समाचार

    Showing 13,241-13,250 of 25,799 items.
  • संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)

    काठमाडौं— संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विषयगत समि

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 258 पटक पढिएको
  • सप्तरीको कोशी ब्यारेजमा २ जना गोताखोर सिपाही अभ्यासका क्रममा बेपत्ता

    सप्तरी — सप्तरी जिल्लास्थित कोशी ब्यारेजको ५५/५६ नं ढोकाको उत्तर पट्टी गोताखोर अभ्यासको क्रममा दुई जना सिपाही बेपत्ता भएका छन्। घटना आज अभ्यासका क्रममा भएको हो।गुप्तचर खबरलाई  प्राप्त जानकारीअनुसार गोताखोरहरूको एक टोली अभ्यासका लागि उक्त स्थानमा पुगेको थियो। अभ्यासकै क्रममा दुई जना सिपाही पानीमा बेपत्ता भएका हुन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप जानकारी लिन खोज्दा प्रदेश प्रहरी कार्यालयका डिआइजी कृष्ण ढकालले आफूलाई घटनाबारे भर्खरै मात्र जानकारी प्राप्त भएको र अहिले घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभएको छ। अन्य सुरक्षा अधिकारीहरूले भने घटनाबारे विस्तृत जानक

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 711 पटक पढिएको
  • निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा चार जना पक्राउ

    काठमाडौ— जिल्ला प्रशासन काठमाडौले २०८२ जेठ १९ गते लागु हुने गरी सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको थियो । निषेधाज्ञा विरुद्ध युवाहरुले सिंहदरबारको दक्षिण गेटमै विहीबार प्रदर्शन गर्ने क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रबि किरण हमालले जानकारी दिए । उनका अनुसार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने क्रममा सन्देश शाही,  पारस शाही,  पवन मल्ल र  किशोर ठकुरी प्रहरीले पक्राउ गरी प्रह

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 391 पटक पढिएको
  • १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध, १२ देश कुन कुन हुन्?

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सुरक्षा कारणले गर्दा १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।यो आदेशले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यी देशहरू हुन् अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन हुन् । यसका साथै केही देशका नागरिकलाई अमेरिकामा प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। यी देशहरू बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला हुन्।अधिकारीहरूका अनुसार यसअघि नै कानूनी रूपमा अमेरिकी स्थाय

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 424 पटक पढिएको
  • एमालेमा प्रवेश गरेका पूर्वकानुनमन्त्रीविरूद्ध पनि १८ करोड ५८ बिगोसहित भ्रष्टाचार मुद्दा

    काठमाडौं— पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै भ्रष्टाचार मुद्दा लागेका तत्कालीन सरकारका कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहविरुद्ध साढे १८ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको हो ।यस्तै तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व.डम्बर श्रेष्ठको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनका छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल उपर गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।उनीविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अ

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 455 पटक पढिएको
  • ज्ञानेन्द्र शाही भन्छन अग्नि सापकोट पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न लचिलो भयो

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी पार्टीका उपाध्यक्ष अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न लचिलो भएको बताएका छन्। माओवादी केन्द्रको बिहीबार बसेको बैठकपछि संसद् खुलाउने विषयमा माओवादीले प्रयास गर्ने पार्टी प्रवक्तासमेत रहेका सापकोटाले बताएका थिए।त्यसपछि प्रमुख सचेतक शाहीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सापकोटा पक्राउ पर्ने डरले माओवादी गिभ एण्ड टेकको अवस्थामा पुगेको टिप्पणी गरेका हुन्।सापकोटामाथि हत्या अभियोगमा छानबिन माग गर्दै परेको रिटमा बुधबारमात्र सर्वोच्च अदालतले ‘उत्प्रेषणको आदेश जारी’ गरेको थियो।माओवादीलगायत प्र

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 237 पटक पढिएको
  • भ्रष्टाचार गरेको भन्दै माधव नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 282 पटक पढिएको
  • नेपाली सेनामा प्रवक्ताको जिम्मेवारी बस्नेतलाई

    काठमाडौं— नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गरेका हुन्।यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने छन्। उनको नाम सिफारिस भइसकेकाले उनको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ। त्यहाँका पृतनापति पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भइरहेको छ।नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए। सूचना र जनसम्पर्कका

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 335 पटक पढिएको
  • बालुवा बोकेको टिपरमा तार र फ्युज निकाल्न लाग्दा आगलागी

    काभ्रेपलाञ्चोक— काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी भएको छ । पाँचखाल नगरपालिका–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 230 पटक पढिएको
  • कुटपिटबाट घाइते किशोरको मृत्यु

    दाङ— तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 248 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.