काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नापी अधिकृत विष्णु कुमार न्यौपानेसहित १७२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा न्यौपानेसहित १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ३६ सहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ । जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।दमक नगरपालिका-१३ र १४ कायम भएको बालुवाटारका नौ कित्तामा रहेको २९ बिघा १७ कट्ठा चार धुर जग्गा
काठमाडौँ। आइतबारको न्यायपरिषद बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै दुवै जनालाई बर्खास्त गर्न सिफारिस गरेको हो । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको छ । अर्का जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ ।आइतबारको न्यायपरिषद बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै दुवै जनालाई बर्खास्त गर्न सिफारिस गरेको हो । न्यायपरिषदको सिफारिस कार्यान्वयनका लागि प्रधान न्यायाधीशको सचिवालयमा पठाइएको छ ।हाल न्यायपरिषदमा तानिएका थपलियामाथि पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा गोली प्रहार गर्नेहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो ।पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका-२ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका-४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन् । घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरूको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीका गोली प्रह
काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत कोषको नाममा देशभर रहेको जग्गा खोजी गर्न पाँच सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजु केसी छन् ।विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेको देखिएपछि समिति बनाइएको बताइएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा भारतीय महिला पक्राउ परेकी छिन् ।विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार नेपाल एयरलाइन्सको फ्लाइटमा शनिबार दुबईबाट काठमाडौं आएकी ३७ वर्षीया तसलिम सुल्ताना बुश्रा पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको थियो।उनले चार वटा खेलाउना राखिएका कार्टुन बाक्स बोकेकी थिइन् । सो बाकसका कागजभित्रको पत्रमा सुन लेपन गरिएको पाइएको प्रहरीले जनाएको छ । कुल ७०० ग्राम सुन र ७४० ग्रामको कफी पनि बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धानका लागि विमान
काठमाडौं । काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिहरु पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टाँसी तामाङ रहेका छन् । लुटेर ल्याइएको सुन किन्नेहरु अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नग
काठमाण्डौ । बाराको विश्रामपुर गाउँपालिका–४ बलरामपुर स्थित सशस्त्र प्रहरीको ब्यारेकमा शनिवार दिउँसो आगलागी हुँदा बन्दोबस्तीका समानहरू जलेर नष्ट भएको छ ।दिउसो तीन बजेको समयमा अचानक विद्युत् सर्ट भएर ब्यारेकमा आगलागी भएको सशस्त्र प्रहरी उपरीक्षक सन्तोष सिंहले जानकारी दिए । आगलागीबाट सशस्त्र प्रहरीको बर्दी,ओछ्यान, रासन लगायतका सामग्री, लगाउने लुगाहरू जलेर नष्ट भएको सशस्त्र प्रहरी उपरिक्षक सिंहले जानकारी दिए । आगलागीका कारण फुसको ब्यारेक पुर्णरुपमा जलेको हुँदा बस्न नसकिने अवस्थामा पुगेको छ । वीरगन्जबाट आएको वारुणयन्त्र, स्थानीयहरू र नेपाल प्रहरीको सहयो
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ।आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशाेधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन् भने उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशाेधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
काठमाण्डौ । सिरहा प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको गोलबजार नगपालिका-१० कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर बन्दुक फाली भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।उनले विशेष सूचनाको आधारमा प्रहरी पुगे पनि उनीहरु बन्दुक फालेर भागेको बताए । बन्दुक फालेर भागेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए
काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै, गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति देशभर आंशिकदेखि साधारणतया बदली
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.