समाचार

    Showing 1,281-1,290 of 19,000 items.
  • ‘लगानी प्रवद्र्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरुले परिणाम दिन सकेनन्’

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति भएको बताएका छन् ।मंगलबार काठमाडौंमा ११ औं राष्ट्रि उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका संस्थाहरु केवल रोजगारीसम्म मात्र सिमित रहेको भन्दै लगानी प्रवद्र्धन गर्ने हिसाबले परिणाम दिनुपर्ने संस्थाहरुले त्यो हिसाबले काम गर्न नसकेको बताए । उनले भने, ‘नेपाल सरकारको तर्फबाट स्थापना गरेका कतिपय संस्थाहरु कसैलाई रोजगारी दिने हिसाबले मात्र स्थापना भएको देखेका छौं । यस्तो काम

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 403 पटक पढिएको
  • हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी

    सुर्खेत— नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा युवाहरुले नाराबाजी गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको युवा जागरण अभियान प्रारम्भ गर्न सुर्खेत आएका बस्नेतविरुद्व जेनजी युवाहरुले नाराबाजीसहित कार्यक्रममा अवरोध गर्ने खोजेपछि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्नेतलगायतका एमाले नेताहरु सुर्खेत आउन लागेको खवर पाएपछि जेन्जीहरुले अवरोध प्रयास गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम भईरहँदा बाहिर जेनजीहरुको नाराबाजी कायमै छ । एमाले नेता महेश बस्नेत बिरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रम स्थल बाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 352 पटक पढिएको
  • मलेसियाबाट १२ नेपाली डिपोर्ट, आजीवन प्रवेश निषेध

    काठमाडौं— मलेसियाले जोहार राज्यमा अवैधानिक रूपमा बसेका १२ नेपालीलाई पक्राउ गरी देशनिकाला गरेको छ। जोहरको पेकान नेनास डिपोर्ट केन्द्रमार्फत ९ पुरुष र ३ महिलालाई आजीवन प्रतिबन्धसहित बाटिक एयरको उडानबाट काठमाडौं पठाइएको मलेसियाली अध्यागमन विभागले जनाएको छ।अध्यागमन डिपोले विभिन्न १११ जना विदेशी नागरिकलाई स्वदेश फर्काइएको छ। तीमध्ये १२ नेपालीसँगै ४९ बंगलादेशी, २४ इन्डोनेसियाली, ९ पाकिस्तानी, ४–४ जना कम्बोडियन र भारतीय, ३ चिनियाँ तथा २ जना लाओस, भियतनाम र सिंगापुरका नागरिक पनि छन्।डिपोर्ट गरिएका सबैलाई केएलआइए–१, केएलआइए–२, सेनाई अन्तर्राष्ट्रिय विमानस्थल, स्टुलाङ लाउट फेरी टर्मिनल तथा सुल्तान इस्कन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 430 पटक पढिएको
  • कास्कीमा १७ हजार ७८६ मतदाता थपिए

    पोखरा— कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् । नयाँ थपिएका मतदातामा अधिकांश युवा छन् । यसअघि कास्कीमा कुल दुई लाख ९४ हजार मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । 'मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको सङ्ख्या केही घटबढ हुनसक्छ,'उनले भने, 'कतिपय मतदाताले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 338 पटक पढिएको
  • सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो

    काठमाडौं— सिंहदरबार छिर्ने प्रयास गरेका एक जेनजी समूहलाई प्रहरीले रोकेको छ । मंगलबार मिराज ढुंगाना समूहका जेनजीहरु सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो । निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो । हिजो सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए ।तर भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । 

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 371 पटक पढिएको
  • अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको आरोप, नौ बालबालिकासहित १० को मृत्यु

    काठमाडौं—  अफगानिस्तानमा पाकिस्तानले गरेको भनिएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको तालिबान नेतृत्वको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाबी गरेका छन्। उनका अनुसार खोस्ट प्रान्तको गार्बुज जिल्लामा सोमबारदेखि मंगलबार मध्यरातसम्म भएको बम विस्फोटमा साधारण नागरिक मृत्युवरण गरेका हुन्।मुजाहिदले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेका विवरण र तस्बिरमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको उल्लेख छ। उनले कुनार र पक्तियाका विभिन्न स्थानहरूमा पनि पाकिस्तानले हवाई आक्रमण गरेको दाबी गर्दै ती घटनामा कम्तीमा चार जना घाइते भएको जानकारी दिएका छन्।बीबीसीसँग कुरा गर्दा कुन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 372 पटक पढिएको
  • एमाले र राप्रपाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गराए

    काठमाडौं— प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगमा दल दर्ता गराएको छ।आज एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्।दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए।प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ।  एमाले र राप्रपाले पनि दल दर्ता गराएसँगै अहिलेसम्ममा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६६ दल दर्ता भइसकेका छन्।निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पु

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 355 पटक पढिएको
  • छ लाख रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौं— टोखा नगरपालिका-३ सूर्य दर्शन हाईट डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-७ घर भएका ३६ वर्षीय प्रकाश श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 352 पटक पढिएको
  • जेनजी आन्दोलन:ओली-लेखकसहितका ९ जाहेरी तामेलीमा

    काठमाडौं— जेनजी आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ ।जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको हो ।जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानरपालिकाका मेयर बालेन शाह, हामी नेपालीका संस्थापक सुदन गुरुङलगायत विरुद्ध परेका गरी ९ वटा जाहेरी तामेलीमा राखिएको हो ।तत्काल प्रमाणअनुसार अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयले निर्णय जाहेरी तामेलीमा राखिएको हो ।प्रहरीमा आएका १०४ जाहेरी भन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 352 पटक पढिएको
  • सुर्खेतमा महेश बस्नेतविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था कडा

    काठमाडौं— नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध मंगलबार सुर्खेतमा ‘जेनजी’ले प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बस्नेत मंगलबारै बिहान सुर्खेत आइपुगेका छन्  ।वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा यस दिन कार्यक्रम तय गरिएको संगठनले जनाएको छ । बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 359 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा