समाचार

    Showing 12,881-12,890 of 25,799 items.
  • रास्वपा प्रचारप्रसार विभाग प्रमुखमा झा, प्रशिक्षणमा आचार्य

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनीष झा नियुक्त भएका छन्। शनिबार बसेको केन्द्रीय समिति बैठकले उनलाई विभाग प्रमुखको जिम्मेवारी दिएको हो। उनी रास्वपा प्रवक्ता समेत हुन्। त्यस्तै प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सहमहामन्त्री विपिनकुमार आचार्यलाई दिइएको छ। अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रविकिरण अधिकारीलाई दिइएको छ। 

    • प्रकाशित मितिः असार ८, २०८२
    • 295 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कतिले बृद्धी भयो ?

    काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एकले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि भएको छ।निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० हुनेछ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ पर्नेछ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • 277 पटक पढिएको
  • मधेस प्रदेशका आर्थिक समस्याहरू राष्ट्र बैंकको अध्ययनमा उजागर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मधेस प्रदेशको आर्थिक अवस्थाबारे अध्ययन गर्दै विभिन्न चुनौती र समाधानका उपायहरू सार्वजनिक गरेको छ।राष्ट्र बैंकको प्रतिवेदनअनुसार मधेसमा आर्थिक गतिविधि अझै पनि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएका छन्, जसले गर्दा राजस्व संकलनमा असर परेको छ। त्यसैले आर्थिक गतिविधिलाई औपचारिक बनाउँदै राजस्वको दायरा बढाउनुपर्ने सुझाव दिइएको छ।स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा, दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सीमा क्षेत्रका नागरिक भारतसम्म उपचार गराउन जान बाध्य छन्। यसले भारतीय रुपैयाँको माग पनि अत्यधिक बनाइरहेको छ। प्रदेशका अस्पतालमा स्रोतसाधन, चिकित्सक र स्वास्थ्य उपकरणको अभ

    • प्रकाशित मितिः असार ८, २०८२
    • 351 पटक पढिएको
  • उत्तराखण्डबाट ३५ नेपाली उद्धार, मानव तस्करीमा संलग्न एक जना पक्राउ

    कञ्चनपुर— भारतको उत्तराखण्ड राज्यको उद्यमसिंह नगरबाट बन्धक बनाइएका ३५ नेपाली युवाहरुलाई उद्धार गरिएको छ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर डोटी, दाङ, ताप्लेजुङ, स्याङ्जा, उदयपुर, पाँचथर, पोखरालगायत जिल्लाका १६ देखि ४१ वर्ष उमेर समूहका युवाहरूलाई बन्दी बनाइएको प्रहरीले जनाएको छ ।उनीहरूलाई विभिन्न शीर्षकमा रकम असुल गरिएको र यातना दिएको खुलेको छ। नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।उक्त घटनामा संलग्न कैलालीको धनगढीका वीरेन्द्र शाही ठकुरी र भारतका दुई जनासहित तीन लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ

    • प्रकाशित मितिः असार ८, २०८२
    • 343 पटक पढिएको
  • सोलुखुम्बुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

    सोलुखुम्बु— सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोलुदूधकुण्ड–७, भित्ताखर्कका ३५ वर्षीय रबिन बस्नेत रहेका छन्। केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।घटनापछि बस्नेतलाई तत्काल जिल्ला अस्पताल फाप्लु पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी मनोजित कुवँरले जानकारी दिए।बस्नेत गरुढ सेक्युरिटी सर्भिसमार्फत विद्युत प्राविधिकको रूपमा कार्यरत थिए।

    • प्रकाशित मितिः असार ८, २०८२
    • 426 पटक पढिएको
  • गुल्मीको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध, यात्रु र स्थानीयवासी समस्यामा

     गुल्मी— कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक खण्डमा सुक्खा पहिरो खसेपछि गुल्मीको कालीगण्डकी करिडोर सडक गत शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। तीन दिन बितिसक्दा पनि सडक खुल्न नसक्दा यात्रु र स्थानीयवासीलाई गम्भीर समस्या भएको छ।सडक अवरुद्ध हुँदा गाउँपालिका केन्द्र पुर्तिघाट र त्यहाँबाट बुटवलतर्फ जाने सवारीसाधन बाटोमै अलपत्र परेका छन्।कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार पहिरो खसेको स्थानमा तीनवटा डोजर तयारी अवस्थामा राखिएको छ तर सडकभन्दा माथिबाट लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारु

    • प्रकाशित मितिः असार ८, २०८२
    • 191 पटक पढिएको
  • पर्सामा गाडी र मोटरसाइकल ठोकिँदा आगो लाग्यो, एक जनाको मृत्यु

    वीरगन्ज— पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–५ पटनीमा गएराति बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दुर्घटनापछि दुवै सवारी साधनमा आगो लागेको प्रहरीको भनाइ छ। मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्। उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटना

    • प्रकाशित मितिः असार ८, २०८२
    • 159 पटक पढिएको
  • एशियन लाइफ इन्स्योरेन्सले असार २५ देखि हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यसअघि जेठ १६ गते एक दिन बुकक्लोज गरेको थियो । यद्यपि, जेठ १५ मा सावर्जनिक विदा परेकाले जेठ १४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४२ करोड़ ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । योग्य शेयरधीहरुले साउन १३

    • प्रकाशित मितिः असार ८, २०८२
    • 307 पटक पढिएको
  • आज नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ । आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोली अपरान्ह्र स्वदेश फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न टोली स्कटल्यान्ड गएको थियो ।नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो ।यस्तै, तेसा्रे खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपाली टोली अन्

    • प्रकाशित मितिः असार ८, २०८२
    • 220 पटक पढिएको
  • नेकोस कप महिला भलिबल : टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी

     हेटौँडा ।  राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी भएको छ ।नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा शनिबारदेखि हेटौंडामा सुरु भएको राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिता डायमण्डले सशस्त्र प्रहरीको (एपीएफ) र पुलिसले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो ।डायमण्डले सशस्त्रलाई २७–२५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ को सोझो सेटमा पराजित गरेको हो ।हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेक

    • प्रकाशित मितिः असार ८, २०८२
    • 400 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.