काठमाडौं— काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुलचोकबाट सुरु गरिएको हो ।काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठा राम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरेकी हुन् ।बस सञ्चालनको प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् । हरेक बस अग
काठमाडौं— साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो । सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो ।मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, स
काठमाडौं— आज विश्व कला दिवस मनाइँदै छ ।कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व कला दिवस मनाइँदै छ ।यस दिन सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ । पहिलो पटक, विश्व कला दिवस १५ अप्रिल २०१२ मा मनाइएको थियो ।त्यसपछि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र ब
काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भईरहेको छ ।आज दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भूभाग लगायत बाँकी हिमाली भूभागका एकरदु
काठमाडौं— नयाँ वर्ष २०८३ को अवसरमा नव वर्षको पहिलो दिन राजधानीको बसन्तपुर क्षेत्रमा नयाँ सडक (शुक्रपथ) सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।काठमाडौं महानगरपालिका वडा नम्बर २४ को आयोजनामा सम्पन्न उक्त महोत्सवले सांस्कृतिक विविधता र परम्परागत कला–संस्कृतिको समृद्ध झल्को दिने प्रस्तुतीहरुको झल्को दिएको छ ।महोत्सवमा नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने विभिन्न स्टलहरू राखिएका छन् । परम्परागत भेषभूषा, हस्तकला सामग्री, स्थानीय परिकार, संगीत तथा नृत्य प्रस्तुतीले दर्शकहरूको ध्यान आकर्षित गरेको छ । विशेषगरी नेवारी संस्कृति, लोक संगीत र परम्परागत नाचगानले वातावरणलाई उत्साहपूर्ण बनाएको देखिएको छ ।न
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन् ।उनले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।अनुगमनका क्रममा उनले सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताए ।यस अवस्थालाई चाँडो अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर
काठमाडौं— नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढेको छ ।आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्यमा पनि आज बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो
काठमाडौं— निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिएकी छिन् ।मंगलबार सामाजिक सञ्जालमार्फत उनले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएकी हुन् ।राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।उनले लेखेकी छिन्,‘नयाँ वर्ष २०८३ का अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु । बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध ब
चितवन— अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा बराबर रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० बाट रु १५ ले वृद्धि हो । त्यसैगरी मझौला अण्डाको मूल्य रु ४१५ तोकिएको छ, जुन यसअघि रु ४०० थियो।सङ्घका अनुसार पछिल्लो समय कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादनमा कमी आएको छ । साथै नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढेसँगै बजारमा अण्डाको माग उच्च भएको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.