राजनीति

    Showing 5,361-5,370 of 10,341 items.
  • तीनकुनेमा भएको राजावादी घटनामा संलग्न : थप २४ जना पक्राउ

    काठमाडौं— प्रहरीले काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।उनले भने, “उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 552 पटक पढिएको
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न नेपालको संविधानबमोजिम सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज मंगलबार थाइल्यान्ड प्रस्थान गरेका छन् । 

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 309 पटक पढिएको
  • ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गरे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गरेका छन्। एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन  उनी थाई एयरलाइन्सको बिमानबाट बैंकक प्रस्थान गरेका हुन्।प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।औपचारिक भ्रमणका क्रममा बुधबार प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। द्विपक्षीय वार्तापछि

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 308 पटक पढिएको
  • सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक अन्त्य

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । सभामुखले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना सुनाए । बैठकमा उनले संसद्को चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी दिएका थिए ।सोमबारको मन्त्रिपरिषद् बैठकले स

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 240 पटक पढिएको
  • जरीवाना तिर्न राजावादीले उठाए आठ लाख ३० हजार, पत्र सच्चाए जरिवाना तिर्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले आठ लाख ३० हजार रुपैयाँ संकलन गरेका छन् । मंगलबार मध्याह्नसम्म आठ लाख ३० हजार रुपैयाँ संकलन भइसकेको अभियानमा संलग्न रमेशराज बास्तोलाले जानकारी दिए ।महानगरलाई तिर्नुपर्ने जरिवाना रकम संकलन भइसकेकाले अभियान रोकिसकेको बास्तोलाले बताए । महानगरले पत्र सच्चाएर दुर्गा प्रसाईं र नवराज सुवेदीको नाममा पत्र काटेमात्रै जरिवाना रकम तिर्ने बास्तोलाले जानकारी दिए ।राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सोमबार एक विज्ञप्तिमार्फत महानगरले पूर्वराजा शाहलाई लगाएको

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 333 पटक पढिएको
  • राप्रपा सांसद बोहराको निधन

    काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 406 पटक पढिएको
  • आज सभामुखलाई भेट्दै रवि, सांसद पद निलम्बन फुकुवाको पहल थाल्ने

     काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छन् । आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै लामिछानले सभामुखलाई भेट्न लागेका हुन् । “प्रतिनिधिसभा सदस्य पद् निलम्बनमा रहेकाले फुकुवाको माग गर्दै आज सभापतिज्यूले सभामुखलाई भेट्न लाग्नुभएको हो,” रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले भने, “सभामुखसँग निलम्बन फुकुवाको प्रक्रियाअगाडि बढाइदिन आग्रह गर्नुहुनेछ ।”लाछिानेसँगै सभामुखलाई भेट्न रास्वपाका अन्य सांसद् पनि जानेछन् । बिहान १० बजे सभामुखको कार्यालय सिंहदरबारमा भेट हुने कार्यक्रम रहेको उनले जानकारी दिए ।  सह

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 290 पटक पढिएको
  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    काठमाडौँ । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 228 पटक पढिएको
  • म्यानमार सरकारलाई मेडिकल उपकरण र औषधिसहित राहत सामग्री उपलब्ध गराइने

    काठमाडौँ । नेपाल सरकारले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री म्यानमा सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले यही चैत १५ गते म्यानमामा गएको शक्तिशाली भूकम्पबाट जनधनको क्षति भएको सन्दर्भमा नेपाल सरकारकोतर्फबाट ती सहयोग सामग्री सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।उक्त सामग्री नेपालबाट हवाइजहाजमार्फत म्यानमामा ढुवानी गर्दा लाग्ने रकम अर्थ मन्त्रालयबाट नेपाल वायुसेवा निगमका नाममा निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानका

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 266 पटक पढिएको
  • राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट  पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिइन् ।प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 250 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.