काठमाण्डौ । कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किका हुन्। गुलरिया बजारदेखि पाँच सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो।दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको हो। जिल्ला प्रहरीले दुर्घटनाको पूर्ण विवरण नआएको बताएको छ।
एजेन्शी । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ ।गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार सो दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्छ । जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारणा यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन ।यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन।शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिए।बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।नय
सर्लाही । रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्गा भगवती २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए। लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।ह
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति गृहबाट हराएको २६ दिनको शिशु काँडाघारीमा फेला परेको छ । बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रण गरेको छ ।थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।शुक्रबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक
झापा । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ताप्लेजुङ लगेर विक्री गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले झापा जिल्ला स्थितबाट मोटरसाइकलहरु चोरी गरी ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानमा बेचबिखन गर्ने जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.६ बुट्टाबारी बस्ने बर्ष २७ को योगेश मगर भन्ने बाल कुमार मगरलाई नियन्त्रणमा लिएको छ। अनुसन्धान गर्ने क्रममा मगरले चोरी गरी ताप्लेजुङको बिभिन्न स्थानमा बेचबिखन गरेका ८ वटा मोटरसाइकलहरुलाई जिल्लाप्रहरी कार्यलय मातहतका विशेष टोलिले
काठमाडौं । यतिबेला झापा प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वायन गराउन जिल्ला प्रहरी कार्यालय, झापाले दुई दिनमा १८ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । पक्राउ पर्नेमा सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, भ्रष्टाचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ
काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् ।सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अभिनेत्री थापाले यसबारे जानकारी दिएकी हुन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना उपकरणसहित पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई पक्राउ गरेको हो ।उनीहरुलाई पोखराबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरुको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएकाे छ ।
काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।सो सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।सहमतिअनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा चरणबद्ध रुपमा फ्री वाइफाइ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.