समाचार

    Showing 13,221-13,230 of 19,851 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकभर पूर्ण बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा वर्षा भइरहेको छ ।दिउँसो मुलुकभर आंशिक बदली रहनेछ। देशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ।राति देशभर आंशिक बदली रहनेछ। देशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। ल

    • प्रकाशित मितिः असार २०, २०८०
    • 186 पटक पढिएको
  • इटहरी मुख्य चोकमा भयानक दुर्घटना, एक महिलाको मृत्यु, चोक तनावग्रस्त

    झापा  ।   इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलवार दिउँसो ३  बजे  ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्करपश्चात इटहरी चोकमा स्थानीयले नाराबाजी गरिरहेका छन्। आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ भने स्थानीयले ढुंगामुढा प्रहार गरिरहेका छन्। टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले इटहरी बजारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेक

    • प्रकाशित मितिः असार १९, २०८०
    • 695 पटक पढिएको
  • इलामको पशुपतिनगर नाकाबाट तस्करी मोटरपार्ट्स र मदिरा बरामद

    झापा  ।  इलामको सूर्योदय नगरपालिकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ।  प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रूपले ल्याउँदै गरेको करिब ७ लाख ८२ हजार रुपैयाँ बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो।सो गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्बन १० थान, हेडलाइट १ थान, सिसा फ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो।  बरामद मोटरपार्ट्

    • प्रकाशित मितिः असार १९, २०८०
    • 461 पटक पढिएको
  • बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध

    काठमाडौँ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ ।बागलुङ नगरपालिका १० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । आइतबारको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् ।सडक अवरुद्ध भएपछि निर्

    • प्रकाशित मितिः असार १९, २०८०
    • 348 पटक पढिएको
  • सिद्धार्थ राजमार्ग अवरुद्ध

    काठमाडौँ । अविरल वर्षासँगै खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ ।राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक खनेर फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका १ चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सोमबार रातिदेखि परेको अविरल वर्षाले गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको हो

    • प्रकाशित मितिः असार १९, २०८०
    • 357 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम&nbs

    • प्रकाशित मितिः असार १९, २०८०
    • 383 पटक पढिएको
  • प्रहरीले सुरु गर्यो पीडित पुनः भेटघाट कार्यक्रम

    काठमाडौँ / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘पीडित पुनः भेटघाट कार्यक्रम –२०८०’ कार्य योजना अनुसार पीडितहरूको घरदैलोमा पुगी भेटघाट गरी सूचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको छ ।  पाइलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको  कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरूबाट सञ्चालन गर्ने कार्यबिधी अनुसार सोमवार (आज) कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाको उपस्थितिमा सुनसरीको दुहबी नगरपालिका- २ स्थित पीडितको घरमा गई पीडितसँग छलफल तथा अन्तरक्रिया गरी कार्यक्रमको शुभारम्भ गरिएको हो । त्यस्तै आजैबाट प्रदेश भर

    • प्रकाशित मितिः असार १८, २०८०
    • 343 पटक पढिएको
  • भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु

    काठमाडौँ / भोजपुरको साल्पासिलिछो गाउँपालिका- ३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैबारीमा बन्दुक पड्किएर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी टोली खटि गई अनुसन्धान गरिरहेको छ । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अवस्थामा मृत फेला परेकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  

    • प्रकाशित मितिः असार १८, २०८०
    • 292 पटक पढिएको
  • मोरङमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

    काठमाडौँ / मोरङको पथरी शनिश्चरे नगरपालिका- २ पूर्वपश्चिम राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ९ बजे ना ०६ ख १३७२ नम्बरको ट्रकले विपरित दिशाबाट आँउदै गरेको को । २ ह २३९३ नम्बरको अटोलाई ठक्कर दिँदा घाईते भएका अटो चालक पथरी शनिश्चरेका ५५ वर्षीय भीम शरण तामाङको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा मृत्यु भएको हो । ट्रक चालक झापा बिर्तामोड नगरपालिका - ४ का ४६ वर्षीय नेत्र प्रसाद मैनालीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः असार १८, २०८०
    • 287 पटक पढिएको
  • सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडकखण्ड

    काठमाडौँ / मुग्लिन नारायणगढ सडकखण्ड पुन:सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो । सुरक्षाकर्मी सहितको टोलीले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।

    • प्रकाशित मितिः असार १८, २०८०
    • 270 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा