राजनीति

    Showing 2,841-2,850 of 9,531 items.
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं—  आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ । बैठक दिनको १ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।  बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल   गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 461 पटक पढिएको
  • मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पत्र स्वीकृत भएको छ । हिजो मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात बैठकमै मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका थिए ।सोनलले हिजो राती नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाईृ राजीनामा पत्र पनि बुझाएका थिए ।सोनलको राजीनामा पत्र स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।नेपालको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको जानकारी सोही विज्ञप्तिमार्फत दिइएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 493 पटक पढिएको
  • आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

    रौतहट— पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ । नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँ ले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे। नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएक

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 496 पटक पढिएको
  • सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

    जनकपुर । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् ।शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए । सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन् । उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेतिथीहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गरा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 227 पटक पढिएको
  • मुख्मन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका हुन् ।त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुनजेल सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 225 पटक पढिएको
  • महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले क्रियाशील सदस्यताको प्रतिवेदन दिन महामन्त्री गगन कुमार थापाले ढिलाई गरेको बताएमा छन् । शनिबार नेपाल न्यूज बैकंसँगकोे कुराकानीमा उनले क्रियाशील सदस्यता वितरण र नवीकरणको लिस्ट दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गरेतापनि अहिलेसम्म तीन–चार वटा जिल्लाको मात्र आएको बताए ।उनले मंसिरभित्रै नियमित अधिवेशन होस् भन्ने चाहना भएतापनि क्रियाशील नटुंगिइकने हुन नसक्ने बताएका छन् । ‘क्रियाशील सदस्यता दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गर्नुभएको हो । तर अहिले उहाँले प्रतिवेदन दिँदाखेरि जम्मा तीन–चार वटा जिल्लाको सकिएको छ । नयाँ त सुरु

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 297 पटक पढिएको
  • राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् । उनले भनिन्,‘पहिलेका भन्दा अहिलेको चुनौती फरक छ । यो आत्मविश्वास र चुनौतीसँग जोडिएको छ । भर्खरैको जेनजी आन्दोलनले नेपाललाई सैह्य हुने छैन् भन्ने कुरा खुला लक्ष्मण रेखा स्थापित गरेको छ । यो युवा पुस्ताको प्रष्ट सन

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 309 पटक पढिएको
  • कांग्रेसका महामन्त्रीले ‘ठूलो स्वर’मात्र गरे काम गरेनन् : मोहन वस्नेत

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मोहन बहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताएका छन् । उनले हाल महाधिवेशनको तयारी पनि नपुगेको र महाधिवेशनको वहस सुरु गर्दा पार्टीभित्रै मतभेद उत्पन्न हुँदै गएको बताए । त्यस्तै उनले महाधिवेशनको तयारीका लागि महामन्त्री गगन कुमार थापालाई  जिम्मेवारी दिएको तर उनले जिम्मेवारी पूरा नगरेको बताए ।‘म यो पार्टीमा लागेको ४९ वर्ष भइसक्यो । मैंले थाहा पाएसम्म महामन्त्रीले सचिवालयमा नीजि सचिव राखेर, तलब खुवाएर, ल्यापटप दिएर राखेको इतिहास थिएन । त

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 284 पटक पढिएको
  • माओवादी सांसदले आफ्नै अनुहारमा मोसो दलेपछि...

    काठमाडौं— माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले आफ्नै अनुहारमा मोसो दलेका छन् । प्रदेशसभा बैठक चलिरहँदा अन्सारीले आफ्नै अनुहारमा मोसो दलेका हुन् ।जेन–जी आन्दोलनले दलका नेताहरूको नैतिक धरातल नै कमजोर भएको भन्दै उनले आफैँमाथि मोसो दलेका हुन् । जेन–जी आन्दोलनपछि पनि दलका नेताहरूको चरित्र नफेरिएको उनको गुनासो छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 499 पटक पढिएको
  • जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छः अध्यक्ष ढकाल

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्नमा रहेको बताएका छन् । शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको बताएका हुन् ।‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको छ,’ उनले भने । उनले लगानीका लागि सापटी मागेर निजी क्षेत्रल

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 541 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.