समाचार

    Showing 11,471-11,480 of 25,743 items.
  • १२ करोड ठगीको आरोप, सुन पसल सञ्चालक बुवा–छोरा भागे अमेरिका

    काठमाडौं –   मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलो बजारमा ‘अधिकारी सुन पसल’ सञ्चालकनगरी बसेका मोहन अधिकारी र उनका छोरा मनोज अधिकारीले ४१ बढी परिवारको करिब १२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । पीडितहरूमा वैदेशिक रोजगारीमा पसिना बगाउने युवादेखि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने विपन्न नागरिकसम्म छन् ।उच्च ब्याजको लोभमा जीवनभरको कमाइ सुन पसलमा जम्मा गरेका पीडितहरूले अहिले न न्यायको ढोका ढक्ढकाउन सकेका छन्, न त आफ्नो रकम फिर्ता पाउनेमा विश्वस्त छन् ।पीडितको रकम फिर्ता गराउन गठित अनौपचारिक ‘ऋण असुली समिति’ नै यतिबेला विवाद र शंकाको घेरामा तानिएको छ ।स्थानीय एमाले नेता तथा काने

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 735 पटक पढिएको
  • अफ लाइनमा पठाओ चलाएको आरोपमा ७ जना नियन्त्रणमा

    काठमाडौँ – अफ लाइनमा पठाओ चलाएको आरोपमा प्रहरीले बालाजुको माछापोखरीबाट ७ जना राइडरलाई नियन्त्रणमा लिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा दोलखाको बैतेश्वर घर भएका टेक बहादुर अधिकारी, गोरखा घर भएका जीवन कुमाल, नुवाकोट घर भएका नारायण पुडासैनी, तार्केश्वर घर भएका रामभक्त अर्याल, धादिङका रोशन चेपाङ, नुवाकोट तादीका केदार तिमल्सिना र धादिङका कुलबहादुर गुरुङ छन् ।अफलाइनमा पठाओ चलाउँदा यात्रुको ‘असुरक्षा’ हुने हुनाले उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । उनले भ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 573 पटक पढिएको
  • अछामको बयालपाटा अस्पतालमा ५८ कर्मचारीको माग

    अछाम– सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक प्रतियोगितामार्फत बयालपाटा प्रादेशिक अस्पताल, अछामका लागि करार सेवामा विभिन्न पदहरूमा जनशक्ति माग गरेको छ। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशले बुधबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो।प्रदेश सरकारको मन्त्रिपरिषदबाट स्वीकृत अस्थायी दरबन्दी अन्तर्गत कुल ५८ पदमा करार सेवाबाट पदपूर्ति गर्न लागिएको हो। आवेदन दिने अन्तिम मिति २०७२ साउन २८ गते तोकिएको छ।मेडिकल अधिकृत  ५ जना, डेन्टल सर्जन  १ जना, अस्पताल व्यवस्थापक  १ जना, नर्सिङ अधिकृत  १ जना, स्टाफ नर्स  ११ जना, ल्याब टेक्नोलोजिस्ट, फिजियोथेरापी, फार्मेसी, सर्

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 641 पटक पढिएको
  • जनमतले भन्यो– रुपन्देही ३ मा एक्लै लड्छौँ, मोर्चा चुनावी गठबन्धन होइन

    काठमाडौं –  सङ्घीय लोकतान्त्रिक मोर्चाबाट सिके राउत नेतृत्वको जनमत पार्टी अलग भएको छ। रुपन्देही ३ को उपनिर्वाचनमा मोर्चामा आबद्ध ६ दलले साझा उम्मेदवार तय गर्ने सहमति भएपनि जनमत अलग भएको हो।जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति अन्तर्गत रुपन्देही–३ मा पनि आफ्नै उम्मेदवार उठाउने अध्यक्ष सिके राउतले बताएका छन्।उनले पार्टी पङ्क्तिलाई भ्रममा नपर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यसअगाडिको निर्वाचनमा अरू पार्टीहरू काँग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लड्दै आएको छ र गठबन्धन गरेको पूर्व अनुभव छैन।’सङ्घीय लोकतान्त्रिक मोर्चासँग संविध

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 507 पटक पढिएको
  • हराएको एक सातापछि एक पुरुषको शव खोलामा भेटियो

    विराटनगर –  हराएको एक सातापछि मोरङको केराबारी घर भएका एक पुरुषको शव खोलामा भेटिएको छ ।  केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बूको शव स्थानीय समेवा खोलामा भेटिएको प्रहरीले जनाएको छ । बुधबार साँझ शव फेला परेका लिम्बू गत असार १३ गतेदेखि बेपत्ता थिए । परिवारका सदस्यले खोजीका लागि इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिए । आफन्त र प्रहरीले खोजी जारी राखेका बेला खोलामा शव भेटिएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 542 पटक पढिएको
  • डेंगु र स्क्रबटाइफस फैलिँदै, बाँकेका अस्पतालमा बिरामीको चाप

    नेपालगन्ज— बाँकेमा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। पछिल्लो तीन महिनाको अवधिमा जिल्लामा २९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने ८९ जनामा स्क्रबटाइफसको शङ्कास्पद लक्षण देखिएको छ।स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी मेडिकल कलेज, कान्ति आरोग्य अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका स्वास्थ्य संस्थाहरूमा डेंगु तथा स्क्रबटाइफसका बिरामी आउने क्रम तीव्र रूपमा बढिरहेको छ।उनले बाँकेसहित बर्दिया, दाङ, कैलाली लगायतका छिमेकी जिल्लाबाट पनि बिरामीहरू उपचारका लागि

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 668 पटक पढिएको
  • लामिछानेको बैंक जमानत निवेदन पेश, रिहाइको माग गर्दै अदालतमा नयाँ प्रयास

    रुपन्देही –  सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन्।लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतमा अन्य मुद्दाभन्दा निवेदन नै अघि हुने भएकाले मङ्गलवार र बुधवार नै निवेदन पेशीमा चढे पनि लामिछानेकै कानुन व्यवसायीले यसलाई रोकेका छन् ।निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिई र दफा ७१ बमोजिम थुनामुक्त गराउन आदेश माग गरिएको छ । दफा ६८ मा अदालतले अभियुक्तसँग धरौटी वा बैं

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 690 पटक पढिएको
  • २९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

    काठमाडौं –  २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्यांक अनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो ।रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । कोशीका ११ जिल्लामा २२ हजार १२२ वटा गाईभैँसीमा रोगको संक्रमण देखिएको छ भने हाल सम्म ६३७ पशुको मृत्य भएको मन्त्रालयले जनाएको छ । मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशुमा संक्रमण देखिएकाो छ भने १७९ पशुको मृत्यु भएको छ । बागमतीका ५ जिल्लामा ७९३ पशुमा रोगको संक्रमण पुष्टि भएको

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 655 पटक पढिएको
  • भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको ‘दायरामा’

    काठमाडौं –  सरकारले रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको मानव अधिकार संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता, सीप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा फर्किएर आएका श्रमिकहरूको आर्थिक सामाजिक पुनःएकीकरणमा जोड दिने मूल उद्देश्य राखेर नयाँ राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ ल्याएको जनाएको छ ।यसअघिको वैदेशिक रोजगार नीति, २०६८ लाई विस्थापन गर्ने यो नीतिलाई मन्त्रिपरिषद्ले आइतवार स्वीकृत गरेको हो ।यसमा अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण तथा विदेशी श्रमिकको नियमनका विषय पनि समेटिएको सरकारले बताएको छ ।यसअघिका आप्रवासन नीतिले भारतमा रोजगारीका लागि जाने श्रमिकहरूबारे

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 548 पटक पढिएको
  • बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति कांग्रेस गण्डकीको आपत्ति

    पोखरा— नेपाल सरकार कानून तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।विभागद्वारा पोखरामा आयोजित महिलाहरुको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।सो पत्रमा महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धित कानून प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिइएको छ ।सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 503 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.