर्न बाँकी सबैलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । ललिता निवास जग्गा किर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई सङ्गठित अपराध ऐनअन्तर्गत अनुसन्धानमा सङ्गठित अपराध गरेको ठहर हुने भए किर्ते बाहेकको अर्को मुद्दा पनि लाग्नेछ । प्रहरीले शुक्रबार मी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.