समाचार

    Showing 12,901-12,910 of 25,799 items.
  • राप्रपा र रास्वपाको अवरोधकाबीच अघि बढ्यो संसद

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले विरोध जारी राखेका हुन् ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै रास्वपा र राप्रपाले लामो समयदेखि बैठकमा विरोध जनाउँदै आएका छन्  । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

    • प्रकाशित मितिः असार ७, २०८२
    • 358 पटक पढिएको
  • युवाहरुले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौं खर्च गर्दैछन् : सुमना श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शनिबार प्रतिनिधिसभाको बैठकमा युवाको भविष्य, वैदेशिक रोजगारी र राज्यको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएकी छन् ।संसदमा धारणा राख्दै सांसद श्रेष्ठले युवाहरूको ठूलो संख्या रसियन सेनामा सहभागी भइरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरिन् ।उनले भनिन्, ‘यी विषयहरु सदनमा पटक–पटक उठेका कुराहरू हुन् । युवाहरू रसियन आर्मीमा गइरहेका छन् ।’उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’ श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्या

    • प्रकाशित मितिः असार ७, २०८२
    • 295 पटक पढिएको
  • दोलखामा जारी ‘च्छोरोल्पा संवाद’ आज समापन हुँदै

    दोलखा । दोलखामा जारी ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ कार्यक्रम आज(शनिबार) समापन हुँदैछ । शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद विहीबारदेखि दोलखाको सिंगटीमा सुरु भएको थियो । शनिबार समापन कार्यक्रमको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले गरे । संवाद कार्यक्रममा जलवायु परिवर्तनबाट देखिएका चुनौतीको विषयमा छलफल हुनेछ । कार्यक्रममा वन निर्देशनालयका निर्देशक विधानाय झा, बन तथा भू संरक्षण विभागका उपमहानिर्देशक अजित कर्ण, पूर्वराष्ट्रि

    • प्रकाशित मितिः असार ७, २०८२
    • 300 पटक पढिएको
  • न्यायका लागि भौतारिरहेका छन् प्रेमकिशोरका परिवार !

    जनकपुर । धनुषाको सवैला नगरपालिका–१०, खरिहानीका प्रेमकिशोर साहको मृत्यु भएको दुई वर्ष बितिसक्दा पनि उनका परिवारजन अझै न्यायका लागि भौतारिइरहेका छन् । दुई वर्ष अघि ११ हजार भोल्टेजमा झुण्डिएको सुविसु इन्टरनेटकोे तारमा टाँस्सिएर अकालमै ज्यान गुमाएका प्रेमकिशोरकी पत्नी मनिता साहले न्यायको गुहार लगाउँदै भौतारिरहेकी छन् ।०८० असार २२ गते, प्रेमकिशोर साह खरिहानी बजारमा रहेको आफ्नै हार्डवेयर पसल बन्द गरी साँझ घर फर्किरहेका थिए । घर नजिकै सडकमा अलपत्र झुण्डिरहेको इन्टरनेटको तार साहको शरीरमा छुने वित्तिकै उनको तत्कालै मृत्यु भयो । पीडित परिवारका अुनसार घटनास्थलमा करेन्ट प्रवाह भइरहेको ११ हजार भो

    • प्रकाशित मितिः असार ७, २०८२
    • 264 पटक पढिएको
  • ११ महिनामा ३३ अर्बका साढे २८ हजार ईभी गाडी भित्रिए

    काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका करीब साढे २८ हजार विद्युतीय गाडी (ईभी) भित्रिएका छन् ।भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ महिनासम्ममा तीनपांग्रे रिक्सा, चारपांग्रे कार, जीप, बस सहित ३३ अर्ब ११ करोड ३३ लाख ३३ हजार रुपैयाँका २८ हजार ७७४ वटा ईभी गाडी भित्रिएका हुन् ।गत आवको सोहि अबधिमा ३० अर्ब ३२ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरका २० हजार ९११ ओटा ईभी नेपाल भित्रिएका थिए । नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, क्यानडा, जर्मनी, कोरीया, मलेसिया र अमेरिकालगायत मुलुकबाट ईभी भित्रिने गरेका छन् ।पछिल्लो समय नेपालमा ईभी प्रयोगकर्ताहरु बढेसँ

    • प्रकाशित मितिः असार ७, २०८२
    • 273 पटक पढिएको
  • काठमाडौँ उपत्यकामा २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी आउने

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन्  ।शनिबार  बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उदघाटन तथा काठमाडौँ उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँवासीले अब वर्षा र हिउँदका कुनैपनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने तथा मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने विश्वास दिलाए  । विगतका वर्षमा माघ महिनामा मात्रै काठमाडौँमा मेलम्चीको पानी आउने गरेको उदाहरण भए

    • प्रकाशित मितिः असार ७, २०८२
    • 297 पटक पढिएको
  • शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

    काठमाडौं ।  व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो चौथो शाखाको रुपमा बाँकेको नेपालगञ्जमा नयाँ बिक्री कक्ष सुरू गरेको छ। शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकमा रहेको सो नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री खत्रीले विद्युतीय सवारी साधनको बढ्दो मागलाई सकारात्मक संकेतका रुपमा लिँदै वातावरण प्रदूषण न्यूनीकरण र इन्धनको बचतका लागि इभी गाडीको प्रयोग अनिवार्य जस्तै भइसकेको बताए । साथै, उनले सेवा विस्तारसँगै गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै यातायात व्यवसायीसँग दीर्घकालीन सहकार्य

    • प्रकाशित मितिः असार ७, २०८२
    • 274 पटक पढिएको
  • नेपालमा योगको महत्व बृध्दि गर्न र सचेत गराउन अलग्गै निकाय जरुरी

    काठमाडौं । योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । अस्थिर मन र शरीररलाई स्थिर बनाउनुको लागि योगले महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ ।योगमार्फत मानिसले आफू भित्रैको उर्जाको प्रयोग गरेर रोगलाई निरोध गर्न सक्छ भन्ने भनाइ छ । धार्मिक विश्वास अनुसार योगको ८४ आसन भगवान शिवबाट संसारिक जीवलाई प्राप्त भएको विश्वास गरिएको छ । आधुनिक युगमा योगलाई अपरिहार्य ठान्न थालिएको छ । व्यस्त र असन्तुलित जीवन शैलीका कारण स्वास्थ्यमा विभिन्न असरहरु देखिदा योगलाई एक उपचार पद्धतिको रुपमा अपनाउन थालिएको छ । तनाव र मा

    • प्रकाशित मितिः असार ७, २०८२
    • 417 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।अमेरिकी डलर केही घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६ पैसा निर्धारण गरिएको थियो ।युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहनेछ । युरो हिजोको भन्दा केही बढेको हो । शुक्रबार युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो । पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ३२ पैसा, स्विस फ्रयांक एकको खरिदद

    • प्रकाशित मितिः असार ७, २०८२
    • 362 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्था

    • प्रकाशित मितिः असार ७, २०८२
    • 324 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.