समाचार

    Showing 1,171-1,180 of 18,983 items.
  • जेनेस सलुशनले ओमान डेटा पार्कसँग गर्यो समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं— युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी  तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच  क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको छ।  सोमबार मस्कटस्थित ओमान डेटा पार्कको  मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ  अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी)का सीइओ मकबुल अल–वाहैबीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।‘हामीले जेनेस सलुशनसँग क्लाउड कम्प्युटिङ, एआइ, साइबर सुरक्षा र सफ्टवेयर विक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 203 पटक पढिएको
  • मुख्यसचिव अर्यालद्वारा पदबहाली

    काठमाडौँ। नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले बुधबार सिंहदरवारमा आयोजित विशेष समारोहकाबीच पदबहाली गरेका छन्। जिम्मेवारी ग्रहण गर्दै उनले राष्ट्र र जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखी निःस्वार्थ, निष्पक्ष र जिम्मेवार प्रशासनिक नेतृत्व प्रदान गर्ने अठोट व्यक्त गरे।पदबहाली समारोहमा मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिवेशमा प्राप्त जिम्मेवारीलाई पूर्ण इमान्दारिता, पारदर्शिता र नतिजामुखी कार्यशैलीका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याए। सार्वजनिक सेवा चुस्त, छरितो र नागरिक–मैत्री बनाउन, सुशासन प्रवर्द्धन गर्न तथा निजामती सेवालाई कार्यक्षमता, अनुशासन र व्यवसायिकतामा आधारित संस्

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 177 पटक पढिएको
  • रवि र छविको मुद्दामा सुनुवाइका लागि तोकियो पेसी

    बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका  सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि पेसी आज तोकिएको छ।गत हप्ता रवि पक्षका कानुनी व्यावासायीहरुले निवेदन दिएर सुनुवाइ स्थगित गरेका थिए। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले यस मुद्दाको आज पेसी तोकिएको बताए। उनले भने– गत हप्ता रोकिएको मुद्दामा आज पेसी तोकिएको छ, अव के हुन्छ हेरौँ ।बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदाल

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 178 पटक पढिएको
  • निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

    मुस्ताङ। घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथ सडक जोड्न यो योजना कार्यान्वयनमा गरेको हो ।यो पुलकोे ८ दशमलव ४ मिटर चौडा र ३५ मिटर लामो हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर घनश्याम रोक्कामगरले जानकारी दिनुभयो । पुलको लागत रु चार करोड ४६ लाख छ । पुल आगामी साउन २८ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।  

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 192 पटक पढिएको
  • चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै

    नारायणगढ। कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ । धबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गर्नुभयो । पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उहाँले बताउनुभयो ।पुल २०८३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल प्रि–स्ट्रेस्ड कन्क्रिट ब्रिज, ४० मिटर स्पान, सवारी भाग (डेक) छ मिटर र कूल चौडाइ ८.४ मिटर हुनेछ । पुलका दुवैतर्फ ६०–६० मिटर एप्रोच सडक पनि निर्माण कम्पनीले बनाउने सम्झौता भएको नगरप्रमुख रेग्मीले बताउनुभयो ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 165 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

    अर्घाखाँची। समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु हुनुभएका अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ ।  परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा ए

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 198 पटक पढिएको
  • वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

    वीरगञ्ज— वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 292 पटक पढिएको
  • मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन

    हेटौंडा— पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको  उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताएका छन् । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गरे । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर ल

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 284 पटक पढिएको
  • भीषण आगलागीपछि ठेकेदार पक्राउ, २७९ जनाको अवस्था अज्ञात

    काठमाडौं— हङकङको ताई पोस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा लागएको भयानक आगलागीले ४४ जनाको ज्यान लिएको छ । अधिकारीहरूले अहिलेसम्म २७९ व्यक्तिको अवस्थाबारे पुष्टि हुन बाँकी रहेको बताएका छन्।आगो हिजो बिहान पौने ३ बजेतिर शुरू भएको थियो । द्रुतगतिमा फैलिँदै गएपछि आगो  स्थानीय प्रशासनले हङकङको सबैभन्दा उच्च तहको ‘लेभल–फाइभ अलार्म’ जारी गर्यो ।घटनामा ४५ जना गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ, तर धेरैले चुरोटको ठुटोबाट आगो लाग्ने सम्भावना व्यक्त गरेका छन्।आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्नि नियन्त्रकहरू १८ घण्टा सम्म खटिएका थिए। प्रह

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 325 पटक पढिएको
  • आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै

    काठमाडौं— ‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नारासहित आज देशभर आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने मूल मन्त्रसहित आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष मङ्सिर ११ मा सामाजिक सुरक्षा दिवस मनाइन्छ  ।नेपालको संविधानमा सुनिश्चित सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा घोषणा गरेको थियो ।श्रमिकको

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 320 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा