काठमाडौं–प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ भने हवाई सुरक्षाको विषयमा पनि छलफल हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन पेश गर्दैछन् । यस प्रतिवेदनमा आयोगले गत आर्थिक वर्षमा गरेका काम कारबाही र भविष्यका योजनाहरू उल्लेख गरिनेछ । यसैगरी‚ रास्वपा सांसद सोबिता गौतमले नेपालको हवाई उड्डयन क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् । उनले अन्तर्राष्ट्रिय संगठनहरूले नेपालको हवाई क्षेत्रलाई असुरक्षित भनेक
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने बैठकमा मुख्य सचिव नियुक्तिको विषयमा छलफल हुने जनाइएको छ । सरकारले मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ मा अनिवार्य अवकाशमा जाने भएपछि नयाँ मुख्य सचिव नियुक्त गर्न लागेको हो । गड्तौला गत साउन १० गते नेपालको पहिलो महिला मुख्य सचिवमा नियुक्त भएकी थिइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेपछि गड्तौला स्वत: न
काठमाडौं–अवैध मानव तस्करको प्रलोभनमा परेर अमेरिका जान प्रयास गरिरहेका १७६ नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा अलपत्र परेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ब्राजिलस्थित नेपाली दूतावासको पहलमा उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास भइरहेको बताएका छन् । दूतावासले अलपत्र परेकाहरू सुरक्षित रहेको जानकारी दिएको छ ।विगतमा ब्राजिल पुगेका विदेशी नागरिकले राजनीतिक शरणार्थीको निवेदन दिएपछि त्यहाँ बस्न अनुमति पाउने गर्थे‚ तर हालै ब्राजिल सरकारले यो व्यवस्था खारेज गरेपछि नेपालीहरू विमानस्थलमै अलपत्र परेका हुन् । प्रवक्ता राईले ब्राजिलका सरोकारवाला निकायसँग
काठमाडौं–काठमाडौं महानगरपालिकाले गुणस्तर प्रमाणित गर्न असफल भएको भन्दै श्री केश तेल उत्पादक कम्पनी सप्तऋषि ओएल एन्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरको निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार तेलको गुणस्तरमा गुनासो आएपछि असार ७ गते विवरण माग गरियो‚ जसका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनले तेलको गुणस्तर पुष्टि गर्न सकेन । कम्पनीले कच्चा पदार्थको फर्मुलेसन‚ एसओपी अभिलेख‚ र तेलको प्रयोगशाला परीक्षण प्रतिवेदनहरू अपूर्ण रूपमा पेस गरेको थियो । थप अनुसन्धानका लागि महानगरले यस मुद्दालाई संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय‚ आयुर्वेद तथा वैकल्पिक चिकित
काठमाडौं–कालीकोट खण्डमा पर्ने कर्णाली राजमार्ग बुधबार राति पहिरो जाँदा पुन: अवरुद्ध भएको छ । हिजो दिउँसोबाट परेको भीषण वर्षाले शुभकालिका १ गगनेखोलामा ठूलो पहिरो गएपछि बेलुका ८:३० बजेबाट राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।पहिरोले कालीकोट खण्ड बन्द हुँदा यात्रुहरूलाई ठूलो समस्या भएको छ । सुर्खेतबाट गएका यातायातका साधन गगनेखोलामै रोकिएका छन्‚ जसकारण कालीकोट सदरमुकाम मान्ममा अन्य जिल्ला र स्थानमा जाने यात्रुहरू अलपत्र परेका छन् । पहिरो गगनेखोलासँगै हुल्मबजार‚ एसमोड‚ दहिखोला लगायतका क्षेत्रमा पनि गएको छ‚ जसले गर्दा कर्णाली करिडोरको रेगिल‚ फुगाढ लगायतका ठाउँमा पनि सडक अवरुद्ध भएको छ ।जिल्ला ट्राफ
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशको पहाडी भू-भागम
काठमाडौं–आकर्षक तलबको प्रलोभनमा ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । दाङका देव सुनार र भीम सुनार‚ पाल्पाका सुमन थापा‚ र कालीकोटका कन्नजित राउत समातिएका हुन् । उनीहरूले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले देव र भीमलाई कञ्चनपुरको गड्डाचौकीबाट‚ सुमनलाई काठमाडौंको टोखा नगरपालिका–३ बाट‚ र कन्नजितलाई काठमाडौंको पशुपतिबाट पक्राउ गरेको हो । पीडितहरूका उजुरीको आधारमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभ
काठमाडौं–गत जेठ २८ गतेदेखि निरन्तर भइरहेको अविरल वर्षाले देशभर बाढी र पहिरोबाट २१० जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा ३‚ कोशी प्रदेशमा २९‚ मधेश प्रदेशमा ८‚ बागमती प्रदेशमा ४६‚ गण्डकी प्रदेशमा ५६‚ लुम्बिनी प्रदेशमा ३८‚ कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जनाको मृत्यु भएको हो । यस विपद्का कारण २७२ जना घाइते भएका छन्‚ जसलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको छ । साथै‚ २१५ जनाको उद्दार गरिएको छ भने ५२ जना अझै वेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ । बाढी र पहिरोले गर्दा देशभर ४०८ घर डुबानमा परेका छन् भने ३६५ घर‚ १२६ गोठ‚ ५३ पुल‚ ७ विद
काठमाडौं–मनसुनजन्य घटनामा यस वर्ष ज्यान गुमाउनेको संख्या २ सय ८ पुगेको छ । नेपाल प्रहरीका अनुसार यस घटनामा काठमाडौं उपत्यकामा ३ जना‚ कोशी प्रदेशमा २९ जना‚ मधेश प्रदेशमा ८ जना‚ बागमती प्रदेशमा ४५ जना‚ गण्डकी प्रदेशमा ५६ जना‚ लुम्बिनी प्रदेशमा ३७ जना‚ कर्णाली प्रदेशमा १४ जना‚ र सुदूरपश्चिम प्रदेशमा १६ जनाले ज्यान गुमाएका छन् । घाइते २ सय ७१ जनामध्ये काठमाडौं उपत्यकामा ११ जना‚ कोशी प्रदेशमा ४२ जना‚ मधेश प्रदेशमा १२ जना‚ बागमती प्रदेशमा ३१ जना‚ गण्डकी प्रदेशमा ४७ जना‚ लुम्बिनी प्रदेशमा २५ जना‚ कर्णाली प्रदेशमा ६७ जना‚ र सुदूरपश्चिम प्रदेशमा ३६ जना छन् । उद्धार गरिएका २ सय १५ जनामध्ये काठ
काठमाडौं–सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेका छन् ।प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार‚ बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ की ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीया छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएकी छिन् ।घाइते आमाछोरीलाई उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा इनिसा साहीको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.