समाचार

    Showing 1,311-1,320 of 17,370 items.
  • वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै

    काठमाडौं—  दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 376 पटक पढिएको
  • फिलिपिन्समा भूकम्प जादा १९ जनाको मृत्यु

    काठमाण्डौ ।  अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको हो।बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ। अहिले उद्धारको काम भइरहेको बताइएको छ।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 176 पटक पढिएको
  • नवरात्रको अन्तिम दिन, आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    काठमाण्डौ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 194 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ।राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदे

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 228 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पै

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 218 पटक पढिएको
  • आज २०८२ साल असोज १५ गते बुधबारको राशिफल

    मेष - आज मेष राशिका लागि अनुकूल समय छ। पारिवारिक सुख, शिक्षा, र व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। कानूनी र प्रतिस्पर्धात्मक काममा विजय हुनेछ।वृष - वृष राशिका लागि सामान्य दिन छ। पारिवारिक विवाद र स्वास्थ्य समस्या बढ्न सक्छ। सतर्क रहनुहोस्, विशेषतः विद्यार्थीहरूले मेहनत गर्नुपर्छ।मिथुन - आज मिथुन राशिका लागि लाभकारी समय छ। पुराना कामहरू पूरा हुनेछन् र लगानीबाट मुनाफा प्राप्त हुनेछ। प्रेम र वैवाहिक जीवनमा सुधार हुनेछ।कर्कट - कर्कट राशिका लागि सकारात्मक दिन छ। उत्साह र उमंग रहनेछ। शत्रुहरूको पराजय र पारिवारिक जीवनमा सुधार हुनेछ।सिंह - सिंह राशिका लागि मध्यम समय छ। परिवार

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 305 पटक पढिएको
  • भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि नेपालमा स्थिर

    काठमाण्डौ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी दिएको छ।निगमले भारतबाट मुल्य बढेर आएको भएपनि आसन्न चाडपर्वको अवसरमा आम उपभोक्तालाई मुल्य वृद्धिको चाप कम गर्न मूल्य नबढाएको स्पष्ट गरेको छ।निगमले पेट्रोलमा ०.२४ रुपैयाँ, डिजलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र ग्याँस सिलिण्डरमा ३.६० रुपैयाँले बढेर आएको जनाएको छ।

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 280 पटक पढिएको
  • सरकारी निर्देशनपछि पूर्वपदाधिकारीहरूले सवारीसाधन फिर्ता गरे

    काठमाडौं –  पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिइरहेका सवारीसाधन फिर्ता गरेका छन्।अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षले सवारीसाधन फिर्ता गरेका हुन्।पूर्व सभामुख कृष्णबहादुर महरा, उपसभामुख ओनसरी घर्ती र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारी साधन फिर्ता गरेका हुन्। ‘कानुनमा सवारी साधनको सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,’ अर्थमन्त्

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 385 पटक पढिएको
  • कञ्चनपुरमा छाउपडी अन्त्य अभियान : दुई पालिकामा १५० छाउगोठ भत्काइयो

    कञ्चनपुर – छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत कञ्चनपुरका दुई पालिकामा हालसम्म १५० वटा छाउगोठ भत्काइएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएका हुन् । प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो ।कृष्णपुर–१ निगालीकी ३२ वर्षीया कमला आउजीको गत असार अन्तिम साता छाउगोठमै सर्पको टोकाइबाट ज्यान गएपछि पालिकाले तत्काल अभियान सुरु गरेको थियो । घटनापछि छाउगोठ नहटाउनेलाई रु १० हजार जरिवाना र कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो ।नगर प्रमुख हेमराज

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 270 पटक पढिएको
  • इटहरीमा घरेलु विवादकै बीच श्रीमानको हातबाट श्रीमतीको ज्यान गयो

    सुनसरी— सुनसरीको इटहरीमा एक युवतीको आफ्नै श्रीमानको कुटपिटबाट ज्यान गएको हृदयविदारक घटना सार्वजनिक भएको छ। इटहरी उपमहानगरपालिका–१२ स्थित डेरामा बस्दै आएकी २५ वर्षीया अनिसा भट्टराई दाहालको हत्या उनकै श्रीमान् सुमन दाहालले गरेका हुन् भन्ने खुलेको प्रहरीले जनाएको छ।खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भएकी अनिसाको टाउको, नाक र कानमा काठको दाउरा प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। घरेलु विवादका क्रममा सुमनले क्रोधित भई यस्तो हिंसात्मक हमला गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए।गम्भीर अवस्थामा रहेकी अनिसालाई तत्काल विराटनगरस्थित विराट शिक्ष

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 360 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा